हरि मानन्धर “विवश”
एक जना
हाम्रा गाउँका भाइ थिए । बाबुआमाको
गरिवीका कारण सानै उमेरदेखि पढ्न छाडेर अर्काकोमा काम गरेर हिड्थे । साना छँदा
लाहुर जा भन्न सकेनन् बाबुआमाले । अलि ठूलो भएपछि भारतको दिल्लीतिर पठाउने निधो
गरे । गाउँघरतिर मङ्सिरमा धान थन्क्याएर सकेपछि काम नहुने । यत्तिकै खाली बसिरहँदा
काम नहुने र कमाइ नहुने समस्याले पिरोलिन्थे । यस्तै यस्तै सोच्दा सोच्दै बैसाख
लाग्यो बारिमा मकै छरिए । विस्तारै टुसा पलाउँदै गयो ।
गाउँमा एक
जना गाउँकै दिल्लीतिर काम गर्ने दाइ छुट्टिबाट आएका थिए । उनको फर्कने समय मिलाएर
उसैको साथमा दिल्ली पठाइए । दिल्ली पुगेर खै कहाँ काम गरे । सानै उमेरका लगभग १३, १४ का जति
उनि विचरा लाहुरमा के काम गर्न सक्थे र !
करीव ३
महिनापछि साउनको महिनातिर काम गर्न नसक्ने भएपछि उनलाइ कामबाट निकालिदिएछन् ।
समयले साथ दिएको भन्नुपर्छ ठीक त्यहि समयमा गाउँकै अर्का दाइ नेपाल छुट्टि आउदै
रहेछन् । ती साना भाइ पनि उनैसँग साथमा
फर्के ।
जब गाउँमा
आए करिव ३ महिनाको विछोडमै व्यकुल बनेका केहि दिन यसै खुशी खुशी विताए । गाउँमा
उहि गरिवीका पीडा छदैथियो कति दिन काम नगरेर बस्न सकिन्थ्यो र !
जसोतसो काम त गर्नै पर्यो ।
यस्तैमा एकदिन
आमाले उनलाई लिएर बारीमा कोदो रोप्न लगेछन् । बारीमा पुग्नासाथ अग्लो
आफैले रोपेर छाडेर गएको मकैको रूखलाइ यसो भनेछन् "आमा ए लम्बा लम्बा पात क्या
है?"
यो लघुकथा मेरै गाउँघरतिरको भनाइमा आधारित छ ।