फूल फुल्ने बाग
खोजी, पानी उतै पारे हुन्छ
अन्तै खुशी मिल्छ
भने यता माया मारे हुन्छ ।
भोग्नै पर्ने हुन्छ
यहाँ, दैव जे जे लेखि दिन्छन्
जन्मे पछि मर्ने रीत,
सक्छौ भने टारे हुन्छ ।
बास राख्ने दिल मेरो
अति सानो देख्यौ भने
खुल्ला खोज्ने
तिम्रो दिल, बसाईँ अन्तै सारे हुन्छ ।
जूनमा पनि हुन्छ
दाग, हेर्ने तिम्रो नजर कस्तो?
घृणा नै पो किन गर्छौ, बरू नजर बारे
हुन्छ ।
यस्तै होला तिम्रो
माया, तिम्रो खुशी सर्वे सर्वा
विवश किन हुनु पर्यो
मल्ने जोडी नारे हुन्छ ।
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
