भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कम्युनिष्ट भनेको सर्वहारा हैन र ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, July 30, 2013
खांट्टी कुरा
----
जनकमान डंगोल
www.facebook.com/janakdangol

हिजो पंचायती सासन हुँदा कम्युनिस्ट हरु त्यति देखिदैन थिए तर कांग्रेसी हरु भने फाटफुट रुपमा देख्न पाइन्थ्यो ! कम्युनिस्ट भनेको सर्बहारा हो र कम्युनिस्टले धर्म मान्नु हुँदैन ! यहि कुरा माथिल्लो तहको नेता देखि तल्लो तहको कार्यकर्ता सम्म लाइ घोकाइएको थियो ! धर्म नमान्ने भए पछी मन्दिर जाने पुजापाठ गर्ने फूलमाला, टिका प्रसादी ग्रहण गर्ने कुरै भएन !

हिन्दु धर्मको बाहुल्य रहेको हाम्रो देश नेपालमा ८२% हिन्दु धर्मालम्बी बस्छन भनेर नेपाल सरकार द्वारा गराइएको जना गणनाले पुस्टि गरि सकेको छ ! बाहुन क्षेत्रीले मात्र हिन्दु धर्म मान्छन भनेर भन्नु त्यो सरासर गलत र झुठो कुरा हुन जान्छ ! २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र स्थापना भए पश्चातको दोश्रो पटकको स्थानीय निर्वाचनमा मकवानपुर जिल्ला बाट ने.क.पा.एमाले पार्टीको उम्मेदवार रामेस्वर रानाले जिल्ला बिकासको सभापति र सोहि पार्टीको बद्रि लम्सालले उप-सभापति पदमा बिजयी हासिल गर्नु भएको थियो !

नेपालको पहिलो राजमार्ग त्रिभुबन राजपथको अधिकांस भाग मकवानपुर जिल्लामा पर्दछ ! सोहि राजमार्गको पथलैया हेटौडा सडक खण्डमा मकवानपुर जिल्लाको चुरियामाई गा.बि.स पनि पर्दछ जुन मकवानपुर जिल्लाको सदरमुकाम हेटौडा संगै जोडिएको गा.बिस हो !

तत्कालिन चुरियामाई गा.बि.स भवन संगै जोडिएको बिधालयमा कक्षा कोठाको अभाव थियो ! बिरगंज मिनाबजार निवासी श्याम सुन्दर गुप्ता नाम गरेको ब्यापारी तथा समाजसेबीले २०५४ सालमा भवन बनाइ दिने प्रस्ताब गरेका थिए ! भवन सिलान्यास मकवानपुर जिल्ला सभापति रामेस्वर रानाको हात बाट हुने भयो ! सिलान्यास भो दुइ सब्द समाजसेवी गुप्ताजीले प्रकट गर्नु भयो ! फूलमाला,प्रसाद वितरण कार्यक्रममा सभापति रानाले रातो टिका लगाउन ठाडै अस्विकार गरि दिनु भयो ! सभापति मगर उप सभापति बाहुन ! सभापतिले अस्विकार गरेको देखेर असजिलो मान्दै उप-सभापतिले पनि टिका लगाउन मान्नु भएन !

तर,मिति २०७० श्राबण १३ गते आइतवार अर्थात अंग्रेजी तारिख २०१३ जुलाई २८ आइतबार ने.क.पा. एमालेका केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले फेसबुकमा तस्बिर पोस्ट गर्नु भएको रैछ ! तस्बिरमा ३ जना पात्र देखिनु हुन्थ्यो ! पहिलो पात्र एनेकपा माओबादीको अध्यक्ष क.पुष्पकम दाहाल दोश्रो नेकपा एमालेको बरिस्ठ नेता क.माधब कुमार नेपाल र तेश्रो सोहि पार्टीका केन्द्रिय सदस्य क.कृष्ण गोपाल श्रेष्ठ ! तिनै जना पात्रको निधारमा पहेलो गेरु बस्त्रको फेटा जसमा सिबजीको तस्बिर र बम भोलेको लेखिएको थियो भने तिनै जना पात्रको घाटीमा पहेलो गेरु रंगको दोसल्ला पनि देखिन्थ्यो !हिजो भूमिगतकालमा जनताको छोरा छोरीलाई कुनै पनि धर्म मान्नु हुदैन ! कम्युनिस्ट भनेको सर्बहारा हो ! सर्बाहारा भै सके पछी देबी देउता पुज्ने, मन्दिर जाने, ब्रत धर्म पुजापाठ गर्नु हुदैन भनेर सिकाउने नेताहरुले आज जनताको अगाडी यस्तो कार्य गरेर देखाउने लाइ ढोंगी, पाखण्डी र ताक परे तिवारी नत्र गोतामे चरित्रका मान्छे भनेर अब बुझ्ने कि नबुझ्ने ?



बितेको साल एनेकपा माओबादीको अध्यक्ष क.पुष्पकम दाहाल ज्युको पुज्यनीय पिताको स्वर्गबास हुँदा दाह संस्कार चितवन जिल्लाको पवित्र नारायणी नदि छेउको पवित्र धाम देवघाटमा गरिएको थियो ! हिन्दु संस्कार अनुसार जेष्ठ सुपुत्रले दागबत्ती दिने चलन छ ! त्यसरी दागबत्ती दिंदा हिन्दु धर्ममा लेखिए बमोजिम खालि पाउ एकसरो वस्त्रमा बैदिक बिधि अनुसार मुखाग्नी दिने चलन छ तर एनेकपा माओबादीको अध्यक्ष क.पुष्पकम दाहालज्युले सुट बुटमा मुखाग्नी दिएको दृश्य पनि नेपालको सबै छापा तथा विधुतीय पत्रिका देखिएकै हो !
सत्तामा नपुगुन्जेल हिन्दु धर्मको व्यापक बिरोध गर्ने महानुभावहरुले आज सत्ता र सक्तिमा पुगी सके पछी यस्तो काम गर्दा जनताको नजरमा गिरिन्छ भन्ने अनुभूति भयो कि भएन ? ठुला नेता भैसके पछी जे पनि गर्न हुन्छ र आफु अनुकुल सबै काम गर्ने हो भने हिजो आफ्ना कार्यकर्ता तथा जन मानसमा किन यस्तो भ्रम फैलाइयो ? जन युद्धको नाउँमा मन्दिर तोडियो ! संस्कृत पढ्न प्रतिबन्ध लगाइयो ! आफ्नो आदेशमा नचल्नेलाई हदै सम्मको यातना पनि नदिएको काहा हो र ! हिजो देबी देउताको मन्दिरमा बम बिस्फोट गराउदा मनमा ग्लानि नहुनेले आज आएर हामि हिन्दु हौ भन्दै बम बम भोले ... जय भोले भन्नु कत्तिको सुहाउछ ? नेपालको कम्युनिस्ट विचारधारामा लाग्ने हरु के साँच्चिकै सर्बहारा रैछन त ? अब यसको जवाफ ति ठुला नेताहरुले जनतालाई दिनु पर्छ कि पर्दैन ?


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com