भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

जनता इमान्दार भएर मात्र के गर्नु ?

सम्प्रेषक : खांट्टी कुरा Friday, January 31, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

(मलेसियाको पुर्ब प्र.म.डा.महाथिर मोहम्मद)

श्री स्वस्थानी ब्रतकथामा भक्तको तपस्या बाट प्रसन्न भएर देबी देउताले तिम्रो राज्य अंकटंक होस भनेर बरदान दिएको कथा धेरै पटक दोहर्याई तेहर्याई पढेको थिए ! मलेसियामा २२ बर्ष अंकटक सत्ता हाक्ने व्यक्ति डा.महाथिर मोहम्मद धर्मले इस्लाम हुनुहुन्छ ! इस्लाम धर्म मान्ने लाइ हिन्दु देवी देउताले तिम्रो सत्ता अंकटक होस् भनेर बरदान दिने कुरै भएन !
'फुटाउ र राज गर' सिद्धान्त बोकेका फिरिंगी ब्रिटिस कम्पनि सर्कारले नेपाल र केहि छिटपुट देस बाहेक दक्षिण एसिया देखि पुर्बी एसिया सम्मको अधिंकास देस कप्लक्क बनाएको थियो ! समयको माग र जनताको बिद्रोहले गर्दा सन १९५७ अगस्त ३१ तारिखको दिन तत्कालिन मलाया हालको मलेसिया पनि स्वतन्त्रता भएको हो !
अंग्रेजले चुसेर खोक्रो पारेको देशलाई स्वतन्त्रता पछिको चौथो प्रधानमन्त्रीको रुपमा डाक्टर महाथिर मोहम्मदले सन १९८१ जुलाई १६ देखि सन २००३ अक्टुबर ३१ तारिख सम्म  अर्थात २२ बर्ष सम्म सरकार प्रमुख भएर कुनै एक समयको गरिब देस मलेसियालाइ आज एसियाकै उदाहरणीय सहरको रुपमा प्रस्तुत गरेर देखाउन सफल हुनु भयो त्यहि भएर डाक्टर महाथिर मोहम्मदलाइ मलेसियामा 'Brand of the Nation' नामले समेत अत्यन्त श्रद्धाको साथ पुकारिन्छ !
उनै पुर्ब प्रधानमन्त्री तुन डाक्टर महाथिर मोहम्मदज्यु लाइ नेपालमा फागुनको दोस्रोसाता हुने आर्थिक सम्मेलनका लागि मुख्य वक्ताको रुपमा आमन्त्रण गर्न मलेसिया पुगेका नेपालको उधोगपति सुरज वैद्यसँगको भेटमा "मलेसियामा काम गर्न आएका नेपाली इमान्दार र सक्षम भएकोले पनि नेपालमा विकासको प्रचुर सम्भावना भएको र नेपाल सम्भावनायुक्त देश हो, यहाँ काम गर्न आएका नेपाली इमान्दार र सक्षम छन् ! अलिकति गति लियो भने नेपाल चाँडैनै विकासको बाटोमा अघि बढ्न सक्छ भनेर मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर विन मोहम्मदले बताउनु भएको रैछ ! (हेर्नुस हिमाल खबरको बिहीबार १६ माघ २०७० मा प्रकाशित समाचार http://www.himalkhabar.com/?p=56454)
कुनै पनि देसले बिकासको उचाई छुनलाइ त्यो देसमा ‘भ्रस्टाचार’ सुन्यमा हुनु पर्दछ ! यदि चरम भ्रस्टाचार भएको भए मलेसिया पनि नेपाल, बंगलादेस, पाकिस्तान, अफगानिस्थान जस्तै हुन्थ्यो होला तर मलेसियाले लोभ लालचमा नपर्ने देशको बिकासमा हरदम तल्लिन रहने डाक्टर महाथिर मोहम्मद जस्तो नेता पायो ! आज त्यहि मलेसियाले उल्लेखनीय संख्यामा बिदेसी आप्रबासी कामदारलाइ रोजगार दिन सफल भएको छ !
तर राम्रो कामको अनुशरण नगर्ने तर खराब कामको मात्र अनुशरण गर्ने नेताहरु नेपालले पाएको हुँदा २४ बर्षमा नेपालको बिकास आज पनि जाहाको तही नै छ ! उता डा. महाथिरले २२ बर्षमा देशलाई स्वर्ग बनाइ दिनु भो यता २४ बर्षमा नेपालको नेताहरुले देस लाइ नर्क बनाइ दिए !

२४ बर्षमा हिजो पैदल हिड्ने नेताहरु आज आलिसान बंगला, कुस्त बैंक ब्यालेन्स र महँगो गाडीमा यात्रा गर्न मन पराउछन भने यस्ता नेताहरुले देसको हित र जनताको लागी बिकास गर्लान भनेर कसरि पत्याउन सकिन्छ !
श्रोत:
घटना तारिख विकि पिडिया, समाचारको केहि अंस हिमाल खबर पत्रिका !
बि.स.२०७ माघ १७ गते शुक्रबार !

२४ बर्षमा हिजो पैदल हिड्ने नेताहरु आज आलिसान बंगला, कुस्त बैंक ब्यालेन्स र महँगो गाडीमा यात्रा गर्न मन पराउछनभने यस्ता नेताहरुले देसको हित र जनताको लागी बिकास गर्लान भनेर कसरि पत्याउन सकिन्छ !
श्रोत:
घटना तारिख विकि पिडिया, समाचारको केहि अंस हिमाल खबर पत्रिका !
बि.स.२०७ माघ १७ गते शुक्रबार !
- See more at: http://janakdangol.blogspot.com/2014/01/blog-post_2890.html#sthash.U1PyIMbH.dpuf
२४ बर्षमा हिजो पैदल हिड्ने नेताहरु आज आलिसान बंगला, कुस्त बैंक ब्यालेन्स र महँगो गाडीमा यात्रा गर्न मन पराउछनभने यस्ता नेताहरुले देसको हित र जनताको लागी बिकास गर्लान भनेर कसरि पत्याउन सकिन्छ !
श्रोत:
घटना तारिख विकि पिडिया, समाचारको केहि अंस हिमाल खबर पत्रिका !
बि.स.२०७ माघ १७ गते शुक्रबार !
- See more at: http://janakdangol.blogspot.com/2014/01/blog-post_2890.html#sthash.U1PyIMbH.dpuf

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com