भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दार्जीलिङका मोक्तान र ठकुरीलाई त्रिमूर्ति पुरस्कार

सम्प्रेषक : दिप्स शाह Tuesday, August 2, 2011
दिप्स शाह
----
बिषयक्रम :


दार्जीलिङका मोक्तान र ठकुरीलाई त्रिमूर्ति पुरस्कार

Kathmandu, Nepal : Aug 2

त्रिमूर्ति निकेतनले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि साडे छ दशकअघिदेखि क्रियाशील भई विशिष्ट योगदान गर्नुहुने भारत दार्जीलिङका श्री कृष्णसिंह मोक्तानलाई 'त्रिमूर्ति पुरस्कार' अर्पण गर्ने निर्णय गरेको छ ।
यसैगरी झन्नै पाँच दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित भई विशिष्ट योगदान गर्नुहुने भारत दार्जीलिङकै श्री मोहन ठकुरीलाई पनि 'त्रिमूर्ति पुरस्कार' अर्पण गर्ने निर्णय गरेको छ ।
जनही पच्चीस हजार रुपियाँ राशि र ताम्रपत्रसहितको 'त्रिमूर्ति पुरस्कार' आगामी भदौ ११ गते सातौं त्रिमूर्ति दिवसका अवसरमा राजधानी काठमाडौंमा प्रदान गरिने छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न निकेतनको साधारणसभाले सो निर्णय गरेको हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन
-----
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com