भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

मागेर हैन खोसेर मात्र पाइन्च्च भंच्चन !

सम्प्रेषक : खांट्टी कुरा Wednesday, January 29, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(रा.प्र.पा.नेपालका अध्यक्ष कमल थापा)
अस्तिको संबिधान सभाको चुनौमा मकवानपुरको राइगाउँ, बोटगाउँ अनि काठमाण्डौको बाहिरि गाउँ, नगाउँ सप्पै ठाउँमा कौरेसले चिट्ठा पारिगो ! राइगाउ देखि बोटगाम त हलो पार्टिया हुन्जेल हजुरको अछापेथो ! गाइ पार्टी बनाम्ना साथ घासां हो कि सोतरको लोभले हो कौरेसलाइ बकसपत्र गरेर देका भंच्चन ! अब ललितपुरको चापागाउँ एउटो बाकि छ ! खै त्यो पनि के देलान र !
..
क्यार्नु हुन्च्च मकवानपुरे थापाकाजि हजुरको नसिबा ७ गाम लेख्या छैन जस्तोच्च ! त्यहि पनि प्रभुको आदेस बिना यीनिहरुले चाहेर पनि दिन सक्ने हैनन क्यार ! अब हाक्काहाक्की उबेला स्व.बडामाराजले फिरिंगीलाइ देखा स्टाइला त्यो दुइनम्बरे अम्लो लैनचौर तिर देखाई दिम्न अनि देख्छन तिरिमिरी झ्याई हुने गरेर तोरीको फुल ! ति उहिलेका साम्राज्यबादी फिरिंगी र अहिलेका बिस्तारबादी हिन्दुस्थानी एकै हुन भनेर बुढापाकाहरु भंच्चन !
..
भन्छन मात्र हैन त्यहि अम्रिकी साम्राज्यवादी मुर्दाबाद, भारतीय बिस्तारबादी मुर्दाबाद भनेर गरिप जनताको छोरछोरीको बुद्धि भुट्ने पनि हजुरकै छेउछाउमा छ है ! हजुरको पनि बुद्धि भुटेर खाइदेला ! बुद्धि भुटेर खान त यिनीहरुले डिग्री हासिल गरेका छन भन्छन ! हो पनि, त्यहि बुद्धि भुटेर त होनी हिजो जनयुद्धमा झन्नै चपरिको बास भाकाहरु आज अम्रावति कान्तिपुरीमा राज गर्दैछन !
..
अस्ति हो क्यार मुगाली थापा काजी र अरु माननीयहरको अगाडी सिना तानेर ‘यो प्रजातन्त्र हो सिस्ट र सभ्य भाषामा जे पनि भन्न पाइन्छ’ भनेर हजुरले थर्काउनु भाको देख्दा त्यो गोराको रेडियो नेपाल साखाका हाकिम मिश्र बाजेले धरी 'गाइ पार्टीका अध्यक्ष कमल थापाक अगाडी अरु सबै नेताहरु त फिक्का देखिए भनेर ट्वीटरा ट्वीटेच्चन ! तिनीहरुका ग्यांगले 'धर्म निरपेक्ष र गणतन्त्रको चर्को नारा लगाउदै हजुरलाई 'मण्डले मुर्दाबाद' भन्या हिजो जस्तै लाग्छ ! तर क्यार्ने समय अनुसारको खेल भन्छन क्यार यसलाई ! जो जो ले जे भने पनि २०४७ साल हुनु पर्छ भनेर भन्न चैँ छोड्नु हुन्न है यो पालि सिन्डिकेटा देस हाक्नेहरलाई !
..जय रास्ट्रबाद..
बि.स.२०७० माघ १५ गते बुधबार !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com