भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजलः फूल फुल्ने बाग खोजी

सम्प्रेषक : Unknown Sunday, June 9, 2013
Unknown
----
बिषयक्रम :



फूल फुल्ने बाग खोजी, पानी उतै पारे हुन्छ
अन्तै खुशी मिल्छ भने यता माया मारे हुन्छ ।
भोग्नै पर्ने हुन्छ यहाँ, दैव जे जे लेखि दिन्छन्
जन्मे पछि मर्ने रीत, सक्छ भने टारे हुन्छ ।
बास राख्ने दिल मेरो अति सानो देख्य भने
खुल्ला खोज्ने तिम्रो दिल, बसाँ अन्तै सारे हुन्छ ।
जूनमा पनि हुन्छ दाग, हेर्ने तिम्रो नजर कस्तो?
घृणा नै पो किन गर्छ, बरू नजर बारे हुन्छ ।
यस्तै होला तिम्रो माया, तिम्रो खुशी सर्वे सर्वा
विवश किन हुनु पर्यो मल्ने जोडी नारे हुन्छ ।
 
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com