भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दिन दसा लागोस कांग्रेस नलागोस !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, June 18, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
पंचायती कालमा जनकपुरमा द्वारिका बहादुर श्रेष्ठ नाम गरेका प्रहरी उपरीक्षक (एस.पी.) हुनुहुन्थ्यो ! त्यो बेलामा तराइका जिल्लामा प्रहरी नायव उपरीक्षक (डी.एस.पी.) र पहाडी जिल्लामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जाले जिल्ला प्रहरी प्रमुख भए नेतृत्व गर्थे भने उपरीक्षक (एस.पी.) ले अन्चल प्रहरी प्रमुख भएर काम गर्ने गर्दथे !

२०३९/४० साल तिर भारत बिहार राज्यको सीतामढी जिल्लाको प्रहरी प्रमुख जनकपुरको प्रसिद्ध  जानकी माताको दर्शन गर्न आएका थिए ! अनुमति नलिईकन एक देसका प्रहरी अर्को देसमा जान नपाउने चलन थियो ! जनकपुरको जिरो माइलमा ट्राफिक प्रहरी कार्यालय थियो र ट्राफिक को नेतृत्व प्रहरी नायव निरीक्षक (स.इ) दर्जाकाले गर्ने गर्दथे ! सवारी चेक जाँचको सिलसिलामा सीतामढी जिल्लाको प्रहरी प्रमुखको सवारीले ट्राफिक नियम उलंघन गरेको रैछ ! ट्राफिक प्रहरीको इन्चार्ज बडो दोधारमा परेछ ! कर्तब्य ठुलो भन्ने बोध भएर होला जरिवाना तिर्नुस भनेर भनेछन ! भारतीय पुलिस न परे किन तिर्थे ! वादविवाद भयो र तालुक निकायमा खबर भयो ! प्रहरी उपरीक्षक द्वारिका कडा तथा खरो मिजासका ! ऐन नियम कानुनमा कसैलाई पनि नछोड्ने ! आए र भने तपाइले गल्ति गर्नु भएको छ जरिवाना तिर्नुस ! प्रहरी भए पछी नियमको पालना गर्नु पर्दैन भनेर नियमानुसार जरिवाना पुर्जी थमाई दिए ! भारतीय पक्षका लाइ पनि थाहा थियो प्रहरी उपरीक्षक द्वारिकाको बानि व्यहोराको बारेमा !
जनकपुरको प्रसिद्ध  जानकी माताको मन्दिर परिसर अत्यन्तै अतिक्रमण भएको थियो ! हटाउन लाइ धेरै कोसिस गर्दा पनि कसैको बस चलेको थियन ! तिनै प्रहरी उपरीक्षक द्वारिका बहादुर श्रेष्ठले पहिला सम्झाई बुझाइ गरे ! मानेनन आफै डोजर लिएर गएर मन्दिर परिसर खालि गराई दिए ! त्यहि भएर आज पनि प्रहरी उपरीक्षक द्वारिका बहादुर श्रेष्ठलाइ त्याहाका पुराना रैथानेले भगवान सरह मान्छन !
प्रहरी त आज पनि छ नेपालमा र सदियौ सम्म रहनेछ ! प्रहरीको काम भनेको समाजमा सान्ति सुरक्षा कायम गर्नु हो ! हिजो पंचायतकालमा गल्ति गर्ने जो सुकै होस झ्यालखानामा जाकिन बेर लाउदैंन थिए ! पुर्ब प्रहरी प्रमुख आइ.जी.पी.दिल बहादुर लामा होस वा सेनाका कर्नेल भरत गुरंग, मन्त्रि हुन वा माननीय धेरै उच्च व्यक्तिहरु पंचायतकालमा नै भ्रस्टाचार काण्डमा जेल परेका थिए !
प्रजातन्त्र आयो कांग्रेसले बहुमतको सरकार त बनायो त्यस पछी सुरु भयो देशमा भाडभैलो ! पहिलो निसाना प्रहरी, त्यस पछी उधोग धन्दा कलकारखाना सब तहसनहस ! २०५६ पछी सक्कल बमोजिम नक्कल एमालेले गर्यो र अहिले माओबादी लगाएत अन्य पार्टीले गर्दैछ ! उहिले बुढापाकाले भन्थे साँच्चै हो क झुट्ठा सुनेको कुरा सराप्न पर्यो भने “तेरो घरमा कांग्रेस पसोस” भन्थेरे ! बच्चामा हामीले सुनेको कुरालाई सांच्चिक्कै ब्यबहारमा लागु गरेर देखाए पछी त्यो कुरालाई पत्याउने कि नपत्याउने ? उहिले घरा पसेको कांग्रेसले अहिले पुरै देसमा पसेर देसलै तहस नहस पारे ! एमाले लगाएत अरु पार्टी त दुधको साछी बिरालो न हुन त्यसैले दिन दसा लागोस कांग्रेस नलागोस भनेर भनेका रैछन !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com