भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

भाइ मण्डले भन्ने कि नभन्ने ?

सम्प्रेषक : खांट्टी कुरा Friday, June 28, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
२०१७ साल पौषमा स्व.राजा महेन्द्रले नेपालमा पंचायत जन्माए पछी राजा महेन्द्रको सासन अबधिभर सबै प्रकारको राजनैतिक संघ संगठनमा पूर्ण प्रतिबन्ध थियो ! पन्चायतका एक हस्ती बिस्व बन्धु थापाले स्व.राजा बीरेन्द्र लाइ जाहेर गरेर संगठन खोल्न दिनु पर्छ भने अनुसार देसमा किसान, मजदुर, भू.पु.सैनिक, युवक र बिधार्थी संगठन खोलिएको हो भनेर मैले एक पटक बिस्वबन्धु थापाको अन्तर्वार्तामा पढेको थिए ! जब नेपालमा सुर्य बहादुर थापाहरु जस्ता पंचहरु सक्तिमा हावी हुँदै गए उनीहरुले ति संगठनहरुलाई गलत कार्यमा प्रयोग गर्न थाले ! जसको फलस्वरूप रास्ट्रबादी स्वतन्त्र बिधार्थी मण्डललाई स्व.राजा बीरेन्द्रले प्रतिबन्ध नै लगाउनु परेको थियो !
मण्डलको अर्थ हुन्छ घेरा, परिधि, आदि आदि ! बिधार्थीको हक हितको लागी भनेर खोलिएको संगठनलाइ आफ्नो स्वार्थ पूर्तिको लागी हिजो पुर्ब पन्चले जसरि गलत प्रयोग गरे त्यसैको सिको गर्दै २०४६ सालको आन्दोलन अघि र पछी कांग्रेस तथा माले हरुले आफ्ना बिधार्थी संगठन लाइ पनि त्यसरी नै प्रयोग गरे र अहिले सम्म गर्ने कार्य जारि नै छ ! पन्चको सिको कांग्रेस तथा एमाले ले गरे भने हाम्ले चैँ गर्न किन नहुने भन्दै २०५१/५२ पछी जन्मेका माओबादी तथा मदेसबादी दलहरुले समेत बिधार्थी हरुलाइ जम्मा गरेर बिभिन्न संगठनको नाम दिंदै आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न छोडेका छैनन ! विधार्थीलाई त बलिको बोको बनाए बनाए तर युवक, मजदुर लाइ समेत परिषद, संघ, संगठन, लिग के के हो के के नाम राखेर भिडन्तको लागि तम्तयार पारेर राखेका छन !
..
हिजो पन्चेतकालमा आफु माथि प्रयोग हुँदा मण्डले भनेर कुर्लिने हरुले आज निला, राता, हरिया, छिर्केमिर्के हुल्याहाको दस्ता तयार पार्ने लाइ चैँ के भनेर नाम राख्ने ? हिजो चैँ ति मण्डलेलाइ गुण्डाको फौज भन्ने अनि अहिलेको विभिन्न रंगधारी लाइ चैँ के भन्ने ? अब यीनिहरुलाइ भाइ मण्डले भन्ने कि नभन्ने ? मण्डले कै फौज भए पनि मण्डलेका नाइके ले देसमा उधोग धन्दा कल कारखाना खोलेका थिए तर नया भाइ मण्डलेहरुले ति पुरानाले खोलेका उधोग धन्दा कलकारखाना जीवित राख्न दिए ? बिदेसिका राता किताबमा लेखेको “पुराना भत्काउ र नया संरचना निर्माण गर” भनेर घोकेका थियौ र घोक्न लगायौ ! ध्वस्त त बनायौ तर २४ बर्षमा नयाँ संरचना चैँ के के निर्माण गरेर देखायौ छातीमा हात राखेर भन त ये भाइ मण्डलेका नाइके हरु ?


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com