गजल
तिमै निम्ति सोमबारे बर्त गरे साउनमा
तिमै मधुर गुनगुनले मन भरे साउनमासप्त रङ्ग इन्द्रेणीझै सजाउँदै रहरहरू
तिमै यादमा म त बर्षा बनी झरे साउनमा
चन्द्रमालाइ एकोहोरो हेरिरहने चकोर भै
तिम्रै रूप-रङ्ग देखि दङ्गै परेँ साउनमा
बादलभित्र तारा लुके, ताराभित्र हाम्रो माया
मल्मल्किरी जुनकिरीले प्रकाश छरे साउनमा
उराठिलो जीवनमा वसन्तका फूल सार्दै
ओइलिएका मुनाहरु फेरि सरे साउनमा




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
