भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

तिन जना सहिदहरुको थर छैन ?

सम्प्रेषक : खांट्टी कुरा Thursday, January 30, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


बिगत केहि बर्ष,महिना तथा दिन देखि सामाजिक संजालको भित्ताहरु देखि पत्रपत्रिका समेतमा सहिदहरुको बिषयमा चर्चा तथा परिचर्चा हुने गर्दछ ! अझ खास गरि जब सहिद दिबस नजिकिने गर्दा सहिदको बारेमा तिब्र बहस समेत हुने गरेको देखिन्छ ! सहिदको चर्चा परिचर्चा हुनु कुनै नराम्रो कार्य हैन !
देस र जनताको लागी ज्यानको बाजी थापेर बीरगति प्राप्त गर्ने त्यस्ता महान सपुतहरुलाई दिइने मान,सम्मान,पदवी वा दर्जा नै ‘सहिद’ हो ! जे जसरि अर्थ्याए पनि देसको लागी हासिहासी प्राण उत्सर्ग गरेको ब्यक्ति ! सहिदको परिभाषा यो भन्दा अरु हुँदैन पनि होला !
नेपालको एकीकरणको बेलामा पनि असंख्य बीर सपुतहरुले ज्यानको बाजी थापेको थिए तर ति बीर सपुतहरुको नाम सहिदमा दर्ता भएन सायद त्यो बेलाको चलन नै त्यस्तै थियो होला ! नेपालमा सहिदको गणना चैँ प्रजातन्त्रको लागि ज्यानको बाजी थाप्नेहरू बाट सुरु भएको हो !
तिनै ज्यानको बाजी थाप्ने चार जना सहिदहरुको नाम त नेपाली जन मानसलाइ मुखारी होला र ति महान सहिदहरुको सम्मानमा जयन्ति पनि मनाउने गरिन्छ ! सहिद भनेर तस्बिर देखि हुलाक टिकट सम्म प्रचलित छ तर सहिदहरुको नाम नामेसी लेख्दा १ जना सहिद दसरथ चन्द बाहेक अन्य गंगालाल, धर्मभक्त,शुक्रराजको नाम मात्र लेखिएको देखिन्छ तर जात वा थर लेखिएको देखिन्न ! सायद त्यतिखेरको शासकको कमि कमजोरी होला !
त्यतिखेरकाले गल्ति गरेता पनि २०४६ साल पछिका प्रजातान्तान्त्रिक देखि गणतान्त्रिक सरकारले यो गल्ति किन दोहर्याई रहेको छ ? १ जना उच्च जातिको सहिद दसरथ चन्द बाहेक ३ जना नेवार जातिको सहिदको नामको पछाडी थर लेख्दा कुनै आपत्ति हुनु नपर्ने हो ! तर आज ‘के निउँ पाउँ कनिका बुकाऊं’ भन्ने हरुको लागी यो नामको पछाडी थर किन लेखिएन भनेर सोध्ने बाटो चैँ त्यतिखेरको देखि अहिलेको सम्मको शासकले उत्पन्न गराई दिएको छ !
यी त भए नामको पछाडी जाति वा थरिको कुरा ! हरेक पछाडी जनताको मुक्तिको लागी लडेको भनेर राग भैरबी अलाप्ने कम्युनिस्ट पार्टीले त अझ एक कदम अगाडी बढेर ति महान सहिदहरुको प्रतिमानै उखेल्ने दुष्प्रयास गरेका थिए ! सहिदको प्रतिमा उखेल्न खोज्नेले सहिद दिबस मनाउछन कि मनाउदैनन त्यो भन्न परेन !
हिजो जनता र देसको लागि नेपाली बीरले प्राणको बाजी थाप्थे तर आज व्यक्ति र पार्टी तथा दलको लागि प्राणको बाजी लगाउछन ! व्यक्ति र संस्थाको लागी मर्ने तथा मारिने व्यक्ति के कसरि सहिद भए ? अब यस तर्फ हामीले सोच्ने कि नसोच्ने ? निरंकुस पंचायती शासनले धरी गर्न नसकेको काम गर्न खोज्ने पार्टी तथा दलको लागी बेमतलबमा ज्यान फाल्नेलाइ सहिद भनेर घोषणा गर्दा देसको लागी ज्यान अर्पण गरेका ति महान आत्माहरुले कदापी शान्ति पाउदैन ! माघ १६ गते जयन्ति पर्ने सम्पूर्ण सहिदको नामको पछाडी थर पनि राखेर सरकारका सम्बन्धित निकायले गल्ति सच्याउने काम गरोस !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com