भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

चार जातको फुलबारी जस्तै जिन्दगि ...

सम्प्रेषक : Unknown Friday, January 3, 2014
Unknown
----
बिषयक्रम :
जिबन एउटा चार जातको फुलबारी जस्तै हो | त्यहाँ हरेक किसिमका फुलहरु हुन्छन ,कोहि काँडामा बेरिएका फूलहरु हुन्छन र कोहि बिना काँडाका फूलहरु ..जिबन पनि तेस्तै हो ..संघर्षशील दोबाटोको प्रत्यक्ष अनुभूति नै एक जिबन हो | जिबनको अन्तिम क्षण सम्मपनि सकरात्मक र नकरात्मक रुपको परिबन्धले पछ्याई रहेको हुन्छ | कहिकाही कसैको प्रेरणा बनेर त कहिले काही गहिरो घाउ बनेर र कहिले काही जिबनको भोगाइको तितो यथार्थ बनेर....... तेसैले हरेक बाटोको मोडमा घुम्तीहरुले एउटा जिबन बनेको हुन्छ | एउटा धागोमा उनिएको माला जस्तै चार जातको फुलबारी जस्तै ....अचम्म हुन्छु म जब यसो सोच्छु मानिसको बास्तबिकता घाउ कस्तो हुन्छ अनि कति हुन्छ | कति सम्म समय संग लड्दै पछारिदै फेरी उठ्दै बनाउदै गर्छ, निरन्तरता रुपले ...कसैको आखामा प्रतिक्षाको बाटो मात्रै हुन्छ | कुनै दिन राम्रो होला समयले साथ् देला भन्ने अनि मिठो जिन्दगी जिउला भन्ने , कसैको आखामा सागर गंगा हुन्छ, जो रसाई रहेको हुन्छ | जो केहि गरेपनि रोकिदैन बर्सिरहंन्छ (आमा )..आफ्नो परिवार आफ्नो नातेदार सबैको हितको लागि ..... हरेक किसिमले रोमलिएको यो तितो अनौठो अनि मिठो यो जिबन ....अभाब ,पूर्ण , सहि ,गलत न्याय, अन्याय धर्म ,पाप ..मोह, माया, जाली जाल दुख अनि सुख ...रिस ,डाहा घमण्ड , विश्वास, अबिस्वास ..आफ्नो पराइ गीत, धुन बाजा ,गाजा ...
जन्म अनि मिर्त्यु कस्तो बिलासीता यो जिन्दगि ...मिसावटको जिन्दगी मिश्रणको जिन्दगि ..गजब लाग्छ | आश्चर्य लाग्छ जब घोरिन थाल्छु | सोच्न थाल्छु ...यो हाम्रो चार जातको फुलबारी जस्तै जिन्दगी ...........

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com