भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हामी नेपाली जनता मुन्छी कि भेडा ?

सम्प्रेषक : खांट्टी कुरा Thursday, December 26, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
कमरेड कालमार्क्स लालसलाम !
कामरेड लेनिन लाल सलाम !
कामरेड माओ लाल सलाम !
..
मुट्ठी आकास तिर फर्काए अनि लाल सलाम भन्दै बिदेसीको फूटा बाउ मर्या जस्तो रुन्चे अनुहार लाम्दै बिदेसी स्तुति गाए ! झण्डा बिदेसी, भजन बिदेसी हुँदा हुँदा धर्म पनि बिदेसी हुल्ने यी नक्कली क्रान्तिकारीहरुले पंचायत फालेको आज २४ बर्ष भो के दिए देस र जनतालाई ?
बाउ आमा मर्दा आसोच बार्दैनन ! रुनु त परै जावस तर बिदेसी देउताको अगाडी बिलौना गर्छन ! तिम्रा क्रान्तिले के नाप्यो ? तिम्रा क्रान्तिले जनताले सुख पाए कि दुख पाए ? अलि अलि बचेको कल कारखानामा ठेकेदारी प्रथा हुल्दा पनि तिम्रा भेडा मजदुरहरु अझै पनि 'बिस्वका मजदुर एक हम' भन्दै नारा लाम्न छोड्दैनन ! थुक्क भेडा बुद्धि भन्दा अरु के भन्ने अब !
हिजो राजा र पन्चको बिरोध नगरे सम्म मानो पच्दैन थियो तर तिनै राजा र पन्चले जोडेको जिनिस बेचेर जनतालाई खाडी मलेसियामा रोजगारी गर्न बाध्य पार्ने यो कुन नीति र नियममा पर्छ ? २४ बर्षा महाथिर मोहम्मद भन्ने मुन्छिले प्रधान मन्त्रि चलाएर मलेसिया लाइ स्वर्ग बनाउन सक्छन भने नेपालका यी लाले र कालेले चैँ किन सकेनन ? अनि तिनले भनेको जे पनि देबबाणी सम्झने हामी नेपाली हरु मुर्ख हौँ कि हैनौ ? चुनाउ भाको आज कति दिन भयो र आज सम्म के गर्दैछन नेताहरु भनेर कसैले 'खै' गरेका छन ? सुडानका जनताको स्थिति देखेका छ कि छैन ? हो त्यहि बनाउने रणनीति तयार पारेका छन बिदेसी ले नेपाल लाइ भने त्यसलाई आँखा चिम्लेर पालन गर्न खोज्दैछन अहिले कांग्रेस र कम्युनिस्ट नेताहरुले ! मरे पछी ओखती गर्ने कि बिरामी हुँदै ओखती गर्ने ? त्यसैले नेपाल लाइ फेरी २०१७ साल जस्तै निरंकुस व्यबस्थाको सख्त खाँचो भै सकेको छ ! जिउ रहेपो खान पाइन्छ घ्यु, जब ज्यु नै छैन भने काहा बाट खान पाइन्छ घ्यु ? सबैलाई बेलैमा चेतना होस ! लेखाइ तितो छ तर सत्य कुरा तितो हुन्छ ! ओखती पनि तितै हुन्छ !



.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com