भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

फरक कथा तर एकै छ ब्यथा !

सम्प्रेषक : खांट्टी कुरा Saturday, June 1, 2013
खांट्टी कुरा
----
निरङ्कुश भुटानी सासक जिग्मे वान्ग्चुंक सरकारको कोपभाजनमा परेर Samdrupjhonkhar Distric,dalim
खगेन घिमिरे
Block Dampha गाउँमा 1981 nov 11 मा जन्मिनु भएको लाखौ लाख अन्य सरणार्थी  को हुल संगै खगेन घिमिरेज्यु आमा, बाबा, दाज्यु भाइ सहितको सिंगो परिवार 1990 मा झापा जिलाको बेलडाँगी सिविरमा सरणार्थीको रुपमा आउनु भएको रैछ ! १९ बर्ष सरणार्थी सिविरमा बस्दा पनि नेपाल सरकारले सरणार्थीहरु लाइ भुटान फर्काउने कुनै पहल नगरे पछी हार मानेर उहा सन् २००९ मा ३ दाज्यु भाइ र आमा बा सहित अमेरिका छिर्नु भाको रैछ ! उहाको १ जना दाज्यु नेपालमा र १ जाना हाल पनि भुटानमै बस्नु हुन्छरे !

मेरो भेट उहा सित सामाजिक संजाल फेसबुक मै भाको हो ! हामि बिच केहि भला कुसारी पछी मैले उहाँको बारेमा जान्ने इक्षा राख्दा उहाले आफ्नो बारेमा छोटो तरिकाले भन्नु भयो ! कुरै कुरैमा एक दिन उहाले नेपालको ब्यबस्था देखेर दिक्क मान्दै भन्नु भो हाम्रो बारेमा नेपालको सरकारले कुनै पहल गरेन ! बाध्य भएर अमेरिका छिर्नु पर्यो !

जति बेला घिमिरे परिवार सहित लाखौ नेपाली सरणार्थीको रुपमा नेपाल पसेको थियो त्यतिखेर नेपालमा भर्खर प्रजातन्त्रको आगमन भएको थियो ! २०४८ सालमा आम निर्वाचन भएर नेपाली कांग्रेसले बहुमतको सरकार बनायो त्यो पछी कति सरकार बने जुन गनी साध्य छैन ! वार्ता भन्दै पटक पटक भुटान सित वार्ता पनि नभएको काहा हो र तर त्यो सब हातिको दांत जस्तो थियो देखाउने एउटा र चपाउने अर्को भनेको जस्तो !
भारत बिस्वकै ठुलो प्रजातान्त्रिक देस भनेर चिनिन्छ ! भुटान बाट नेपाल आउन भारतको भुमि प्रयोग गर्नु पर्दछ ! हिजो पंचायती ब्यबस्था नेपालमा लागु हुन्जेल सम्म कुनै समस्या नभएको बिषयमा एकाएक नेपालमा प्रजातन्त्र आए पछी अनेक निउ झिकेर भुटान बाट नेपाली खेदिनु तर त्यसमा भारतले एक सब्द पनि नबोल्नु रहस्य कै बिषय छ !

घिमिरे ज्यु सपरिवार नेपाल आउनु भो ! समय र परिबन्दले आज उहाको परिवार अमेरिका बसाइ सर्न पुगेको छ ! आज पनि उहा झल्झल आफ्नो माटो सम्झिनु हुन्छ ! त्यो डांडा, काँडा भिर पखेरा अनि साथि भाइ संग बिताएको त्यो पल सम्झेर उहा अहिले पनि अत्यन्त मर्माहत हुनुहुन्छरे ! उहाँ संग भएको नेपाली क्यालेन्डरले घडी. तिथि, पला अनि चाडपर्व सब देखाउछ ! आज उहा संग भौतिक सुबिधा त सबै छ तर आत्मिक सुबिधा चैँ छैनरे ! जब चाडबाड आउछ उहाको बाबा आमा लगाएत परिवारको मुहार कहिले पनि हसिलो देखिदैन ! होस पनि कसरि ? हामि नेपालीहरु भनेको संस्कृति र चाडपर्वमा संसारकै धनि ! के गर्ने मित्र गलत राजनीति र कुटनीतिको चंगुलमा पसेर तपाइँहरुले जुन कस्ट भोग्नु र देख्नु भो त्यो भन्दा बढ्ता कस्ट अहिले नेपालीहरुले भोग्दैछन ! तपाईहरुको देश भुटानमा प्रजातन्त्रको आवाज उठाउने तपाईहरुको नेता टेकनाथ रिजालको कारणले गर्दा लाखौ नेपाली भुटान बाट निकालिए तर हामीले ता त्यहि भारतीय नेताहरुको सहयोगमा ल्याएको प्रजातन्त्र पाएर पनि देस भित्रै अबैध सरणार्थीझैँ भाको छौ ! कथा उस्तै नभए पनि तापाई हामीहरुको ब्यथा चैँ उस्तै प्रकृतिको छ नि हैन र ?
,,
(श्री खगेन घिमिरे सितको कुराकानीमा आधारित)
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com