भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

मोंसान्टो बम – मुर्दाबाद (ब्यंग्य) !

सम्प्रेषक : खांट्टी कुरा Sunday, December 29, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
२०४६ साल भन्दा अगाडी सम्म धेरै बीर गोर्खेलाइ पासपोट बनार मुग्लान जानु पछ् भन्ने कुनै थाहा पत्तै थेन । सामन्ती पन्चेले बोल्न देनन । हक अधिकारको हनन गरे भनेर उग्रपात सम्म नारा जुलुस देखि बन्द हड्ताल गरेर बौदल ल्याएसी हाम्रो नेपालाँनि नयाँ नयाँ जिनिस भित्रिनचैँ सुरु भो । तर हली लाठे देखि रोपारसम्म कोहि डोरी लाउरे बन्दै मलेस्या । कोहि तोरी लाउरे बन्दै खाडीमा पस्या मौका छोपेर त्यो गोरेका देशाँ आविष्कार गर्या जाम भन्ने पी।जी ग्रिनेड रुपी कुइरे बैज्ञानिकले बना नक्कली मकै मुन्छिको लागि हैन । पशुको लागी होरे भन्दै भित्र्याउन पैले नै सुरु गरेकाथे गोराले । तर तिनका नौ नारि गलाको पनि यिनै गोर्खे बीरहरुले हो भनेर जान्दाजान्दै पनि फेरी भित्र्याउन अरु कोहिले नसकेर कामरेड चाउचाउ साउबा कम्बर कसेर लागेका रैच्चन ! नेपालको मुन्छिहरले भुडीमा चारो हाल्न नसकेर मुगलाने भाको बेला पशुलाई डोकाको डोका चारो दिने हुत्ति छ ता कम्रेडे चाउचाउ साउबा ? जात बाहुन । थर पोखरेल । तर नक्कली नाम राखेर नक्कली काम गर्न खप्पिस जिन्दगिभर क्रान्ति क्रान्ति भनेर कुर्लिने क।बैद्यले मैले बम हान्या के गर्छस ? भनेर हाँक दिन्च्चन । तर त्यो भन्दा डेन्जर बम त एमालेका कामरेड चाउचाउ साहुबाले अब हान्न खोज्दैच्च्न । बैद्य नामका पोखरेल बाजेले हान्या बमले भेट्टायो भन्ने त ठाउँको ठाउँ स्वाहा हुन्च ! जिम्दो मुन्छि मरेसी लास हुन्च । अनि तुरुक्क दुइ थोपा आँसु चुहायो पूँ गर्नेले संख बजाम्दै घाटाँ, गाड्नेले च्यानडाँडा बिधि पुरा गर्न लान्छन । तर मोंसान्टो बमले त मर्नु न बाँच्नुको घिटघिटोमा पार्दो रैच्च भनेर साक्षी प्रमाण खोज्न अन्त किन जानु ? नजिकैको हिन्दुस्थानी बडे भैयाको देशाँ गएर हेरे पुग्छ ! मोंसान्टो बम रोपेर पहिलो बर्ष आहा आहा भाकाहरु दोश्रो वर्ष बाट तेश्रो बर्ष पुग्दा घाँटीमा डोरी लाएर चचहुई भन्दै पिंग खेल्या सम्चार पढ्दापढ्दै पनि त्यो मोंसान्टो नामको ज्यानमारा बम भित्र्याउन खोज्ने चाउचाउ कामरेडलाइ अब तह लाउने कस्ले ? जनताको पार्टी, जनताको बहुदलीय जनवाद । जे मा पनि जनता जनता भनेर जनताको च्याँखे थाप्ने घामरुपी लालबहादुर कामरेडहरु कस्सैको थुतुनाट मोंसान्टो बमको बिरोध गर्या सुन्नुभो ? अहँ गर्दैनन घामकाहरले । किनभने तिनीहरुको लागी चाउचाउ साहुबा कामरेड भएर पार्टीमा आकाछन ! घामका लागि कामरेड लेनिन, कामरेड मार्क्सनै उनै हुन भने घामका लालेहरुले अब कसरि आफ्नै कमरेडका बिरोध गर्न सक्छन ? किनभने हिजो जनता भेडा बनाइएका थिए । तर अहिले पार्टीका नेता देखी होल्टाइमर, हापटाइमर हुँदै फुलटाइमर सम्मका कार्यकर्ता भेडा बनाइएका छन । घाम मात्र हैन यो भेडा संस्कृति सप्पै दल तथा पार्टीमा छ ! आफ्नै सिता आफनै गीता गाम्चन् । अहिले यतिखेर बीर गोर्खालीको देशाँ पंचायती ब्यबस्था वा ४७ साले बौदले ब्यबस्था भाको भे र अन्यले यस्तो काम अरेको भे टिक्न खान दिन्थे ? टायर बालेर प्रदुषणको बाढी फैलाएर बसी खान दिन्थेनन भने जनताको सुरक्षा गर्न खटेका कर्तब्यपरायण सुरक्षाकर्मीलाई ताकी ताकी इराकी पानीको बोत्तलले हान्थे । २०४६ साल पछीको ठुलो उपलब्धि हो यो बन्द, हड्ताल र चक्काजाम भन्ने जिनिस । सामन्ती रुख हुन या माओको । नाम बेचुवाहरको त झन के कुरा गराई भो । मोंसान्टो बम हुन या परमाणु बम । बस उनीहरको लागि हरिया हरिया, युरो, डलर र कम्तानि एकरुप्पे साठीपैसो रुपी कम्पनि मोरुले भर्या सुटकेस चाहियो । आफु भलो त जगतै भलो फर्मुल्ला बोकेका छन भने यस्ता पार्टी तथा दलहरुले देश र जनताको हित गर्छन भनेर पत्याउने दासी प्रमाण के छ ? राम्रो भाउ पायो भने जे पनि गर्न तयार हुन्छन भन्ने कुरा कोशी देखि गण्डक हुँदै टनकपुरको घण्टा देखि बिप्पा सम्मको बाजा बजाएर देखाई सक्याछन् ! पशुमा गाइ पनि पर्दछ भने गाइले अब आफैले खाने मोंसान्टो बमरुपी चारोको बिरोध गर्छ कि गर्दैन ? मादलेबाले मादल नबजाएर उही ड्यांगको मुला बन्छन वा चित्रेबाले गिलास थापेर त्यसमा भोले बाबाले बिष पचाको जस्तरी मोंसान्टो बम पचाउने हो । त्यो हेर्दैछम् भने मदिसे पार्टी र युरो डलरले चलेका ऐरे गैरे नत्थु खैरे भुरा पार्टीहरुको ता झन के कुरा गराई भो ? कुरा गर्यो कुराकै दुख । तर यो पंक्तिकारले चैँ उग्र बिरोध गर्दै ‘मोंसान्टो बम – मुर्दाबाद’ भन्छ । किनभने हाम्लाई हाम्रै स्थानीय मुरली मकै प्यारो छ । मोंसान्टो मकै ख्वाएरखाएर हाम्लाई क्यान्सर निम्त्याउनु परेको छैन । हाम्रा छोरछोरी अन्धा, अपांग, लुला र लङ्गडो बनाम्नु परेको छैन । त्यसैले यस्ता ज्यानमारा बिउको सख्त बिरोध गरुँ ! २०७० पौष १५ गते सोमबार ! - See more at: http://janakdangol.blogspot.com/2013/12/blog-post_30.html#more
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com