एउटै भावका शेरहरूले बनेको यो सन्देशमुलक गजल लेखेर पेशेको छु। यो गजल यहाँहरूलाई कस्तो लाग्यो? सुझाव पाउँ !
कति हिड्छौ मेरो मात्रै काटी कुरा समाजमा
पक्कै थाहा पाउँछन् सबले, खाटी कुरा समाजमा ।
विश्वास नै नगर्लान् है भोलिदेखि तिमीलाई
बोल्ने गर्नु असल खराव छाँटी करा समाजमा ।
एक कान दुई कान मैदान हुन्छ, नभनेका कुरा पनि
कतिञ्जेल लुक्छ खुरा पाटी कुरा समाजमा ।
भित्ताको नि कान हुन्छ भन्ने कुरा थाहा छैन?
किन गर्दै हिड्छौ नाना भाँती कुरा समाजमा ।
हाँसले जस्तै दुध पानी, छुट्याएर पिउन सिक्नु
सत्य बोल्नु झुठ राख्नु थाती कुरा समाजमा ।
पुर्पुरोमा हात राखी भन्नु पैर्ला बचा “हरि”
नहिड्नु है अबदेखि ढाँटी कुरा समाजमा ।
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हालः इजरायल

ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।