भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

लखनउ लुट मच्चाउदै छन !

सम्प्रेषक : खांट्टी कुरा Saturday, February 1, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
रकम कमाउन देखि जनता मार्नमा मैले यी राजनीतिक पार्टीहरुमा पनि 'माओबादी' जत्तिको धुरन्धर आज सम्म देखेको छैन ! तल्लो तहको गरिबको घर खेता पार्टीको लाले झण्डा गाडेर गरिने घर जग्गा कब्जा देखि राज्यको ढुकुटी सम्म हिजो देखि आज सम्म लखनउ लुट मच्चाए र अझै मच्चाउदै छन !  तिन्ले मच्चाको लखनउ लुटमा 'मौन स्वीकृति लक्षणम' भन्दै साक्षी बस्नेमा सगोत्री एमाले माले देखि प्रजातन्त्रको पिता भन्ने कांग्रेसहरु सम्म छन !
२०४६ साल भन्दा अगाडी सम्म देसको असंख्य जनताको छोराछोरीलाई पासपोर्ट त परै जावस नागरिकता सम्म कसरि बनाउने भन्ने कुरा थाहा नै थियन ! जस्ले १० कक्षा देखि माथि पढ्थे तिनले नागरिकता बनाउथे त्यो पनि लोक सेवामा लडनको लागी ! अन्यको हकमा रोजगारी गर्न जाने भनेको सिमा पारि हो जाहा जानको लागि न पासपोट न नागरिकताको नै जरुरी पर्ने गर्छ !
२०४६ साल देखि आजको साल सम्मको बर्ष जोड्ने हो भने २४ बर्ष पुरा हुन लाग्यो तर यी चौबिस बर्षमा ति जनता उचाल्ने हुल्याहा देखि तिनका संरक्षक पार्टीका नेता भनाउदा हरु को काहा पुगे के के भए त्यो आँखाले देखेको कुरालाइ पुन: पुरानो क्यासेट प्लेयेर झैँ रिवैंड गर्नु नपर्ला !
मलेसिया खाडीमा नेपालीहरु जाने भनेको रोजगारी गर्न हो ! मलेसिया खाडीमा हनिमुन देखि सप्ताहान्त मनाउन जान सक्ने हुत्ति र औकात भाको नेपाली हजारमा १ भेटिन मुस्क्लि हुन्छ ! त्यसै सिलसिलामा जनताको मुक्तिको लागी भनेर खडा भएको माओबादी नामधारी पार्टीले जब नेपालको शासन सत्तामा हात हाल्यो त्यस पछी बाट देस्बासी मात्र नभएर बिदेसा रोजगारी गर्न जाने समेतको दुर्दिन सुरु हुन थालेको छ !
बिद्द्वान PHD डिग्री धारी कथित जन नेताले पहिला अर्थ मन्त्रि पछी प्रधान मन्त्रि के चलाएको थिए त्यस पछी नया नयाँ तौर तरिकामा कर असुली गर्न सुरु गरे !
खाडी देखि मलेसियामा आफ्नो पुरानो करार अबधि भुक्तान भै सके पछी पनी लगातार नियमले दिएको समय सम्म  कम्पनिले रोजगारी गर्न दिन्छ भने बीच बिचमा बिदा लिएर स्वदेस आउन पाइन्छ ! त्यसरी आउनु भन्दा पहिला नै सम्बन्धित कम्पनीले रोजगारी भिषा नबिकरण, मेडिकल बिमा देखि जीवन बिमा सम्मको ब्यबस्था मिलाई दिएको हुन्छ तर बाबुराम सरकारले सत्ता सम्हाल्ना साथ बिदेसा रोजगार पश्चात बिदामा नेपाल आउने नेपालीलाइ भारतले नेपालमा खोलेको बिमा कम्पनि संग गांठ गरेर छुट्टी बाट पुन पहिलेकै कम्पनीमा रोजगारी गर्न जाँदा पनि बिमा र पुन श्रम स्वीकृति लिनु पर्ने ब्यबस्था लगाई दियो !
श्रम स्वीकृति लिने कम्पनीमै राखिएको बिमा कम्पनि भन्दा अरु कम्पनीमा गएर बिमा गर्न नपाउने भनेको त्यो मिलि भगत हो कि हैन ? दोहर्याएर श्रम स्वीकृति लिन लाइ पनि काम छिटो गराउन दलाल बिचौलियाको सहायत लिनु पर्ने ! देशमा रोजगार सिर्जना गर्न पनि नसक्ने र रोजगारीमा गएर पुन छुट्टीमा आउनेहरुलाई पनि पुन सवारी पुस्तिका नबिकरण गरेको जस्तरी नबिकरण गरिनु के त्यो जायज काम हो ? नियम लाउने भए कांग्रेस तथा एमाले सरकारले पनि त लाउन सक्थ्यो होला नि ! त्यसैले नेपालीमा उखान छ नि नामर्दको जोइ भन्दा मर्दको रखौटी हुनु राम्रो भन्ने ! हो यी बिदेसी कम्निस्ट नेता माओको नाम बेचेर देसको हरेक क्षेत्रमा आतंक मच्चाउने पार्टी देखि २४ बर्षा देसमा सिन्को नभाँच्ने राजनीतक दल/पार्टीको खारेजी र तिनका नेता देखि कार्यकर्ता सम्म लाइ समाज बहिस्कार नगरे सम्म नेपाली जनताले सुख र शान्ति पाउनु भनेको बालुवा पेलेर तेल निकाल्ने भनेको जस्तै हो !
बि.स.२०७० माघ १८ गते सनिबार !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com