भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

स्वागतम नवबर्ष २०१४ (कविता )

सम्प्रेषक : भगवती वस्नेत Tuesday, December 31, 2013
भगवती वस्नेत
----
बिषयक्रम :
स्वागतम नवबर्ष २०१४

बिहानीको सुनौलो किरणसँगै
नयाँ पनको आभाष दिएर
गौरवशाली उत्साहपूर्ण आगमनमा
तिमी मुसुक्क मुस्कायौ...
म खुशीले गद्गद् हुदै तिम्रो पदचासँगै
सप्तरंगी सपना बुनेर मुस्कुराएँ
नयाँ आशा सहित बसन्तका बहार लिएर
तिमी ढोकामा उभियौ
विश्वाश छ
सकारात्मक सोच
नयाँ नौलो खोज
सहनशिलता धर्म
दु:खि गरिव असहायको मर्म
केहि गेडी धर्यता
सबैप्रति नर्मता सदाचारिता
प्रेम दया करुणाको फूल
संस्कार सत्कार भाइचाराको पुल
मुटु ह्रदयलाइ आनन्दको अनुभूत गराउदै
मिठो मुस्कानमा मृदुल वाणी भएर
सम्पूर्णमा गुन्जिने छौ
स्वागत छ नवबर्ष २०१४ !!
 
 


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com