भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

विवशको गजलः कति हिड्छौ मेरो मात्रै काटी कुरा समाजमा

सम्प्रेषक : Unknown Friday, January 24, 2014
Unknown
----
बिषयक्रम :
एउटै भावका शेरहरूले बनेको यो सन्देशमुलक गजल लेखेर पेशेको छु। यो गजल यहाँहरूलाई कस्तो लाग्यो? सुझाव पाउँ !
 













कति हिड्छौ मेरो मात्रै काटी कुरा समाजमा
पक्कै थाहा पाउँछन् सबले, खाटी कुरा समाजमा ।

विश्वास नै नगर्लान् है भोलिदेखि तिमीलाई
बोल्ने गर्नु असल खराव छाँटी करा समाजमा ।

एक कान दुई कान मैदान हुन्छ, नभनेका कुरा पनि
कतिञ्जेल लुक्छ खुरा पाटी कुरा समाजमा ।

भित्ताको नि कान हुन्छ भन्ने कुरा थाहा छैन?
किन गर्दै हिड्छौ नाना भाँती कुरा समाजमा ।

हाँसले जस्तै दुध पानी, छुट्याएर पिउन सिक्नु
सत्य बोल्नु झुठ राख्नु थाती कुरा समाजमा ।

पुर्पुरोमा हात राखी भन्नु पैर्ला बचा “हरि”
नहिड्नु है अबदेखि ढाँटी कुरा समाजमा ।

हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हालः इजरायल

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com