भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

आंगपाउ (angpau) !

सम्प्रेषक : खांट्टी कुरा Sunday, January 12, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


मान्दारिन अर्थात चाइनिज भाषामा आंगपाउ (angpau) को अर्थ हुन्छ दक्षिणा ! जसरि हाम्रो चाडबाडमा ठुला मान्यजनले सानालाई टिका लगायेपश्चात सगुन र दक्षिणा दिने चलन छ त्यस्तै गरि चाइनिजहरुले पनि चाडबाड तथा शुभ/असुभ कार्यमा दक्षिणा दिने चलन छ, फरक यत्ति हो टिका लगाई दिदैनन तर रातो खाम भित्र दक्षिणा र सगुनको प्रसाद स्वरूप फाल्फुल मिठाइ दिन्छन !
मैले काम गर्ने कम्पनीमा मेरो मालिकको ७० काटेकी बुढी आमै हुनुहुन्थ्यो ! उहाँलाइ सबैले अम्मा (ammaa) भनेर बोलाउथे ! मैले डिउटी लिन थालेको भोलिपल्ट बुढी आमेले बोलाउनु भो र भन्नु भो आज बाट तँ अनि मेरै छोरा ‘आतोंग’ (छोटकरीमा मेरो बोसको बोलाउने नाउँ) जस्तै हो त्यहि भएर मलाइ अम्मा भनेर बोलाहै ! मैले खुसि हुँदै भने हस अम्मा !
साउथ इण्डियन अर्थात दक्षिण भारतीय मलेसियामा थुप्रै छन र तिनीहरुले पनि जन्म दिने जननी लाइ अम्मानै भन्छन भने मलेहरुले इबु भन्छन ! हामीहरुको दसैँ भने जस्तै चाइनिजहरुको दसैँ प्राय जनवरी/फरवरीमा पर्दछ जसलाई चाइनिज नयाँ बर्ष (chinese new year) भनिन्छ ! यसपाली जनवरी ३१ र फरवरी १/२ तारिख मा परेको छ ! २ देखि ३ दिन भए पनि चाइनिजहरुले दसैँ १५ दिन सम्म मनाउछ ठ्याक्कै हिन्दुपाराको !
टिका लगाउदैनन तर दक्षिणा र फलफुल मिठाइको खुब आदान प्रदान हुन्छ ! मेरो कम्पनीमा कम्पनि मालिक/मालिक्नीले २/३ पटक आंगपाउ (angpau) बाड्नुहुन्छ ! बुढी आमैले मलाइ छुटै बोलाएर खुसुक्क ५०/५० गरेर दुइ चोटि आंगपाउ (angpau) दिनुहुन्थ्यो र दिने बेलामा दाया बायाँ हेर्दै कसैलाई पनि नभन है भन्नु हुन्थ्यो ! मैले ‘या अम्मा’ भन्थे ! यदि म डिउटी चेकको बेलामा दायाँ बायाँ गएको रैछु र मलाइ देखिनन भने अम्माले नाति/नातिनाको हातमा आंगपाउ (angpau) पठाउनुहुन्थ्यो !
दुखको कुरा पोहोर अम्मा बित्नु भो ! अम्माको चाइना र मलेसियामा गरेर ८ भाइ छोरा ६ बैनी छोरी अनि बुहारी ज्वाई नाति,नातिना र पनाति पनाति गरेर २४४ जनाको सन्तान ! हामीले १ बर्ष जुठो बार्छौ तर चाइनिजले ३ बर्ष एकोहोरो जुठा बार्दा रैछन ! जुठो भए पनि देउता पुजा आजा चैँ चल्दो रैछ ! पोहोर पनि अम्माबिनाको चाड यसपाली पनि अम्मा बिनाको चाड मान्दैछन ! अब सधै भरि बाचुन्जेल मेरो मालिकको सन्तानले अम्मा इनाको चाड मनाउछन ! के चाड मानेको भनु परार जस्तो कम्पनि सिंगार पटार छैन ! पोहोर पनि र यो पाली पनि मेरो कम्पनि उजाड उजाड देखिएको छ !
बिशेष गरि मलाइ चाइनिज न्यु इएरमा ति बुढी अम्माको खुव झल्को आउछ ! परदेसमा पनि मलाइ आमाको जस्तै माया दिने ति बुढी अम्मालाइ मैले हरेक चाइनिज न्यु इयेरमा बिशेष सम्झिने गरेको छु ! सधै तिम्रो आत्माको चिर शान्तिको कामना गर्छु अम्मा !
२०७० पौष २८ गते आइतबार !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com