भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

महरा पनि जयमसिह भएछन

सम्प्रेषक : खांट्टी कुरा Monday, August 12, 2013
खांट्टी कुरा
----
©जनक मान डंगोल 
janakdangol@gmail.com


महरा सर अर्थात कृष्ण बहादुर महरा । हिजो जनयुद्धमा माओबादीका लडाकु महिला कमान्डर जय पुरी घर्तिले समेत आदर गरेर मान्ने उनको नजरमा एक आदरणीय नेता ।
धर्म भनेको अफिम हो भनेर क.माओले भन्नु भएको छ ! हामी क.माओको सिधान्तमा हिड्ने मान्छे हौ त्यसैले कम्युनिस्टले धर्म मान्दैन ! सर्बहारा भए पछी के को धर्म ? हिजो जनयुद्धमा सबैलाई यस्तै पाठ पढाइएको थियो !

केहि दिन देखि सामाजीक संजालको भित्तोमा अचम्म अचम्मको दृश्य देख्न पाइएको छ ! बितेको हप्ता मात्र एनेकपा माओबादीको अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री क.पुष्प कमल दाहाल अर्थात प्रचण्ड, निजका सुपुत्र क.प्रकास दाहाल, एमालेको बरिस्ठ नेता क.माधब कुमार नेपाल तथा केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठले बोलबम भन्दै धार्मिक पहिरनमा तस्बिर खिचाएको दृश्य फेसबुकमा अपलोड भएको देखियो !


माथि उल्लेख गरिएका सबै नेतागण हरु कम्युनिस्ट हुन ! कम्युनिस्टले त धर्म मान्नु हुँदैन भनेर हिजो जसरि जनतालाई भन्थे तर आज ति नेताहरु धार्मिक हुँदै गएको देख्दा कथनी र करणीमा फरक हुँदो रैछ भनेर आज नेपाली जनताले महसुस गर्न थालेका छन !


हिजो मन्दिरमा बम बिस्फोट गराउन आदेस दिने पनि तिनीहरु नै थिए ! हिन्दु हरुको पवित्र पुस्तक संस्कृत जलाउन आदेस दिने पनि तिनीहरु नै थिए ! हिजो त्यस्तो कुकृत्य गर्नेले आज किन धर्म मान्दैछन ? धर्म माथि खेलबाड गरेका हुन कि साच्चिक्कै धर्मभिरु भएका हुन ? हिजो गरेका पाप पखाल्न आज धर्मको सहारा लिएका हुन कि लोकलाइ देखाउन नौटंकी गरेका हुन बुझ्न गारो भो !

एनेकपा माओबादीको अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री क.पुष्प कमल दाहाल अर्थात प्रचण्ड, निजका सुपुत्र क.प्रकास दाहाल, एमालेको बरिस्ठ नेता क.माधब कुमार नेपाल तथा केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठले हिन्दु धर्म मान्नु हुँदो रैछ वा मान्न लाग्नु भो तर एनेकपा माओबादीको नेता तथा पुर्ब मन्त्रि कृष्ण बहादुर महराले त इसाई धर्म दीक्षित गरेको तस्बिर फेसबुकमा अपलोड हुँदा आज नेपाली जनता घोर आश्चर्यमा परेका छन ! के को नौटंकी हो यो नेताज्यू ? हिजो किन जनतालाई धर्म मान्न बाट बंचित गराउनु भयो ? जनता लाइ धर्म नान्न नदिने, धर्म अफिम भन्नेले आज धर्म मान्नु भनेको हात्तिको देखाउने र चपाउने दांत जस्तो भयो कि भएन ? वाहरे नेपालको कम्युनिस्ट नेतागण हो बुझी नसक्नुको लिला देखाउदै हुनुहुन्छ तर यो लिला कति महँगो वा सस्तो पर्ने हो त्यो चैं समय आए पछी थाहा हुन्छ है !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com