भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

प्रबेशिका परीक्षा (SLC) मा ५८.५०% परीक्षार्थी अनुतिर्ण दोष कस्को ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, June 11, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
 परिक्षा नियन्त्रण कार्यालयले प्रबेशिका परीक्षा (SLC) को नतिजा आज प्रकाशित गर्यो ! नयाँ रेकर्ड पनि बनेछ अर्थात जम्मा ४१.५०% परीक्षार्थी उतिर्ण ! ५८.५०% परीक्षार्थी अनुतिर्ण दोष कसको ? गल्ति कसको ? 
..
दोष न सरकारको छ, दोष न बिधार्थीको छ ! दोष आखिर कसको त ? सबैको आ-आफ्नै तर्क होला तर मेरो तर्क चैँ अलि भिन्न प्रकारको छ ! दोष प्रथम हाम्रा राजनैतिक पार्टीका नेताहरुको छ ! त्यो भन्दा बढ्ता दोष हाम्रा शिक्षक तथा शिक्षिका अनि बिधालय संचालक समितिको छ ! संसारमा सबै भन्दा पर्ब बिदा पनि नेपालमै हुन्छ ! संसारमा सबै भन्दा बढ्ता बन्द हड्ताल, चक्काजाम पनि नेपालमै हुन्छ ! २४ बर्ष देखि नेपाली जनताले प्रत्यक्ष देख्दै र भोग्दै आएको दृश्य हो यो ! लाज सरम र घिन नमानिकन राजनैतिक पार्टीका नेता तथा तिनका कार्यकर्तालाई शिक्षाको मन्दिर लाइ राजनीतिक अखाडा बनाको छ ! जाहा दक्ष बिधार्थी हैन दक्ष राजनैतिक कार्यकर्ताको उत्पादन गरिन्छ ! भर्खरका चिचिला भुराभुरी हरुलाई राजनैतिक प्रशिक्षण दिइन्छ ! पढ्ने, खेल्ने र कुद्ने उमेरका ति अबोध कलिला बालबालिकालाइ राम्रो सिक्षा दीक्षा दिएको भए आज ५८.५०% परीक्षार्थी अनुतिर्ण पक्कै पनि हुन्थेन !
..
ति बिधार्थी भाइ बहिनिहरु लाइ पढाउने गुरु ताता गुरु आमा हरु पनि राजनीतिक पार्टीका दीक्षित कार्यकर्ता हुन ! मन लाएर कहिले पनि राम्रो संग पढाउदैन ! कि राजनीति कि ब्यापारनीति भन्दा तिनीहरुको अन्त ध्यान छैन भने त्यस्ताहरुले के पढाए र के शिक्षा पाए होलान ! संचालक समितिमा पनि चरम राजनैतिक गुटबन्दी तथा खिचातानी छ ! योग्यले नियुक्ति पाउदैनन ! अयोग्य आफ्नालाइ शिक्षक शिक्षिकामा नियुक्ति गर्ने चलन बसेको छ भने ५८.५०% परीक्षार्थी अनुतिर्ण भयो भनेर सरकार लाइ मात्र किन दोष दिने ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com