गजल by Deeps Shah
(घायलको तरही मुसायरामा आधारित)
पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
जून हेरी वाचा कसम खुवाएको पाप लाग्ला
तिमीसँगै यो ओठको हाँसो पनि उतै गयो
लाली बनी केही क्षणलाई सुहाएको पाप लाग्ला
हाँगापात लछारेर जानुरैछ मोडिएर
कोपिलामै फूलको डाली नुवाएको पाप लाग्ला
तिमी गयौ जिन्दगीको जून मेरो डुबी गयो
अँधेरीमा आँशुधारा चुहाएको पाप लाग्ला




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
