भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

जाती र बंशको प्रभाव !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, January 21, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
म नेवारको छोरो ! बंस अनुसार पनि होला मैले जति शुद्ध बोल्छु भने पनि म कुनै न कुनै ठाउँमा बोलि चिप्लिन्छु र जातले वैश्य अर्थात ब्यापारी ! जति मन कमलो गरे पनि धनको मामलामा अलिकति कन्जुसी पारा निक्ली हाल्छ !
मानुन नमानुन क्षेत्रीय चाहे धनी हुन या गरिब तिनले आफ्नो अदब छोड्दैनन ! कोदाको ढिडो खाने शाही ठकुरीले भात भान्सालाई भुजा ज्युनार नै भन्छन र तिनै शाही ठकुरी सित पनि सानै देखिको संगत गरिएको छ ! सबै धर्म र जातिको मित्र सित मेरो मित्रवत ब्यबहार छ तर मैले जाति भनेर कसैलाई पनि होच्याउन खोजेको चैँ हैन !
शिक्षण अस्पतालको घटना पनि त्यहि नै हो ! ति डाक्टर सापलाइ के नपुग्दो छ र ! मानको ठाउँमा मान सम्मान हुँदाहुँदै पनि जातीय गुणको कारणले गर्दा बर्षौ बर्षौ लगाएर कमाएको इज्जत मान सम्मान सबै माटोमा मिलाउदै छन !
ठुला पार्टीमा रहेका अधिकांस सबै ठुला नेताज्यू हरु पनि ब्राम्हण जातिको हुनुहुन्छ ! जातीय संस्कार को प्रभावले गर्दा उहाहरुले चाहेर पनि लोभ लालच गर्न छोड्नु हुन्न ! यदि पुर्खाको पाला देखि चल्दै आएको जातीय संस्कार अनुसार चलेको भए देस आज भड्खालोमा पक्कै जादैन थियो !
हामीलाई बाहुन भनिस, हाम्रो जातको मानमर्दन गर्ने भन्नु होला तर कहिलेकाही तितो कुरा पनि लेख्नु पर्ने स्थिति आउछ ! जति सुकै फुइ लाए पनि अगाडी साखुल्ले देखाएर क्यार्नु हुन्छ कन्नो पछाडी यो जात र उ जात भनेर भन्न नेपालीहरुले अहिले सम्म छोडेका छैनन !
कम्युनिस्टहरुले जात, धर्म, संस्कार केहि पनि मान्दैन भनेर ६४ बर्ष देखि नेपाली जनतालाई सुगा रटाइ गरेका छन (कम्युनिस्ट जन्मेको २००६ सालमा हो) तर नेपालको कम्युनिस्टले के के मान्छन र के के मान्दैनन भन्ने कुरा त हाम्रै आँखा अगाडी गरेर देखाएको छन कि छैनन ? अरुको के कुरा गर्नु महान जनयुद्धको आविष्कारकहरुले हिजो आज देखाएको धार्मिक उदारता हाम्रै आँखा अगाडी देख्न पाइएको छ भने यो सबै गरिब नेपाली जनताको बुद्धि भुटेर आफु सम्पन्न बन्ने हो भन्ने कुरा घाम जस्तै छर्लंग छ !
मेरो लेखाइले कोहि कसैलाइ यदि असुविधा पर्न गएको छ भने हृदय देखि नै माफी चाहन्छु तर सत्य कुरा निम जस्तै तितो हुन्छ !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com