भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

खै त बाउसे, हली, रोपार र लाठेहरू ?

सम्प्रेषक : खांट्टी कुरा Sunday, July 14, 2013
खांट्टी कुरा
----
बिषयक्रम :



जनक मान डंगोल 
janakdangol@gmail.com
सुश्री इन्दिरा दाहाल 

"पानी छ जोत्न ट्याक्टर छैन रोप्ने मेलो बन्यो खेताला छैन ... आज ट्याक्टर आउछ रे भनेपछि धान रोप्नका लागी 15 जना खेताला खोज्न हिडेकी म 6 बजे देखी 9 बजे सम्ममा हात लायो सुन्य करिब 35 घर पुगे खेतला भेटीएनन गाउका 5 जना खेतला लिएर खेतमा जाँदा बिहानै डिजेल किनेर पठाएको ट्याक्टर वाला अर्कैको खेतमा जोत्दै पो छ खै त हाम्रो खेत बनाईदिएको भन्दा १२ बजे भन्दा अगाडी हुदैन भन्यो घरमा साइलो छोरो पल्टिएर बसेको म छोरो होईन छोरीनै रहेछु भन्ने लाग्यो घरमा दाजुहरुको अभाब खड्कीयो .. अर्को ट्याक्टर खोजेर खेत बनाउन लगायौ अनि आज धेरै ठुलो सँर्घष गरेर थोरै भएनी धान रोपियो खेतबाट घर आउदा रातको 8 बजेको थियो बुवा आमा भाई र म सबै कामले थकित काम गर्नको अल्छिले केही पनि खान्न भनि सुते म आमाको मन न हो 10 . 30 मा खाना पाके पछि उठाउन आउनुभो .. सोचे यो सँसारमा आमा भन्दा ठुलो केनै रहेछ र अरू भएको भए त्यो रातमा आराम नगरी पक्कै खाना बनाउन तर्फ लाग्दैनथे ..सोचे भातका लागी कति दुख गर्नु पर्दो रहेछ अनि सोचे त्यो ट्याक्टर वालाले मेरो ठाउम बलभएको पुरुष भएको भए पहिले हाम्रोमानै जोत्थो भनेर"

यो मर्मस्पर्सी स्टाटस 2013/7/11 तारिखमा चितवन जिल्लाको दक्षिणी भेग माडीमा बसोबास गर्नु हुने शुश्री इन्दिरा दाहालले आफ्नो फेसबुक वालमा पोस्ट गर्न भएको रहेछ ! यो स्टाटस लाइ मैले धेरै बेर नियालेर हेरे ! प्रत्येक शब्द लाई दोहर्याइ तेहर्याइ पढे ! अन्त्यमा इन्दिरा दाहाल जी सित अनुमति लिएर मैले आफ्नो ब्लगमा राखे !

मैले किन राखे त यो स्टाटस लाइ भन्दा इन्दिरा दाहालजिको लेखाइ लाइ पढ्नुस ! आज जसरि उहाँले खेत रोप्नको लागि खेताला खोज्न लाइ दिनभरी भौतारिनु पर्यो त्यो उहाँको गाम्घरा मात्र हैन अहिले देसको सबै स्थान के हिमाल, के पहाड र के तराइ सबै ठाउँमा यो समस्या देखिएको छ ! भाको जति बलिया लाठे, रोपार र बाउसे अनि हली हरु कोहि खाडी त् कोहि मलेसिया भासिएका छन ! गाउँ घरमा बुढा, पाका र केहि नाम मात्रको तन्नेरी युवा युवती बसेका छन ! देसमा रोजगार छैन ! अलि अलि भाको पनि कोहि बन्द गर्न बाध्य पारिए त कोहि निजीकरणको सिकार भयो ! दिनानुदिनको बन्द, हड्ताल र चक्काजामले गर्दा  कुनै बिदेसिले नेपालमा लगानी गर्न मान्दैनन ! लगानी गरेर उधोग धन्दा खोल्न लाइ कारखानाको जग राख्नु भन्दा पहिला राजनीतिक पार्टीका ट्रेड युनियनको साइन बोड ठडिन्छ ! अनेक थरिको माग राखेर उधोग नै खोल्न दिदैनन ! चन्दा आतंक त्यस्तै छ !

 यस्तै गरी  युवा पलायन हुने हो भने एक दिन गाम्घरा मान्छे मर्दा मलामी जाने मान्छे भेटन मुस्किल हुन्छ भने बिरामी परेर स्वास्थ्य केन्द्र पुर्याउनु त त्यो टाढाको कुरा भो ! के नेपालको जनतालाई यहि दिन देख्नको लागि भनेर प्रजातन्त्र फ्याँकेर लोकतन्त्र ल्याएको हो ? पार्टी खडा गरेर नेता बन्न जानेका छन भने जनताको दुख दर्द बुझ्न पर्दैन ? धिक्कार छ नेताहो तिमिहरु नेपाल आमाको सच्च्चा सपुत चैँ पक्कै पनि हैनौ ! आफु र आफ्ना आसेपासे लाइ मात्र हेर्ने तर जनताको दुख दर्द नबुझ्ने हरु कसरि नेपाल आमाको सच्चा सपुत हुन्छन ?
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com