भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दोहोरो चरित्र प्रदर्शन गर्दैछन !

सम्प्रेषक : खांट्टी कुरा Friday, January 3, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(फेसबुक बाट साभार)
सामाजिक संजालको भित्तामा नेपाली कांग्रेसको युवा नेता भनेर चिनिएको एक पात्र जो भर्खरै सम्पन्न भएको संबिधान सभाको दोश्रो निर्वाचनमा प्रत्यक्ष बाट निर्वाचित भएका छन जसलाई गगन थापा भनेर चिन्दछन ! गगन थापा अर्थात देसको पुरानो पार्टी  नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिधार्थी संघको बिधार्थी राजनीतिबाट प्रबेस गरेका एक युवा हुन ! नेपाली कांग्रेसको बिधानमै समाबेस नभएको बुँदा  धर्म निरपेक्ष र गणतन्त्रको नारालाई २०६२/६३ को राजतन्त्र बिरोधि आन्दोलनमा घोक्रो सुक्ने गरि लगाए पश्चात एकाएक चर्चामा आएका व्यती हुन गगन थापा !
हाम्रो अभागी देस नेपालमा जस्ले दमदार भाषण गर्छ, जस्ले खोक्रा तथा चिप्लो र गुलियो आस्वासन दिन्छन त्यस्ता व्यक्ति तुरुन्तै सबल व्यक्तिमा जनिनुको साथै उच्चकोटीको नेतामा गनिन्छ र गगन थापाको हकमा पनि भएकै त्यहि हो ! धर्म निरपेक्ष र गणतन्त्रको नारा लाउँदै काठमाण्डौको खाल्डोमा बुरुक्क बुरुक्क  नउफ्रिएको भए गगन थापा,गगन थापा मात्रै हुन्थे तर नेता चैँ हुन्थेनन !
संबिधान सभाको पहिलो निर्वाचनमा निजको कामको कदरस्वरूप होला तिनका पार्टी सभापति स्व.गिरिजा प्रसाद कोइरालाले प्रत्यक्षमा हैन समानुपातिक कोटामा मनोनित गरि दिए तर त्यो बेला तिनले समानुपातिकको बारेमा चुंक्क आवाज समेत निकालेनन तर भर्खरै सम्पन्न भएको संबिधान सभाको दोश्रो निर्वाचनमा जब आफु प्रत्यक्षमा अत्याधिक बहुमतले बिजयी भए तब समानुपातिकको बारेमा घोर बिरोध गर्न सुरु गरि हाले !
नेपाली कांग्रेस पार्टी टिके प्रथा र भागबण्डामा बिस्वास राख्ने पार्टी हो र उनि भन्दा अग्रज सबै तप्काका नेताहरु टिके प्रथामा नै चुनिएका हुन ! नेपाली कांग्रेस एकल हैन सुरु देखि नै त्रिकोणीय नेता पद्धति बाट चलेको पार्टीहो जुन अहिले सम्म कायमै छ ! एकल पद्धति नभएर त्रिकोणीय पद्धतिमा चलेको पार्टीमा भागबण्डा लाग्नु कुन चाहिँ आश्चर्यको बिषय भो र तर यहि बिषयलाइ कोट्याएर गगन थापा यतिखेर आकास उचाल्दैछन किन ?
जवाफ स्पस्ट छ ! अहिलेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसमा गगन थापा सुपर हिट नेता भनेर कहलाइएका छन ! भाषण ओजनदार , नेता संग सवालजवाफ गर्ने सामर्थ्य राख्छन, केन्द्रिय सदस्य हुन र प्रत्येक मिटिंगमा उनको उपस्थिति हुने गर्छ र मिटिंगको समापनमा निर्णय पुस्तिकामा 'आजको मिटिंगमा लिईएको निर्णयमा मेरो सहमति छैन अर्थात "नोट अफ डिसेन्ट" सम्म लेख्न पाउने अधिकार सुरक्षित छ'  !
नेपाली कांग्रेसले सुरु देखिनै  'रास्ट्रीयता, प्रजातन्त्र र समाजवाद' को नारा बोकेको थियो तर आज आएर 'रास्ट्रियता' नाम मात्र सिमित भाको छ 'प्रजातन्त्र लाइ २०६३ मा नै आर्यघाटमा लगेर सेलाएर त्यसको बदलामा 'लोकतन्त्र' अंगालेको छ भने रास्ट्रीयता र प्रजातन्त्र नै नभए पछी 'समाजबाद' को के अर्थ ?
आफुले हिजो समानुपातिक पद पाउँदा बिरोध नगर्ने तर अहिले आएर 'समानुपातिक' पद्धति ठिक छैन त्यसैले समानुपातिक पद्धति हटाउनु पर्छ भनेर कुर्लिने गगन थापा लाइ 'मौका नपरुन्जेल चरो ... मौका परेसी बन्चरोभन्नुको सिवाय अरु के नै सकिन्छ र !




.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com