
नेप्सटाईम शोसायटीद्वारा आयोजित उत्कृष्ट १० निबन्धको नतिजा सार्वजनिक
नेपाल पर्यटन बर्ष २०११ लाई हङकङमा प्रवर्द्धन गर्ने उदेश्यले नेप्सटाइम शोसायटीले हङकङ सबै आठ विश्वविद्यालय र ती अर्न्तगतका कलेजहरुलाई समेटेर “ल्याण्ड अफ एभरेष्ट” शिर्षकमा सञ्चालन गरेको अन्तर विश्वविद्यालय स्तरीय नेपाल निबन्ध प्रतियोगिताको उत्कृष्ट १० निबन्धको नतिजा प्रकाशित गरेको छ। अग्रेंजी र चिनिया भाषामा नेपालको इतिहास, भूगोल, प्राकृतिक सुन्दरता, कला र सँस्कृतिलाई समेटेर गैर नेपाली विद्यार्थीबीच गरिएको निबन्ध प्रतियोगिताको नतिजा यस प्रकार छ ;
०१ ची यु यीयङ्ग एलेक्स — हङकङ विश्वविद्यालय
०२ चेयङ्ग हेङ्ग कान — हङकङ विश्वविद्यालय
०३ डोन्गर पेङ्ग — चिनिया विश्वविद्यालय हङकङ
०४ जिडियन चान — चिनिया विश्वविद्यालय हङकङ
०५ ईना कुओक फाइ — हङकङ पोलिटेक्नीक विश्वविद्यालय
०६ का यान की — चिनिया विश्वविद्यालय हङकङ
०७ उन लिङ्ग चाङ्ग — चिनिया विश्वविद्यालय हङकङ
०८ सिउ चुङ्ग योङ्ग — चिनिया विश्वविद्यालय हङकङ
०९ युएन वाइ किट — चिनिया विश्वविद्यालय हङकङ
१० युएन ई कुङ्ग — हङकङ विश्वविद्यालय
नेपाल विशेषज्ञ डा. जोन हेप्टनको नेतृत्वमा सिन्डी चोङ्ग, मारिया सिउमाइ ताम, टिफ्फानी मा र किरण शाक्य सदस्य रहेको निर्णायक टोलीले उत्कृष्ट १० निबन्ध छनौट गरेको थियो।
यही अगष्ट १४ तारिखका दिन याउ मा तेइ कम्युनिटी हलमा पुरस्कार वितरण तथा नेपाली साँस्कृतिक समारोहमा उत्कृष्ट १० निबन्ध मध्येबाट एक सर्वोउत्कृष्ट घोषणा गरी पुरस्कृत गरिने कार्यक्रम भएको आयोजक बताउँछन्। विजयी विद्यार्थीले ६ दिन ५ रातको नेपाल भ्रमणमा काठमाण्डौं, पोखरा, नगरकोट घुमेर माउन्टेन फ्लाइटको मज्जा लिन सक्नेछन्।
यस प्रकारको प्रतियोगिताले विश्वविद्यालय जस्तो बौद्धिक क्षेत्रमा नेपाल सम्बन्धी चर्चा परिचर्चा बढेको र चिनिया विद्यार्थी वीच नेपाल बारेमा रुची बढाउन सहयोग पुगेको नेप्सटाईम शोसायटीको धारणा रहेको छ । नेपालको अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको प्रवर्धन गर्नका लागि आयोजना गरिएको यस निबन्ध प्रतियोगिताको पुरस्कार बितरण तथा नेपाली सांस्कृतिक महोत्सव यहि अगष्ट महिनाको १४ तारीख आईतबारका दिन याउमातेई स्थित हेनरी जी लङ कम्युनिटी सेन्टरमा सांझ ०५:३० बजे हुने भएकोले सम्पूर्ण हङकङबासी नेपालीहरूलाई उक्त अवसरमा उपश्थित भै कार्यक्रम भव्यरूपमा सफल पार्नहुन सादर अनुरोध पनि शोसायटी तर्फबाट गरिएको छ ।




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
