भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कति मुर्ख छौ हामि नेपालको जनताहरु !

सम्प्रेषक : खांट्टी कुरा Wednesday, July 10, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
- सबै भन्दा बढी भ्रस्ट राजनैतिक दल !
- अर्थ मन्त्रीको गुरु लाइ बिना योजना करोडौ दीइयो तर बाढी पिडितले सुको पाएनन !
- एमाले पार्टीको कारणले गर्दा मैले चार बर्ष जेल बस्नु परेन !
- भारतीय बिदेस मन्त्रि लाइ भेटन पुर्ब प्रधानमन्त्री हरु तछाड मछाड गर्दै गए !
- प्रचण्डले उनका पत्नीलाई सिंगापुरमा उपचार गरौँ लगे तर उनको पार्टीको हिजोको जन मुक्ति सेनाका कमान्डर नन्द किसोर पुन गम्भीर रोगले थला पर्दा पनि बिदेस उपचार गराउन गएनन !
..
आजको समाचारको हेडलाइन ! यस्ता पनि समचार हुन्छ ? तर .....
- खै दार्चुला लगाएत अन्य जिल्लाका बाढी पीडितले राहत पाएको समचार ?-
- खै बिकास निर्माणमा भ्रस्टाचार गर्ने लाइ कारबाही गरेको समाचार ?
- खै गरिब जनतालाई औषधि उपचार वितरण गरेको समाचार ?
- खै नेपालको नेता बिदेस भ्रमणमा जाँदा त्याहाको पत्रिकामा हेडलाइन बनेको समाचार ?
- खै महंगी घटाको समाचार ?
- खै बेरोजगारी समस्या हल गरेको समाचार ?
..
बिस्व ब्यापी संस्थाले गरेको सर्बेक्षणमा सबै भन्दा बढी भ्रस्टाचारी राजनीटिका पार्टीका नेता र त्यो पार्टीका दल भनेर आज ताजा समचार बन्दा हाम्रा राजनीतिक पार्टीका नेताहरुको नुर गिरेको अहिले सम्म हामीले देख्न पाएका छैनौ ! किनभने जसको इज्जेत आमाद नै छैन,जो सधै भरि धनकै पछी दौडी राको हुन्छ, जसलाई आफ्नो पदीय हैसियत र औकातको मतलब नै थाहा छैन र ख्याल भाको भए आफ्नो इज्जत आमाद्मा बस्थे होलान ! बिदेसका बिदेस मन्त्रि भनेको रास्ट्रपति वा प्रधानमन्त्रि त पक्कै हैन होला भने यस्ता पार्टीका नेताहरुले देस बनाउछ्म ! भ्रस्टाचार गर्दैनौ ! सान्ति सुरक्षा दिन्छौ ! बेरोजगार घटाउछम भनेको अकबर राजाको देसमा उनका मन्त्रि बीरबलले पकाएको खिचडी जस्तै हो ! न बीरबल मन्त्रीले पकाएको खिचडी पाकेको छ न नेपालको नेताले बोलेका पुर्याएका छन ! कति मुर्ख छौ हामि नेपालको जनताहरु ! 'अझै पनि खिचडीको आसामा उही बिसौ हात लामो बाँसको टुप्पामा झुन्ड्याएको माटाको हण्डी हेरेर बस्दैछौ !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com