भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

यो मुसा र बिरालोको खेल कहिले सम्म ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, January 14, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


१ बर्ष भित्रमा संबिधान दिन्छम ... नेपाली कांग्रेस !
संबिधान बनाउन कम्तिमा डेढ बर्ष लाग्छ ... ने.क.पा.एमाले !
..
चुनाव सकिएको आज यतिका दिन बिती सक्यो ! जुँगाको लडाई देखाउंदै गाँड कोराकोर गर्दा गर्दै संबिधान सभाको बैठक बस्ने बल्ल मिति तोकिएको छ ! कांग्रेसका नेताहरु १ बर्षमा संबिधान बनाएर देखाउने सपना दिन्छन भने एमालेले डेढ बर्ष भन्छ !
फटाहा कुरा गर्ने पनि एउटा सिमा र हद हुन्छ ! अहिले सम्म सरकारको नेतृत्व कसले गर्ने भनेर नेपाली कांग्रेसमा कुर्चि युद्द सुरु भएको छ ! बकुल्लाले माछ ढुकेको जस्तर्री एमाले ढुकेर बसेको छ ! कांग्रेसमा महाभारत मच्चियोस अन्त्यमा हामि हार्यौ एमाले सरकार बनाउ भन्लान कि भन्ने आसाको त्यान्द्रो पालेर बसेका छन !
राजनीतिमा जे पनि हुन्छ ! चिताउदै नचिताको कुरा पनि हुन्छ भन्ने कुरा २०५४ सालमा देखिसकेका छौ ! उपल्लो जातिले तल्लो जातिलाई जसरि अछुतको ब्यबहार गर्थे हिजोको पुर्बपन्चहरु लाइ पनि त्यस्तै गर्थे र अहिले सम्म पनि गर्दैछन तर तिनै महापन्चहरुलाइ पालै पालो प्रधानमन्त्रीको कुर्चि सुम्पेर 'त्वम सरणम' पर्ने पनि यिनै लाज नभाका कांग्रेस तथा एमालेका नेताहरु हुन कि हैनन ? अहिले पनि ठ्याक्कै यस्तै पारा दोहर्याउदैछन ! 
देस हाक्न हुत्ति र आँट चाहिन्छ साथसाथै दिमाग पनि तर नेपालका अहिलेका ठुला पार्टीहौ भनेर घमण्ड गर्ने कांग्रेस तथा कम्युनिस्ट नेताहरु सित हुत्ति, आँट, दिमाग केहि पनि छैन ! सत्ता र भत्ताको लागि कति हद सम्म गिर्छन भन्ने कुरा २४ बर्षमा नेपाली जनताले राम्रै संग देख्ने र भोग्ने मौका पाई सकेका छन तर पनि न जनता चेतेका छन न नेता चेतेका छन ! चुनावको बेला नेता मुसा हुन्छ भने जनता बिरालो अनि चुनाव पछी नेता बिरालो हुन्छ भने जनता मुसा ! यो प्रजातन्त्र देखि लोकतन्त्र सम्ममा आइपुग्दा पनि उही मुसा र बिरालो खेल निरन्तर रुपमा चली रहेको छ ! अझै कहिले सम्म चलि रहने हो सायद भगवान पशुपतिनाथलाइ पनि अब थाहा छैन होला !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com