हिजोआज सामाजीक संजाल फेसबुकमा केहि युवाहरुले विभिन्न पार्टी, संघ संस्था
तथा पुर्व राजाको नाउँमा बग्रेल्ती पानाहरु खोलेको भेटिन्छ ! त्यस्तै हाल छ
ग्रुप पेज बनाउनेको पनि ! किन र के को लागि खोलिए त्यो पेज ? पार्टीको
नाउँमा खोलिने पेज होस वा व्यक्तिको नाउँमा खोलिने पेज होस एउटा पो हुनु
पर्दछ ! सिनेमाको कलाकार को नाउँमा खोल्या जस्तै गरि बग्रेल्ती त्यस्ता पेज
खोल्नुको के औचित्य छ ! ज्यादै तल्लो स्तरमा ओर्लेर घटिया सब्द बाण प्रहर
गर्दा रैछन ! स्लील अस्लिलको ख्याल गरिदैन गाँठे !
आज भन्दा २३ बर्ष अगाडी यस धर्तीमा जन्मेको एउटा मुन्छी जसको पेज बाट थाहा भो उनि कम्प्युटर लिएर पढेको रैछन !
नाम रास्ट्रबादीरे ! पुर्व राजाको भजन गाउँदै रा.प्र.पा.नेपाल माथि जोडदार प्रहार गर्दै
'मण्डले रे'
भनेर कमल थापा लाइ भनेछन ! तिनकै सब्द पैचो लिएर भन्ने हो भने कमल थापा
मण्डले भए पछी पुर्व राजा लाइ चैँ के भन्ने ता ? पार्टी जन्माको मिति देखि
आजको मिति सम्म रा.प्र.पा.नेपालको अध्यक्ष कमल थापाले
'राजा साहित्को प्रजातन्त्र र हिन्दु रास्ट्र' भन्ने माग छोडेका छैनन भने ति २३ बर्षे भुरा लाइ
'मण्डले' को अर्थ कसले बुझाइ देला ?
त्यस्तै
पार्टीको नाउँमा खोलिएको पेज हर पनि बग्रेल्ती छन ! तेरो पार्टी हैन मेरो
पार्टी राम्रो ! अलाना पार्टीलाई भोट दिनुस आदि ! जातीयताको नाउँमा खोलिएको
पेजको ता झन् कुरै नगरौ ! कोहि अमेरिका, कोहि यु.के.जर्मनी आदि पश्चिमा
रास्ट्रमा भने पेज चलाउने चैँ खाडीमा बसेर ! हो हो भनेर सहि थाप्नुस तपाइँ
राम्रो तर तर्क दिएर कुरा गर्यो भने नेवारको छोरालाइ
'त पनि अपुंगोको पछी लाग्ने' भन्छन ! यो पंक्तिकारले भोगेको कुरा ! गाईको मुत खानेरे के के हो के ! अगाडी भेटेता जनावरको छाला काढ़ेझैँ गर्छु भन्ने भान पार्ने !
फेसबुकका
आबिस्कारक मार्क जुकर बर्गले फेसबुक बनाइ देको यस्तै यस्तै नाच्चाहिने
कामको लागि हो र ? राजाबादिको पेज मात्रै गन्ने हो भने १०० भन्दा माथि होला
! पार्टीको पनि त्यस्तै छ भने यस्तो वाहियात काम गरेर किन मिलेर बसेको
समाजमा बिष घोल्नु हुन्छ ? यदि केहि गरि भोली पुर्व राजा सत्तामा फर्किए
भने पनि पुर्व राजाको लागि सबै जनता बराबर नै हो भने पार्टीको पनि त्यस्तै
हो क्यार ! त्यसैले यस्ता वाहियात काम गरेर मिलेर बसेको समाजमा बिष
नघोल्नुस भन्ने मेरो आग्रह मात्र हो !