भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दोषी तपाइँ हामि कि नेपाल प्रहरी ?

सम्प्रेषक : खांट्टी कुरा Wednesday, January 1, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

 ~पुलिसले अपराधी पक्रेन, पुलिसले पक्रेको अपराधी पनि छोड्यो, पक्रेको   अपराधी छोड्दा पक्कै पनि घुस खाएर छोडेको हुनु पर्दछ हैन भने पक्रेको १० मिनेट नपुग्दै अपराधी कसरि छुटे ?   
~पुलिसले अपराधी त पक्राउ गर्यो तर सबुद प्रमाण कम्जोर बनाएर अदालतमा पेस गरेको भएर अपराधी छुट्यो !
~पुलिसले गुण्डागर्दी तह लगाएन जसको कारणले गर्दा समाजमा बाँच्न कठिन भो ! छोरी चेली घर बाहिर हिडन समेत नसक्ने भै सक्यो !
~पुलिस कै एउटा अंग ट्राफिक प्रहरीले ज्यादती गर्यो ! ट्राफिक प्रहरीले बिना गल्ति जरिवाना पुर्जी थमाई दियो ! सिमामा तस्करी बढ्यो तर पुलिस रमिते भएर बसेको छ !
..
यी त भए माथिका केहि उदाहरण तर आरोप लगाउन जति सजिलो छ कार्य क्षेत्रमा खटिने प्रहरीलाई हाल कार्यमा के कस्तो चुनौती छ भन्ने कुराकै कसैले पनि हेक्का राख्दैन किन ?
नेपाल प्रहरीमा अन्य देसमा जस्तो बाहिर बाट भाडाका नागरिक ल्याएर काम कार्य गराइएको छैन ! नेपाल प्रहरीमा काम कार्य गर्ने बिसुद्ध नेपाली हुन जुन तपाइँ हाम्रै दाज्यु भाइ तथा दिदि बैनी हुन ! आफ्नै दाज्यु भाइ तथा दिदि बहिनिको काम प्रति यत्रो रोष किन ?
२०४६ साल पछी नेपालमा प्रजातन्त्र आयो ! पंचायती शासन प्रणाली र प्रजातान्त्रिक शासन प्रणालीमा आकास जमिनको अन्तर हुन्छ !
नेपालमा अपराधलाइ अनुसुचि १ र २ गरेर दुइ भागमा विभाजित गरिएको छ ! अनुसुचि १ भनेको सरकारबादी मुद्धा हो जस्मा नेपाल सरकार सिधै बादी भएर अपराधी माथी मुद्धा दायर गरिन्छ भने अनुसुचि २ लाइ देवानी मुद्धा भनिन्छ जुन ब्यक्ति बिशेसले बादी प्रतिवादी बनाएर एक आपसमा मुद्धा लड्ने गर्दछन !
समाजमा कुनै व्यक्तिले अनुसुचि १ अनुसारको कसुर गर्ना साथ प्रहरीले पिडितको अनुरोधमा केस दर्ता गर्ने गर्दछन ! हिजो आज समाजमा स्वतन्त्र व्यक्ति भेटन अलि मुस्किल पर्दछ ! कुनै पनि व्यक्ति कुनै न कुनै दल वा पार्टीमा आबद्ध छन ! गल्ति गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न जाँदा सुरुमा त हुल हुज्जत गरेर पक्राउ नै गर्न दिदैनन ! यदि पक्राउ गर्न प्रहरी सफल भयो भने पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याई पुर्याएको १० मिनेट नबित्दै हाम्रा महान नेताहरुले प्रहरी प्रमुखलाई मान्छे छोड्नको लागि दवाब दिन सुरु गर्छन !
चाहे गोरखाको फुजेल काण्ड होस या अन्य कुनै काण्ड ! प्रहरी माथि यति दबाब सिर्जना गर्छन हाम्रा पार्टीका महान नेताज्यू हरुले प्रहरीले चाहेर पनि मुद्धा दर्ता गर्न सक्दैनन ! यदि मुद्धा दर्ता भएर महान्यधिबक्ताको कार्यालयमा पुग्ना साथ प्रमाण पुगेन भनेर मिसिल फिर्ता गरि दिन्छन वा मुद्धालाई अदालतमा नबुझाइकन त्यो मुद्धा महा न्याधिबक्ताको दराजमा थन्किन पनी  सक्छ !
जो जसले हिजोआज सामाजिक संजालको भित्तामा प्रहरी माथि औला उठाउछन के ति औला उठाउने महानुभावहरु स्वतन्त्र हुनुहुन्छ ? कुनै पार्टीमा आबद्ध हुनुहुन्न ? आफ्नो पार्टीमा आस्था राख्ने जतिसुकै ठुला अपराधी किन नहुन तिनको भजन गाउनु हुन्छ भने बिरोधि पार्टीको मान्छेलाइ चैँ कारबाही गर भनेर के को आधारमा भन्नु हुन्छ ?
हिजो पन्चायतीकालमा प्रहरीलाई मुद्धामामिलामा प्रसस्त अधिकार  दिइएको थियो तर आज त्यो अधिकार सबै खोसिएको छ ! प्रहरीले जतिसुकै दुख गरेर सबुद प्रमाण सहित दाखिला गरेको मुद्धा अदालतको मुखै देख्न नपाइ तुहिन्छ भने किन र के को आधारमा प्रहरी माथि औला ठड्याउनु हुन्छ ? त्यहि औला तपाइको पार्टी प्रति देखाएर तपाइको नेतालाई प्रहरीलाई दबाब न दे प्रहरीलाई कानुनको पालना गर्न लगा भनेर किन भन्न सक्नु हुन्न ? जब तपाइँ हामीमा त्यो भन्न सक्ने हिम्मत छैन भने कर्तब्यपरायण प्रहरीमाथी  औला ठड्याउन तपाइँ हाम्रो नैतिकताले दिन्छ र ? गल्ति गर्ने तपाई हामि आफै अनि दोष चैँ किन नेपाल प्रहरी माथी ? के यसको जवाफ दिन सक्नु हुन्छ ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com