भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : भगवती वस्नेत Monday, August 1, 2011
भगवती वस्नेत
----
बिषयक्रम :
गजल



तिमै निम्ति सोमबारे बर्त गरे साउनमा
तिमै मधुर गुनगुनले मन भरे साउनमा


सप्त रङ्ग इन्द्रेणीझै सजाउँदै रहरहरू
तिमै यादमा म त बर्षा बनी झरे साउनमा



चन्द्रमालाइ एकोहोरो हेरिरहने चकोर भै
तिम्रै रूप-रङ्ग देखि दङ्गै परेँ साउनमा


बादलभित्र तारा लुके, ताराभित्र हाम्रो माया
मल्मल्किरी जुनकिरीले प्रकाश छरे साउनमा


उराठिलो जीवनमा वसन्तका फूल सार्दै
ओइलिएका मुनाहरु फेरि सरे साउनमा







.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com