भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कविता, सम्बन्धका साँधहरु...

सम्प्रेषक : Admin Friday, June 28, 2013
Admin
----
बिषयक्रम :


म सम्बन्धका साँधहरु चिन्न यहाँ
खोतल्दैछु हामी बीचकै सुतिहरु
साच्चै, कस्तो हुन्छ सम्बन्ध ?
किन आफैमा यति अपमानित छ ?
पवित्र सम्बन्धका दसिहरु
धुजियेकै हुन् त ?
म सोध्दै छु ! यस समाजका
प्रत्येक चेतन्सिल प्राणीहरुलाई !

किनकी, अस्ति भन्दा हिजो
हिजो भन्दा आज
हरेक अखबारका मूल पानाहरुमा
कालो ठुला-२ अक्षरले लेखिएका
बलात्कारका ब्यग्र शब्दहरुले
मन-मस्तिष्क छियाँ-छियाँ भएकाछन
बाबुले छोरीलाई, दाजुले बहिनीलाई
गिठ्ठेले छिमेकीको पाँच बर्षीय वालिकालाई
ठाउँ-२ मा सामुहिक बालात्कार
कैयौं सीताहरू बिद्यालय जाँदा
कैयौं गीताहरु ट्युसन जाँदा
कैयौं मीनाहरु पँधेरो धाउँदा
कैयौं रीताहरु घाँस-दाउरा गर्दा
बलात्कार भए, लुटिए
मानसिक रुपमा कति बिच्छिप्तिये
त्यसको त कुनै मूल्य नै छैन !
हो, छैन !
छ त केवल बेइजत !
छ त केवल पीडा !
अनि, आफै प्रति घृणा !
उनि सँग भएको त्यहि एउटा इज्यत
दोबाटोमै लुटिएपछि, धुलोसरी
कसैले किचिमिची कुल्चिदिए पछि
बाच्नुको सारनै के रह्यो र ?
म तिमीलाई यो प्रश्न गर्दैछु _
यदि तिमी उसको स्थानमा
भएको भए के गर्थ्यौँ ?

आज मान्छेमा मानवता हराएकै हो त ?
नत्र किन यसरि खुलेआम अस्तित्वको
चीर हरण हुन्थियो यहाँ ?
हे महामानव (पुरुष) !
तिमीले कस्तो आत्मा तृप्ति लिंदैछौं ?
बलजफ्ती बलात्कार गरेर
धुरु-धूर हृदये रुवाएर
बिनम्ब्रताको बेवास्ता गरेर
अनुनय-विनयमाथि ताण्डव गर्दैं
तिमी कसरि त्यो स्वार्थको ठेडी ठोक्न सक्छौं ?

कसरि बिर्स्यौं तिमीले !
कि तिम्रो जननी पनि एक-स्त्री नै थिइन !
हो, यसैले त म सोध्दै छु सबैलाई
विशुद्ध सम्बन्धका साँधहरु
धमिलिएकै हुन् त ?

सुनिता राइ
इज़रायल 

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com