कठै मेरो सगरमाथा
अनगिन्ति कट्मेरो पथहरुले
कुल्चिएर अर्धचेतमै ब्युझिएंकी
निस्तब्ध बादलको बर्को ओडेकी उनि
मानव मुर्ति बाट फ्याँकिएका हजारौं
कार्बनडाइ अक्साइड आफ्नो छातीमा सोसेर
अलिकति होचिएको मन्द मुस्कानमा
ठिंग उभिएको मेरो सगरमाथा कठै !
मैले त मैलिएको पो देखें ।
सबैलाई हतासो छ उनकै छाती हुँदै शीर चुम्ने
सबैलाई हतारछ उनकै उचाइमा मैलो मन धुने
आफ्नो धुलेरुपी पाउँ सगरमाथाको शीरमा टेक्दा
आधुनिक मान्छेहरुको खुशीरुपी सीमारेखा त्यतिखेर
सायद मनको मिटरले मापन गर्न सकिन्न !
त्यहीं सेताम्मे हर्षका बीच केहि दुखाइका धमिला
विष्मय बोधक नक्साहरु रेखाङ्कित हुन्छन
तर, त्यसको इति पनि आभाष हुँदैन
ती कृतिम कवच धारण गरि हास्नेहरुलाई
उनि आफ्नो चौडा कंचडमा थामी रहन्छिन कठै !
तप-तप तप्कियेका सगरमाथाका निर्जल
थोपाहरु रारा र फेवालाई साक्षी राख्दै
आफ्ना धमिलो लाज छोप्न कतै दुधकोशी
र, सुनकोशीका वर पिपललाइ जिर्ण कथाहरु
सुनाउदैछ रे ! र, वर पिपल उनलाई शीतल
छहारी भित्र काखी च्याप्दै उनैलाइ चुस्दै छ रे !
फेरी बगर सँगको सुख्खा साइनोको सप्को मार्दै
सगरमाथाका निर्जल थोपाहरु कुइनेटो-कुइनेटोमा
सोसिंदैछ रे ! कठै ती निर्जल थोपाहरु !
हजारौं बिरानो पाइलाहरुले ठेस लाउँदा पनि
चुप-चाप सहेर मात्र पग्ली रहिन् उनि
अनि आफ्नै स्वाभिमानमा अग्ली रहिन् उनि
तर, साच्चै स्वच्छताको सुगन्धहरुमा आज
दुर्गन्धित धुलोका वासहरु आउन थालेका छन्
र त उनि भन्दैछिन कीर्तिको काँटा भिर्न
मलाइ अरु नधमिल्याउ, यति धेरै नटेक !
सुनिता राइ
इज़रायल