भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

भो म नक्कली श्रद्धाञ्जली प्रकट गर्न चाहदिन !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, December 24, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
~म भारत पुग्नासाथ वर्क परमिटको कुरा गर्छु !
~
म त स्कच खान साम्सद भाको !
~
बरा कर्मचारीहरुलाई तलबले गुजारा गर्न धौ धौ हुन्छ अनि घुस नखाएर के गरोस त ?
..
२०४६ सालको पंचायत हटाउने जन आन्दोलन समाप्त हुना साथ स्वर्गबासी राजा बिरेन्द्रले आन्दोलनका नायक कांग्रेसी नेता स्व.गणेशमान शिहलाइ अन्तरिम प्रधानमन्त्रि बन्न गरिएको आग्रहलाइ स्व.गणेशमानले ठाडै अस्विकार गरि 'सरकार मैले भन्दा राम्रो सित देस हाक्न भटराईले सक्छन त्यसैले उनलाई नै प्रधान मन्त्रि बनाइ बक्स्योस' भने पछी मात्र स्व.भटराईले अन्तरिम प्रधान मन्त्रि बन्ने मौका पाएका हुन !
प्रधान मन्त्रि हुनासाथ भारत सित वर्क परमिटको कुरा गर्छु भन्ने स्व.भटराईले त्यो कुरा उठाए उठाएनन त्यो आज सम्म पनि रहस्यकै गर्भमा छ तर २०४६ साल पछी चैँ नेपालको सबै उधोग कल कारखानामा ठेक्का प्रणाली बाट कामदार भर्ना गर्ने चलन चैँ मज्जाले फस्टाएको छ !
पहिलो निर्वाचनमा स्व.गिरिजाप्रसाद कोइरालाबाट अन्तर्घात गरेर निर्वाचनमा पराजय भए पश्चात कांग्रेस पार्टीमा छत्तीसे र चौहत्तरे जन्मेको कुरा पनि सम्पूर्णलाइ मुखाग्री होला ! मुलुक हाक्न असफल स्व.गिरिजाले कांग्रेस अब सकिने भो पिरलोले अबको प्रधान मन्त्रि किसुनजी भन्ने अस्त्र फ्याकेका हुन ! चुनाव काठमाण्डौ बाट हैन पर्साको निर्वाचन क्षेत्र न १ (जुन कांग्रेसी नेता आत्माराम ओझाको पर्छ) बाट जिताइयो ! त्यति बेला स्व. भटराईले पर्साजिल्लाको सदरमुकाम बिरगंजमा भनेका 'म त स्कच खान साम्सद भाको, बरा कर्मचारीहरुलाई तलबले गुजारा गर्न धौ धौ हुन्छ अनि घुस नखाएर के गरोस त ? भन्ने सब्द अहिले पनि यो पंक्तिकारको कानमा गुन्जियेकै छ भने त्यो समयमा यी दुइ बुँदाको समाचारले अखबारी बजार नै तातेको थियो !
महाकाली सम्झौताको बिषयमा देसमा उग्र आन्दोलन भाको बेलामा तिनै स्व.भटराईले बानेस्वरमा बस्ने पाइलटबाबाको घरमा एमालेका नेता माधब कुमार नेपाल संग स्कचको चुस्कीमा गोप्य वार्ता गरेर आन्दोलन तुहाको समचार पनि कान्तिपुरमा छापिएकै हो !
मान्छे मरे पछी निर बहाउने, गुणगानमा रमाउने त मानिसहरुको बानि नै हो तर मैले चैँ देस र जनताको सपनामा लात हानेर बिदेसीको भलाइमा काम गर्ने नेताहरुको भजन गाउने गरेको छैन ! दुइ दुइ पटक प्रधानमन्त्रि भएका स्व.कृष्ण प्रसाद भटराईले के दिए देस र जनतालाई ? जब देस र जनताको लागि माखो मारेका छैन भने मैले के र कुन हिसाबले ति मृतक आत्मालाई 'हार्दिक श्रद्धाञ्जली' दिउं ? जसले त्याग गरे ति त्याग गर्ने नेताहरुलाइ कसैले सम्झेको छ ? छ भने अस्ति स्व.बि.पी र स्व.गणेशमानलाइ यी भुइँ फुटृा कांग्रेसीले किन सम्झेनन ? छ कसै सित यसको जवाफ ?


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com