भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

के रास्ट्रबादी हुनु अपराध हो ?

सम्प्रेषक : खांट्टी कुरा Saturday, July 13, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
पुर्व रास्ट्रिय पंचायत अध्यक्ष तथा पंचायतकालिन
(क्याप्सन सुजन बिक्रम थापाज्यु को फेसबुक वाल बाट)
अन्तिम प्रधानमन्त्रि मरिच मान शिंह श्रेष्ठ फोक्सोको क्यान्सरले गर्दा यतिखेर जीवन मरणको दोसाधमा भयको र यतिखेर उहाँ भारतमा उपचार गर्दै हुनुहुन्छ ! रास्ट्रको पुर्ब बिसिस्ट ब्यक्तिको उपचारमा खर्चको अभावले गर्दा उहाँको परिवारले आज जनता संग सहयोगको अपिल गर्दै गरेको खबर सुन्दा बडो नमिठो अनुभूति भै रहेको छ ! प्रधान मन्त्रि जस्तो गरिमामय पदमा पुगेको नेपाली नागरिक माथि राज्यले किन यस्तो भेदभाव गर्दैछ ? ब्यबस्था त आउछ र जान्छ पनि ! कुन ब्यबस्था मन पराउने र कुन ब्यबस्था मन नपराउने भन्ने कुरो त्यो जनताको इक्षामा भर पर्ने कुरो हो ! अस्तिको पंचायतलाइ जनताले रुचाएनन !
पंचायत ब्यबस्था एकदलीय सासन थियो ! तर तिनै पंचायत ब्यबस्था हाक्ने व्यक्तिले रास्ट्रको हित बिपरितको कुनै काम गरेनन ! पारबहन सन्धि नबिकरण गर्दैनौ भनेर क्षिमेकीले नेपालको सबै सिमा बन्द गरि दिंदा पनि आफ्नो कर्तव्यमा बिचलित भएनन ! नचाहिँदो सन्धि सर्पन गरेनन ! के त्यसो गर्नु अपराध थियो ? आस्थाको राजनीति भनेर भेदभाव गरिनु यो काहाको न्यायोचित कदम हो ?
पार्टीको नेता तर राज्यको कुनै पनि पदमा बहाल नरहेको पार्टीका नेता माथि उपचार खर्चमा लाखौ खर्चिन्छ राज्यले ! तथाकथित पर्यटक बढाउने तिर्थस्थल को नाउँमा साधु सन्त बस्ने घरको लागि नियम कानुन मिचेर करोडौ खर्च गर्न हुन्छ र मिल्छ भने पुर्ब प्रधानमन्त्रिको उपचार खर्च गर्न चैँ किन नहुने ? के खाँट्टी रास्ट्रबादी बनेको फल पाएको हुन त पुर्ब प्रधानमन्त्रि श्री मरिच मान शिंह ज्युले ?
यदि तपाई हामि मध्येकै कोहि सहृदयी मनकारी महानुभाव हुनुहुन्छ भने कृपया तस्बिरमा देखाइएको ठेगानामा आर्थिक सहयोग गर्न सक्नु हनेछ ! पुर्ब प्र.म.मरिच मान शिंह श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com