ब्लग चौतारी
साहित्यिक खबर
ब्लगिङ/ डायरी
पछिल्ला ब्लग पोस्टहरु :
-जनकमान डंगोल/janakdangol@gmail.com
अंग्रेज
हुन्जेल सम्म भारतमा केहि स्थानमा राजतन्त्र कायमै थियो । अंग्रेजले भारत
छोडेर गए पछी सन १९४७ अगस्त १४ को मध्य रात भारत अंग्रेजको पन्जाबाट मुक्त
भएर स्वतन्त्र भारत भयो र उक्त घोषणा गर्ने स्वतन्त्र भारतको पहिलो
प्रधानमन्त्री जवाहरलाल नेहरु थिए । गणतन्त्र घोषणा भएसी त्यस पश्चात
राजतन्त्र हुने कुरा नै भएन तर सन १९४७ अगस्ट १५ मा भारत र पाकिस्तानको
विभाजन हुँदा हिजो अंग्रेजलाई साक्षी राखेर गान्धी तथा नेहरु तथा सर्दार
पटेलको जोडीले मुसलमानहरुको लागी पाकिस्तान अनि हिन्दुहरुको लागी
हिन्दुस्थान भनेर बिभाजन गरेका थिए तर त्यो कुरा अहिले माथिका पार्टीहरुले
बुझेर पनि बुझ पचौदैछ्न । अस्ति २०१५ फरवरी ६ मा दिल्ली बिधान सभा चुनावमा
भा.ज.पा लाई हराउन माथि उल्लेखित सबै पार्टीहरु एक भएर कम्मर कसेर लागेका
थिए ।
आज २०१४ फरवरी १४ तारिखको दिनमा आम आदमी पार्टीका मुखिया अरविन्द केजरिवालले दिल्लीको मुख्य मन्त्री पदको सपथ लिए । अस्ति फरवरी १० तारिखका दिन अबको दोश्रो चरणको बिधान सभा निर्वाचनमा 'बिहार लक्ष्य' भनेर घोषणा गरेका आम आदमी पार्टीको स्वर बिस्तारै बदलिंदै गएको छ ।
अबको केहि साल पछी बिहारमा बिधान सभाको चुनाव हुँदैछ र त्यो चुनावमा 'आम आदमी पार्टी' अहिलेकै लोकप्रियता लाई कायम राखेर बिहार बिधान सभाको निर्वाचनमा उठ्यो भने माथिका पार्टीहरुको सर्मनाक हार हुन सक्छ । राजनीतिमा सत्रु मित्रु हुन्न भन्ने भनाईलाई आत्मसात राख्दै आज मुख्य मन्त्री अरविन्द केजरिवालले हिजोको आफ्नो भनाईबाट पछी हट्दै हाम्रो अबको ध्यान भनेको दिल्लीको बिकासको लागी मात्र हो र दिल्ली बाहेक अन्यत्र चुनाव लडने पार्टीको कुनै योजना छैन भनेर पद तथा गोपनियताको सपथको समयमा बताउनुको मतलब हो हिजो निर्वाचनको समयमा आफ्नो पार्टीलाई दिएको नैतिक समर्थन भनेर बुझ्नु पर्दछ ।
दिल्ली प्रदेस भारतको केन्द्रिय राजधानी हो । दिल्लीमा उत्तर प्रदेस देखि बिहार प्रदेसबाट रोजगार गर्न आउने मध्यम तथा गरिब तप्काका लाखौ नागरिकहरु छन । दिल्ली प्रदेशको मुख्य मुख्य सहरहरुमा यस्तै तप्काका असंख्य बसोबास छ ।
पंक्तिकारको घर नेपालको मध्य क्षेत्र अन्तर्गत राजधानी संगै जोडिएको जिल्ला मकवानपुरमा पर्दछ भने मकवानपुर औधोगिक जिल्ला पनि हो । पंक्तिकारको गृह जिल्लामा सिमाना पारि भारत बिहारका थुप्रै नागरिकहरु रोजगार गर्न आएका छन । ति बिहारी नागरिकहरु संग कुराकानीको सिलसिलामा राजनीतिक कुरा गर्ने हो भने धेरैले लालु यादबको राजद, सरद यादबको जद्यु देखि भाजपा मा आफ्नो बिस्वास रहेको कुराहरु ब्यक्त गर्ने गर्दछन भने यस्ता गरिब तप्काका नागरिकहरु प्राय सबै हिन्दु धर्म देखि ईस्लाम धर्म मान्ने तप्काका छन ।
गरिबलाई जसले बिकास र रोजगार देखि सान्ति सुरक्षा दिन्छन आफ्नो अमुल्य भोट पनि तिनै पार्टीलाई दिन्छन । आम आदमी पार्टिले बिकास, रोजगार र सुशासनको नारा दिएको हुनाले नै अत्याधिक मतले बिजयी भएको हो र यहि बिजयीको खबर देस बिदेसमा फैलिएको हो ।
मैले माथि उल्लेख गरेका राजनीति पार्टीहरुले छिमेकी बिहार तथा उत्तर प्रदेशमा पालैपालो सासन चलाएको पार्टीहरु हुन र यी राजनीतिक पार्टीहरुले आफ्नो फाइदाको लागी धर्म र जातिको नाउँमा जनता लडाउने काम गर्छन भनेर समय समयमा बिभिन्न पत्रपत्रिकाहरुले खबर बनाएर छाप्ने गरेका छन । कुरा एक हद सम्म सत्य पनि हो र जनतालाई एक आपसमा नलडाए सम्म आफ्नो राजनीतिको पसल संचालन गर्न यी पार्टीहरुलाई कठिन हुन्छ ।
भारतीय जनता पार्टी अहिले हिन्दुस्थान भनिने भारतको सबै भन्दा ठुलो रास्ट्रिय पार्टी बनेर छाएको छ । हिन्दु धर्मको कडा वकालत गर्ने करोडौ करोड हिन्दुहरु बस्ने देसमा यहि रफ्तारले भारतीय जनता पार्टी चम्क्यो भने अन्य राजनीतिक पार्टीको राजनीतिक अस्तित्व नै सखाप हुने पक्का देखिन्छ ।
मर्नु भन्दा बहुलाउनु निको भन्ने उखानलाई आत्मसात गर्दै भर्खरै हिरा बनेर चम्किदै गरेको आम आदमी पार्टी मार्फत भारतीय जनता पार्टीको तेजलाई मत्थर गर्न भनेर नै यी सबै पार्टी मिलेर दिल्ली बिधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई एक मतले समर्थन गरेका हुन ।
यी पार्टीहरुले आम आदमी पार्टीलाई समर्थन नगर्ने हो भने बितेको साल उत्तर प्रदेशमा जताततै बहीनजी को पार्टी अर्थात हाती मार्का बहुजन समाज पार्टी छाएको थियो तर सत्ताको मदले जनतालाई वास्ता नगरेको कारणले गर्दा आज बहुजन समाज पार्टी यु.पीमा थोरै संख्यामा खुम्चिनु परेको छ भने दिल्ली बिधान सभामा एक सिट पनि जित्न नसकेको कारणले गर्दा मायावतीको बहुजन समाज पार्टी अब रास्ट्रिय पार्टी नभएर पहिलाकै जस्तै क्षेत्रीय पार्टी बनि सक्यो । निर्वाचन आयोगले बहुजन समाजबादी पार्टी रास्ट्रिय पार्टी नभएको भनेर घोषणा गर्न मात्र बाँकी छ ।
'२०७१ फाल्गुण ५ गते मंगलवार हेटौडा टुडे दैनिकमा प्रकाशित'
सोनिया
गान्धीको भारतीय कांग्रेस, बिहारको लालु यादबको पार्टी रास्ट्रिय जनता दल,
बिहारकै सरद यादब, नितिस कुमारहरुको पार्टी जनता दल युनाईटेड, उत्तर
प्रदेशको मुलायम शिंह यादबको समाजबादी दल, उत्तर प्रदेसकै बहनजी भनिने
मायावतीको बहुजन समाज पार्टी देखि विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरु,
यी सबै धर्म निरपेक्षको कडा वकालत गर्दै भारतीय जनता पार्टीको मात्र बिरोध
गर्ने कट्टर बिरोधि पार्टीहरु हुन । भारतीय जनता पार्टीले हिन्दु धर्मको
रक्षार्थ आवाज उठाएको भएर नै माथिका ति पार्टीहरुले न्वारान देखिको बल
निकालेर भारतीय जनता पार्टीको कडा बिरोध गर्ने गर्छन ।
आज २०१४ फरवरी १४ तारिखको दिनमा आम आदमी पार्टीका मुखिया अरविन्द केजरिवालले दिल्लीको मुख्य मन्त्री पदको सपथ लिए । अस्ति फरवरी १० तारिखका दिन अबको दोश्रो चरणको बिधान सभा निर्वाचनमा 'बिहार लक्ष्य' भनेर घोषणा गरेका आम आदमी पार्टीको स्वर बिस्तारै बदलिंदै गएको छ ।
अबको केहि साल पछी बिहारमा बिधान सभाको चुनाव हुँदैछ र त्यो चुनावमा 'आम आदमी पार्टी' अहिलेकै लोकप्रियता लाई कायम राखेर बिहार बिधान सभाको निर्वाचनमा उठ्यो भने माथिका पार्टीहरुको सर्मनाक हार हुन सक्छ । राजनीतिमा सत्रु मित्रु हुन्न भन्ने भनाईलाई आत्मसात राख्दै आज मुख्य मन्त्री अरविन्द केजरिवालले हिजोको आफ्नो भनाईबाट पछी हट्दै हाम्रो अबको ध्यान भनेको दिल्लीको बिकासको लागी मात्र हो र दिल्ली बाहेक अन्यत्र चुनाव लडने पार्टीको कुनै योजना छैन भनेर पद तथा गोपनियताको सपथको समयमा बताउनुको मतलब हो हिजो निर्वाचनको समयमा आफ्नो पार्टीलाई दिएको नैतिक समर्थन भनेर बुझ्नु पर्दछ ।
दिल्ली प्रदेस भारतको केन्द्रिय राजधानी हो । दिल्लीमा उत्तर प्रदेस देखि बिहार प्रदेसबाट रोजगार गर्न आउने मध्यम तथा गरिब तप्काका लाखौ नागरिकहरु छन । दिल्ली प्रदेशको मुख्य मुख्य सहरहरुमा यस्तै तप्काका असंख्य बसोबास छ ।
पंक्तिकारको घर नेपालको मध्य क्षेत्र अन्तर्गत राजधानी संगै जोडिएको जिल्ला मकवानपुरमा पर्दछ भने मकवानपुर औधोगिक जिल्ला पनि हो । पंक्तिकारको गृह जिल्लामा सिमाना पारि भारत बिहारका थुप्रै नागरिकहरु रोजगार गर्न आएका छन । ति बिहारी नागरिकहरु संग कुराकानीको सिलसिलामा राजनीतिक कुरा गर्ने हो भने धेरैले लालु यादबको राजद, सरद यादबको जद्यु देखि भाजपा मा आफ्नो बिस्वास रहेको कुराहरु ब्यक्त गर्ने गर्दछन भने यस्ता गरिब तप्काका नागरिकहरु प्राय सबै हिन्दु धर्म देखि ईस्लाम धर्म मान्ने तप्काका छन ।
गरिबलाई जसले बिकास र रोजगार देखि सान्ति सुरक्षा दिन्छन आफ्नो अमुल्य भोट पनि तिनै पार्टीलाई दिन्छन । आम आदमी पार्टिले बिकास, रोजगार र सुशासनको नारा दिएको हुनाले नै अत्याधिक मतले बिजयी भएको हो र यहि बिजयीको खबर देस बिदेसमा फैलिएको हो ।
मैले माथि उल्लेख गरेका राजनीति पार्टीहरुले छिमेकी बिहार तथा उत्तर प्रदेशमा पालैपालो सासन चलाएको पार्टीहरु हुन र यी राजनीतिक पार्टीहरुले आफ्नो फाइदाको लागी धर्म र जातिको नाउँमा जनता लडाउने काम गर्छन भनेर समय समयमा बिभिन्न पत्रपत्रिकाहरुले खबर बनाएर छाप्ने गरेका छन । कुरा एक हद सम्म सत्य पनि हो र जनतालाई एक आपसमा नलडाए सम्म आफ्नो राजनीतिको पसल संचालन गर्न यी पार्टीहरुलाई कठिन हुन्छ ।
भारतीय जनता पार्टी अहिले हिन्दुस्थान भनिने भारतको सबै भन्दा ठुलो रास्ट्रिय पार्टी बनेर छाएको छ । हिन्दु धर्मको कडा वकालत गर्ने करोडौ करोड हिन्दुहरु बस्ने देसमा यहि रफ्तारले भारतीय जनता पार्टी चम्क्यो भने अन्य राजनीतिक पार्टीको राजनीतिक अस्तित्व नै सखाप हुने पक्का देखिन्छ ।
मर्नु भन्दा बहुलाउनु निको भन्ने उखानलाई आत्मसात गर्दै भर्खरै हिरा बनेर चम्किदै गरेको आम आदमी पार्टी मार्फत भारतीय जनता पार्टीको तेजलाई मत्थर गर्न भनेर नै यी सबै पार्टी मिलेर दिल्ली बिधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई एक मतले समर्थन गरेका हुन ।
यी पार्टीहरुले आम आदमी पार्टीलाई समर्थन नगर्ने हो भने बितेको साल उत्तर प्रदेशमा जताततै बहीनजी को पार्टी अर्थात हाती मार्का बहुजन समाज पार्टी छाएको थियो तर सत्ताको मदले जनतालाई वास्ता नगरेको कारणले गर्दा आज बहुजन समाज पार्टी यु.पीमा थोरै संख्यामा खुम्चिनु परेको छ भने दिल्ली बिधान सभामा एक सिट पनि जित्न नसकेको कारणले गर्दा मायावतीको बहुजन समाज पार्टी अब रास्ट्रिय पार्टी नभएर पहिलाकै जस्तै क्षेत्रीय पार्टी बनि सक्यो । निर्वाचन आयोगले बहुजन समाजबादी पार्टी रास्ट्रिय पार्टी नभएको भनेर घोषणा गर्न मात्र बाँकी छ ।
'२०७१ फाल्गुण ५ गते मंगलवार हेटौडा टुडे दैनिकमा प्रकाशित'
![]() |
| 'पार्लियामेन्ट सदस्यको कार्यालय' |
पंक्तिकार हाल मलेसियाको जोहोर राज्यको बातुपाहात जिल्लाको सदरमुकाममा
कार्यरत छ । पंक्तिकारलाई रोजगार दिने कम्पनीको कम्पनी हेड क्वार्टरमा बसोबासको
ब्यबस्था मिलाई देको छ । भुईतलामा कम्पनीको कार्यालय, दोश्रो तलामा कम्पनीको बैठक
कोठा र तेश्रो तल्लामा आवास गृह रहेको छ ।
सन २०१४ को पार्लियामेन्ट निर्वाचनमा बिजयी हुने पार्लियामेन्ट
सदस्यले मेरै कम्पनि संगै जोडिएको घरमा केहि महिना अगाडी कार्यालय खोलेर आफ्नो
निर्वाचन क्षेत्रको काम कार्य सुरु गरेका छन । दैनिक फाट्टफुट्ट आफ्नो निर्वाचन
क्षेत्रको मतदाताहरु आएर आफ्नो समस्या राख्ने गरेको देखिन्थ्यो ।
बिगत केहि दिन देखि बातुपाहात ईलाकामा निकै बर्षा भयो र केहि समथर
भूभागमा डुबान परेको छ भन्ने जानकारी पाएर होला भुइँतल्लाको मूल ढोकामा 'बाढी
पिडितलाई सहयोग गर्न चाहनु हुन्छ भने सुक्खा खानेकुरा लगाएतका सामाग्रीहरु सहयोग
गर्नु हुन अनुरोध' भनेर फोटोकपि पेपरमा कम्प्युटर प्रिन्ट गरेर अस्ति २९ तारिखमा
टाँसेको देखिएको थियो ।
![]() |
| 'बाढीपीडितहरुको लागी संकलित राहत सामाग्री' |
हाम्रो देसको निर्वाचित प्रतिनिधिहरुले हाल पाईदै आएको तलब भत्ताले राजधानीमा
बाच्न गारो भो भनेर गुनासो गरेका खबरहरु पत्र पत्रिकामा समाचार प्रकासित भएको धेरै
दिन बितेको छैन । संसद सदस्य हुन या अन्य सदस्य ति जनताको मतले निर्वाचित भएका
प्रतिनिधीहरु हुन । जागिर खानको लागि भनेर निर्वाचनमा भाग लिएर निर्वाचित भएर गएका
पक्कै पनि हैनन ।
बाढी पैरो देखि अन्य विपत्ति सबै देसहरुमा घटी रहेको हुन्छ भने हाम्रो
देस नेपालमा पनि नहुने कुरै भएन । केहि महिना अगाडी देसको विभिन्न भागमा बाढी पहिरो
जाँदा हाम्रा माननीय सदस्यहरुले के कस्तो सहयोग गरे ? अहिले जाडो र तुषारोले
गरिबको बिल्लीबाठ भै रहेको छ भने त्यस्तो मानबिय उद्धार कार्यमा हाम्रा जनप्रतिनिधिहरु
किन खट्दैनन ? सम्बन्धित निर्वाचन क्षेत्रको जनप्रतिनिधिले एक सब्द बोलिदिंदा
पिडितको उद्धार हुन्छ भने त्यस्तो महान कार्यमा नलागेर खालि भत्ता पुगेन, बजेट
पुगेन भन्दै करोडौ करोड माग गरेर आफु र आफ्ना कार्यकर्ता पोस्ने हाम्रा नेताहरुले
जनता र देसको बिकास गर्लान ? गरेको भए पंचायत फ्याँकेर प्रजातन्त्र देखि लोकतन्त्र
समेत स्थापना भएको २५ बर्ष नाघ्न लाग्यो बिकास देखिनु पर्ने हैन र ?
अंग्रेजले उखु जस्तै चुसेर खोक्रो बनाएर गएको मलेसिया जुन मलेसियाले यो
पंक्तिकार जस्तै बिभिन्न देसका लाखौ लाख श्रमिकहरुलाई रोजगार दिएको छ जम्मा २२
बर्षमा बिकासले सम्पन्न भएर बाहिर देसको नागरिकहरु समेतलाई रोजगार दिन सक्छ भने २५
बर्षमा मेरो देस नेपाल दिन प्रतिदिन किन खोक्रो हुँदै गयो ? यसो हुनुमा गल्ति
कमजोरी हामि जनताहरुकै हैन र ? हामीले राजनीतिक पार्टीका नेताहरुको गुलिया र
चिप्ला कुराहरुमा नलागेको भए आज हाम्रो देस पनि मलेसिया सिंगापुर पक्कै हुन्थ्यो
होला नि हैन र ?
२०१४ डिसेम्बर ३१
गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई ।
समुन्द्र जस्तै गहिरा नीला तर चञ्चल थिए नूरका आँखाहरु । अरबी भाषामा नूर भनेको ज्योति हो, उसले पहिलो भेटमै बताएकी थिई । र मैले उसकै भाषामा यो गीत गाउन जानिसकेको थिएँ
खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली
(प्रिय ! तिमी मेरो आँखाको ज्योती हौ, जो कल्पनामा सधैं छाइरहन्छौ )
मैले यसो भन्दा नूर अलिअलि मुस्काउथी र अलिअलि लजाउथी । उसको मुस्कान जोर्डनबाट बगेर इजरायलको गालील सागर भेट्न आइपुगेको यार्दन नदीजस्तै पवित्र र निस्छल थियो, कम्तिमा मलाइ यस्तै लाग्थ्यो । मलाइ यो पनि लाग्थ्यो कि यो सुन्दर भूमिको छातीभित्र लुकेको रणसंग्रामको कथा र रगतको इतिहाससँग उ बिल्कुल अनभिज्ञ छे, तर त्यो गलत थियो ।
हामी यतिखेर इजरायलको उत्तरी भूभागमा अवस्थित तिबेरिया जिल्लाको 'एल हाम्मा' मा छौँ । सिरिया , जोर्दान र इजरायल तीन राज्यहरुको मध्यभागमा थियो यो सानो गाउँ, उहिल्यै निर्जनीकृत भएको । यसलाई गाउँ पनि के भन्ने ? वस्ती भन्दा पनि यहाँ पार्क र उद्यान हरु थिए, पर्यटकीय रिसोर्ट थिए र थिए खण्डहर झैं देखिने केही भत्किएका घरहरु .. गैरर्फौजिकृत यो इलाका एल खाम्मामा आइपुगेपछि नूर एकाएक भावुक भई - कुनै कालखण्डमा युद्धको चोटले घाइते भएका निर्जन खण्डहर तिर इशारा गर्दै उसले भनी - यो मेरो पुर्ख्यौली गाउँ हो, यहाँ मेरो पुर्खाको रगत बगेको छ । आउ नियालेर हेर, इजरायली र सिरियाली सैनिकले कुल्चेका बुटका छापहरु ताजै छन ।
--------------------
कुन संयोगमा कहाँ कसरी यो अरब युवतीसंग भेट भयो यकिनका साथ् भन्न सक्दिन तर यो सत्य थियो कि उसंग भेटेपछि यो परदेश वसाई या मेरा दिनहरु धेरै सहज बनेका थिए ।
पटक पटक रक्तपातपूर्ण संघर्ष र युद्धको रणभूमि बनेको अल- खाम्माका बासिन्दाहरु कसरी विस्थापित भए ? उसले किम्वदन्तीजस्ता लाग्ने इतिहास सुनाइ । कुनै समय अल खाम्मा प्यालेस्टाइन राज्य अन्तर्गत पर्ने अरबी गाउँ थियो । यहुदी र क्रिश्चियन नगन्य थिए । इजरायल सिरियाको संघर्ष चर्कदै जाँदा सिमानाको यो वस्ती पटक पटक किचियो । १९४९ पछिको युद्धविराम र सन्धी पश्चात यो इजरायलमै गाभिएपनि सिरियाले पुन कब्जा जमायो र इजरायली घुसपैठ प्रतिबन्ध गरयो । १९६७ मा इजरायलले फेरी यस क्षेत्र अतिक्रमण गर्यो र आफ्नो बनायो ।
इजरायल सिरियाबीच अनेक संघर्षहरु भए, सन्धीहरु पनि भए । पटक पटक दुवै तर्फका सैनिकहरुले युद्ध विरामका सन्धीहरु भंग गरे घुसपैठ गरे र आआफ्नो स्वामित्वको दावी गरे । अल खाममाको देश कहिले प्यालेस्टाइन लेखियो, कहिले सिरिया त कहिले इजरायल । यही प्रक्रिया दुखेपछि सैयौं घरपरिवार विस्थापित भए र अरबवस्ती निर्जन भयो ।
------------------
आज संयुक्त राष्ट्र संघद्वारा गैरफौजिकरण गरिएका क्षेत्र अन्तर्गत पर्थ्यो यो भुमि ।जहाँ न इजरायल न सिरिया कसैका तर्फबाट पनि हतियारसहित सैनिक या गैरसैनिक घुसपैठ प्रतिबन्धित थियो । संयुक्त राष्ट्र संघीय संघर्ष विराम पर्यक्षवेक्षण संगठन (UNTSO ) को जागिरेका रुपमा बिभिन्न देशका शान्ति सेना र कर्मचारीहरु थिए । दुइ बर्ष देखि निशस्त्र कार्यरत हुँदा म आफू पनि नेपालको सैनिक अधिकृत हुँ भन्ने बिर्सिन थालिसकेको थिएँ । यस क्षेत्रको सुरक्षा र सम्पदाको संरक्षणार्थ यी दुइ देशबीच भएको सन्धीका प्रत्येक बुँदा र अनुच्छेद हामी निशर्त पालना गरिरहेका थियौं ।
विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।
'नूर' भेटिए पछि अलिकति रंग थपियो, खुशी थपियो । गुम्सिएर बसेका मनका भावनाहरु निर्धक्क पोख्न र विश्वास गर्न सक्ने साथी भेटिएजस्तो लाग्न थालेको थियो । मेजरको बारम्बारको चेतावनी बाबजुद पनि म धेरै पटक व्यस्त समय चोरेर निस्कन थालेँ ।
इजरायल अरब संघर्षको इतिहास निकै पुरानो र अनन्त थियो, नूरसँग संगत गरेपछि मेरो यी बिषयहरुमा दिलचस्पी बढ्न थाल्यो । एउटा सैनिक डिमिलिट्राइज जोनमा के गरेर बस्छ ? टहल्नु, संगीत सुन्नु या किताब पढ्नु ... विकल्पहरु यस्तै थिए । बाहिर निस्कदा कहिलेकाहीं नूर भेटिन्थी, तर अधिकांश समय आफ्नो पथप्रदर्शक म आफै भएर हिड़थें । इतिहासका बिभिन्न कालखण्डमा इजरायलले आफ्नो स्वाधीनताका लागि रचेका युद्धका अवशेषहरु मैले हिड्ने बाटोमा अझैसम्म ताजा भेटिन्थे । लामो गृहयुद्धको चपेटामा पिल्सिएको मेरो देश नेपालबाट आएको म, अनुभूतिहरु समान थिए तर प्रकृति र परिवेशमा व्यापक पृथकता थियो ।
उत्तरमा गोलान हाइट्स देखि इलात सम्म भ्रमणका अवसरहरु कति निस्किए कति, नूरसंग नजिकिएपछि..। कहिले हामी संसारकै होचो स्थान मृत्सागरमा पौडी खेल्न पुग्थ्यौं त कहिले तेल अभिभका पार्कहरुमा बार्बिक्यु पोलेर खान्थ्यौं । उ हामी संग घुलमिल भैसकेकी थिई, बिस्तारै नेपालीहरुको जमघटमा पनि उपस्थित हुन थालेकी थिई ।
इजरायलमा अरब जनसंख्या निकै कम छ र ती शिक्षा, प्रशासन, राजनीति लगायत हरेक क्षेत्रमा पछि परेका छन । यदाकदा तिनको बिरोधमा आवाज उठ्छन र सेलाउछ्न । आफूहरुमाथि विभेदकारी नीति र व्यवहार भएको तिक्त अनुभव थिए नूरसंग, तर मलाइ यस्ता बिषयमा कुनै सरोकार थिएन । उसलाई भेट्दा त म यो पनि बिर्संथें कि यो देशमा तनाव छ, संघर्ष छ र अन्त्यहीन युद्धको शृंखला निरन्तर चलिरहेको छ । साच्चै एउटा मान्छेको मायाले कति फरक पर्दोरहेछ ? नूरको साथ् मेरा लागि त्यस्तै भएको थियो ।
साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए । हामी कहिले रमणीय हिमाल हार्मोनमाथि केबलकार चढेर लेबनान र सिरियालाइ चियायौं त कहिले इलात समुन्द्र भित्र भित्र सबमराइनबाट जोर्दानको इलाका नजिक पुग्यौं । किन्नेरेत तलाउ, याफो किनार, तेल अभिभ शहर या पवित्र जेरुसेलम आदि अनेक स्थानहरु र त्यहाँ बिताएका क्षणहरु हाम्रो समयको क्यालेन्डर र स्मृतिका पानाहरुमा थपिदै गए । युद्धका संकेतहरु, पदचाप या आवाजहरु अहँ कहिकतै सुनिएन या तिनको आभास सम्म भएन ।
------------------
तर बर्षको अन्त्यतिर अरब इजरायल संघर्ष पुन एकपटक चर्कियो । इजरायली सैनिक कारवाहीमा हमास लडाकु कमान्डर महम्मद अल जब्बारी मारिएपछि दिनदिनै सैयौंको संख्यामा रकेटहरु प्रहार हुन थाले । ठुलै युद्धको संकेत देखा पर्यो, इतिहासमै पहिलोपटक प्यालेस्टाइनबाट निशाना लगाइएका लांग रेञ्ज क्षेप्यास्त्र इजरायलको केन्द्रभाग तेल अभिभ र जेरुसेलम सम्म आइपुगेका थिए । यी दिनहरु मैले दश बर्षे गृहयुद्धको चपेटामा पिल्सिएको आफ्नै देश नेपाल सम्झिएँ, मुठभेड र भिडन्तका समाचारहरु ताजा भएर आए । विष्फोटनको आवाज होस् या बारुदको पिरो गन्ध ह्वास्स ठोकिँदा मलाइ कालिकोटको सम्झना हुन्थ्यो । रोल्पा र रुकुम जस्तै एउटा नमिठो घाउ छातीभित्र बल्झिएर आउथ्यो ।
अत्यन्त विकसित प्रतिरक्षा संयन्त्रका कारण त्यसले इजरायलमा खासै क्षति भने गर्न सकेको थिएन । पहिलो कुरा रकेट प्रहार हुने बितिकै सम्भावित खतरायुक्त इलाकामा साइरन बज्थ्यो र त्यहाँका मानिसहरु आफुलाई सुरक्षित स्थानमा लुकाउथे । घर घर र सार्वजनिक स्थानमा समेत बंकर निर्माण गरिएका थिए । अर्कोतिर सैयौंको संख्यामा रकेट प्रहार भएपनि स्वाचालित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती भुइमा खस्न नपाउदै आकाशमै ध्वस्त पारिरहेका हुन्थे ।
यसर्थ अबको निशाना इजरायल भित्रै रहेका अरब समर्थकहरुबाट आत्मघाती आक्रमण हुन सक्छ भनेर मिडियाले त्रास छर्न थालेका थिए । सार्वजनिक यातायात र ठाउँ ठाउँमा बम राखिएको हल्ला फैलियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा, यु एन महासचिव बान की मुन स्थलगत भ्रमणमा आए, यद्यपि युद्धविराम हुन भने सकेन । छिन छिनमा बज्ने साइरन संगै आइमाई केटाकेटीको चित्कार सुनिन्न्थ्यो । जीवनप्रति कत्रो मोह ? गुड्दै गरेको गाडी सडकमै रोकेर मानिसहरु भागिरहेका हुन्थे । मृत्युको भय चौतर्फी फैलिएको थियो । शहरमा सम्भावित दुर्घटनाको भयावह चित्र कोरिएको थियो ।
-------------------------
पारिलो घाम लागेको दिन, सडकको छातीमा सवारी र मानिसको घुइचो बढ्दै थियो । इजरायलको मुख्य शहर तेल अभिभ व्यस्त थियो ।
अचानक विष्फोटको आवाज र कोलाहल गुञ्जियो । क्षणभरमै प्रहरी, पत्रकार र सर्वसाधारणको भीडले सडक भरियो । रक्तमुछेल घाइतेहरु बोकेर एम्बुलेन्स कुद्न थाले । सार्वजनिक बसमा बम पड्काइएको थियो । विष्फोट गराउने आतंककारीको व्यापक खोजी भयो । उता प्यालेस्टाइनका अरब टेलिभिजन च्यानलका समाचारहरुमा बिजयोत्सव मनाएझैँ खुशी प्रकट गरेको देखियो । आतंककारीहरुले अब यसरी नै इजरायलको चोक चोक बम पड्काइन्छ भन्दै आक्रोश ओकल्न भ्याए ।
भोली बिहानै आतंककारी पक्राउ परेको खबर आयो । म छाँगाबाट खसेजस्तो भएँ, उक्त बम विष्फोट गराउने आततायी अरु कोही नभएर नूर' थिई । त्यही नूर जो संग मैले यो देशमा अविश्मरणीय र अमुल्य समयहरु संगालेको थिएँ । समुद्रको किनारमा प्रेमका अनेक संकेतहरु कोर्ने नूरका ती कोमल हातहरुले कसरी बम बोकेर हिड्न सके ? शहरमा उभिएका यी बालुवाका घरहरूजस्तै भएँ म - निष्प्राण ।
दोहोर्याई दोहोर्याई अखबारमा आँखाहरु पोखिए - हो उ नूर नै थिई, छातीभित्र विद्रोहको कत्रो राँको बोकेर हिडेकी रहिछ उसले ? तर यति लामो संगतमा पनि किन मैले उसभित्र त्यो बिद्रोह पहिल्याउन सकिन, अनुमान सम्म गर्न सकिन ? किन मैले उसमा केवल प्रेम मात्र देखिरहें ?
यही प्रश्नले म धेरैबेर चिमोटिएँ ।
कृष्णपक्ष,
इजरायल
मेरा अरु कथाहरु पढ्न कृष्णपक्षको ब्लग (http://blog.krishnathapa.com) मा जान सक्नुहुन्छ ।
निरङ्कुश भुटानी सासक जिग्मे वान्ग्चुंक सरकारको कोपभाजनमा परेर Samdrupjhonkhar Distric,dalim
Block Dampha गाउँमा 1981 nov 11 मा जन्मिनु भएको लाखौ लाख अन्य सरणार्थी को हुल संगै खगेन घिमिरेज्यु आमा, बाबा, दाज्यु भाइ सहितको सिंगो परिवार 1990 मा झापा जिलाको बेलडाँगी सिविरमा सरणार्थीको रुपमा आउनु भएको रैछ ! १९ बर्ष सरणार्थी सिविरमा बस्दा पनि नेपाल सरकारले सरणार्थीहरु लाइ भुटान फर्काउने कुनै पहल नगरे पछी हार मानेर उहा सन् २००९ मा ३ दाज्यु भाइ र आमा बा सहित अमेरिका छिर्नु भाको रैछ ! उहाको १ जना दाज्यु नेपालमा र १ जाना हाल पनि भुटानमै बस्नु हुन्छरे !
मेरो भेट उहा सित सामाजिक संजाल फेसबुक मै भाको हो ! हामि बिच केहि भला कुसारी पछी मैले उहाँको बारेमा जान्ने इक्षा राख्दा उहाले आफ्नो बारेमा छोटो तरिकाले भन्नु भयो ! कुरै कुरैमा एक दिन उहाले नेपालको ब्यबस्था देखेर दिक्क मान्दै भन्नु भो हाम्रो बारेमा नेपालको सरकारले कुनै पहल गरेन ! बाध्य भएर अमेरिका छिर्नु पर्यो !
जति बेला घिमिरे परिवार सहित लाखौ नेपाली सरणार्थीको रुपमा नेपाल पसेको थियो त्यतिखेर नेपालमा भर्खर प्रजातन्त्रको आगमन भएको थियो ! २०४८ सालमा आम निर्वाचन भएर नेपाली कांग्रेसले बहुमतको सरकार बनायो त्यो पछी कति सरकार बने जुन गनी साध्य छैन ! वार्ता भन्दै पटक पटक भुटान सित वार्ता पनि नभएको काहा हो र तर त्यो सब हातिको दांत जस्तो थियो देखाउने एउटा र चपाउने अर्को भनेको जस्तो !
भारत बिस्वकै ठुलो प्रजातान्त्रिक देस भनेर चिनिन्छ ! भुटान बाट नेपाल आउन भारतको भुमि प्रयोग गर्नु पर्दछ ! हिजो पंचायती ब्यबस्था नेपालमा लागु हुन्जेल सम्म कुनै समस्या नभएको बिषयमा एकाएक नेपालमा प्रजातन्त्र आए पछी अनेक निउ झिकेर भुटान बाट नेपाली खेदिनु तर त्यसमा भारतले एक सब्द पनि नबोल्नु रहस्य कै बिषय छ !
घिमिरे ज्यु सपरिवार नेपाल आउनु भो ! समय र परिबन्दले आज उहाको परिवार अमेरिका बसाइ सर्न पुगेको छ ! आज पनि उहा झल्झल आफ्नो माटो सम्झिनु हुन्छ ! त्यो डांडा, काँडा भिर पखेरा अनि साथि भाइ संग बिताएको त्यो पल सम्झेर उहा अहिले पनि अत्यन्त मर्माहत हुनुहुन्छरे ! उहाँ संग भएको नेपाली क्यालेन्डरले घडी. तिथि, पला अनि चाडपर्व सब देखाउछ ! आज उहा संग भौतिक सुबिधा त सबै छ तर आत्मिक सुबिधा चैँ छैनरे ! जब चाडबाड आउछ उहाको बाबा आमा लगाएत परिवारको मुहार कहिले पनि हसिलो देखिदैन ! होस पनि कसरि ? हामि नेपालीहरु भनेको संस्कृति र चाडपर्वमा संसारकै धनि ! के गर्ने मित्र गलत राजनीति र कुटनीतिको चंगुलमा पसेर तपाइँहरुले जुन कस्ट भोग्नु र देख्नु भो त्यो भन्दा बढ्ता कस्ट अहिले नेपालीहरुले भोग्दैछन ! तपाईहरुको देश भुटानमा प्रजातन्त्रको आवाज उठाउने तपाईहरुको नेता टेकनाथ रिजालको कारणले गर्दा लाखौ नेपाली भुटान बाट निकालिए तर हामीले ता त्यहि भारतीय नेताहरुको सहयोगमा ल्याएको प्रजातन्त्र पाएर पनि देस भित्रै अबैध सरणार्थीझैँ भाको छौ ! कथा उस्तै नभए पनि तापाई हामीहरुको ब्यथा चैँ उस्तै प्रकृतिको छ नि हैन र ?
,,
(श्री खगेन घिमिरे सितको कुराकानीमा आधारित)
| खगेन घिमिरे |
मेरो भेट उहा सित सामाजिक संजाल फेसबुक मै भाको हो ! हामि बिच केहि भला कुसारी पछी मैले उहाँको बारेमा जान्ने इक्षा राख्दा उहाले आफ्नो बारेमा छोटो तरिकाले भन्नु भयो ! कुरै कुरैमा एक दिन उहाले नेपालको ब्यबस्था देखेर दिक्क मान्दै भन्नु भो हाम्रो बारेमा नेपालको सरकारले कुनै पहल गरेन ! बाध्य भएर अमेरिका छिर्नु पर्यो !
जति बेला घिमिरे परिवार सहित लाखौ नेपाली सरणार्थीको रुपमा नेपाल पसेको थियो त्यतिखेर नेपालमा भर्खर प्रजातन्त्रको आगमन भएको थियो ! २०४८ सालमा आम निर्वाचन भएर नेपाली कांग्रेसले बहुमतको सरकार बनायो त्यो पछी कति सरकार बने जुन गनी साध्य छैन ! वार्ता भन्दै पटक पटक भुटान सित वार्ता पनि नभएको काहा हो र तर त्यो सब हातिको दांत जस्तो थियो देखाउने एउटा र चपाउने अर्को भनेको जस्तो !
भारत बिस्वकै ठुलो प्रजातान्त्रिक देस भनेर चिनिन्छ ! भुटान बाट नेपाल आउन भारतको भुमि प्रयोग गर्नु पर्दछ ! हिजो पंचायती ब्यबस्था नेपालमा लागु हुन्जेल सम्म कुनै समस्या नभएको बिषयमा एकाएक नेपालमा प्रजातन्त्र आए पछी अनेक निउ झिकेर भुटान बाट नेपाली खेदिनु तर त्यसमा भारतले एक सब्द पनि नबोल्नु रहस्य कै बिषय छ !
घिमिरे ज्यु सपरिवार नेपाल आउनु भो ! समय र परिबन्दले आज उहाको परिवार अमेरिका बसाइ सर्न पुगेको छ ! आज पनि उहा झल्झल आफ्नो माटो सम्झिनु हुन्छ ! त्यो डांडा, काँडा भिर पखेरा अनि साथि भाइ संग बिताएको त्यो पल सम्झेर उहा अहिले पनि अत्यन्त मर्माहत हुनुहुन्छरे ! उहाँ संग भएको नेपाली क्यालेन्डरले घडी. तिथि, पला अनि चाडपर्व सब देखाउछ ! आज उहा संग भौतिक सुबिधा त सबै छ तर आत्मिक सुबिधा चैँ छैनरे ! जब चाडबाड आउछ उहाको बाबा आमा लगाएत परिवारको मुहार कहिले पनि हसिलो देखिदैन ! होस पनि कसरि ? हामि नेपालीहरु भनेको संस्कृति र चाडपर्वमा संसारकै धनि ! के गर्ने मित्र गलत राजनीति र कुटनीतिको चंगुलमा पसेर तपाइँहरुले जुन कस्ट भोग्नु र देख्नु भो त्यो भन्दा बढ्ता कस्ट अहिले नेपालीहरुले भोग्दैछन ! तपाईहरुको देश भुटानमा प्रजातन्त्रको आवाज उठाउने तपाईहरुको नेता टेकनाथ रिजालको कारणले गर्दा लाखौ नेपाली भुटान बाट निकालिए तर हामीले ता त्यहि भारतीय नेताहरुको सहयोगमा ल्याएको प्रजातन्त्र पाएर पनि देस भित्रै अबैध सरणार्थीझैँ भाको छौ ! कथा उस्तै नभए पनि तापाई हामीहरुको ब्यथा चैँ उस्तै प्रकृतिको छ नि हैन र ?
,,
(श्री खगेन घिमिरे सितको कुराकानीमा आधारित)
भगवति बस्नेत, इजरायल
दिनानु दिन देशको बिग्रदो राजनैतिक अवस्था , गरिवी, बेरोजगारले आकान्त नेपालीहरु अनेकन बाध्यता विवशतामा बिदेशिन बाध्य छन् । त्यही हुलमा मिसिएको म पनि केहि बर्ष देखि विदेशमा छु । रहरले भन्दा कहरले नै विदेशिएको म आफ्नो गाउँघर सम्झेर बेला बेलामा मर्माहित हुन्छु ।
लाग्छ सबै रहरले भन्दा कहरले नै बिदेशिएका हुन्छन । जब पराइको भूमिमा अपरिचत मान्छे बीच रुमलिन पुग्छौ त्यति बेला आफ्नै परिवार आफन्त आफ्नै साथी संगी घरदेशको सम्झनाले सताउन थाल्छ । जो संगै छैन र जसको आवश्यकता छ, उसैको याद आउछ । आमाको न्यानो काख आफ्नो प्रिय/ प्रियतमको माया आफ्नोपनले छायाँ बनेर पछ्याईरहन्छ । नेपाली खानाको झल्झली याद आउछ । विदेश जति नै रमझम र भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नै गाउँघर डाडापाखा, आफ्नै छोराछोरी,साथी भाइको सम्झना अनि शैशबका रुमानी यादहरुले नै बढी पुलकित बनाईरहन्छ । छातीभित्र अनेक ईच्छा र चाहनाहरुलाई दबाएर भोलिको भविष्य र परिवारको सुखको लागि दिनरात नभनी संघर्षरत हुनुपर्छ बिदेशमा । आफ्ना गाउघर र आफन्तको सम्झना कम गर्ने अहिलेको संचार साथी बनेको छ । जसबाट पलपलमा आफ्ना घर परिवार साथी भाइसंग सम्पर्कमा रहन सकिन्छ । छुन नपाएपनि रुन पाइन्छ । हेर्न,बोल्न पाइन्छ ।
संचारको बिकाशले आजभोली दिनचर्या अलि सहज बनेको छ । जसले गर्दा विश्व नै सानो घर जस्तो भएको छ । व्यस्त अनि परिवारबाट टाढा भएर विछिप्त बनेका परदेशीहरु मन भुलाउन फुर्सदको समयमा साथीभाइसँग भेटघाट, गफ गरेर नेपाली चाड पर्वहरुमा बिभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएर,आफ्ना मन मिल्ने साथी भाईसंग हाँसी मजाक गरेर घरको याद कम गर्ने गरिन्छ । विदेशको दिनचर्या व्यस्ततामा नै बित्छ हरेक काम सेडुल अनुसार गरिन्छ । थोरै ढिला हुनासाथ ट्रेन,बस छुट्छ, समयमा नपुगे काममा नपुगे त्यो दिन काम गर्न पाइदैन । समयनुसार चल्दा व्यस्तता भित्र समय गएको पत्तै हुदैन । विदेश जहाँ हाम्रो भन्दा भिन्न भौगोलिक अवस्था बिकशित देश सभ्य समाज भएको ठाउँमा जब पुग्छौ । सभ्य ठाउँमा पुगेपछि त्यहीको जीवन शैली सिकिन्छ र त्यहाँको रहनसहन अनुसार आँफूलाई ढाल्न कोशिश गर्नैपर्छ । जहाँ गइन्छ त्यहाँको समाज अनुसार चल्न सिक्नु पनि पर्छ तर त्यसो भन्दैमा नेपाली संस्कृति परम्परा भुल्नु पर्छ भन्ने होइन । हामीलाई दुईवटा सभ्यता, दुईवटा भाषा, दुईवटा समाजमा घुलमिल हुने अवसर मिल्छ । यस अवसरले हामीलाई नयाँ ढोका खुलाउँछ ।
हामीले केहि नयाँ अनुभव बटुल्न सक्छौ । स्वच्छ मन, सकारात्मक सोच, कामको सम्मान समयको महत्व बुझेर नै बिदेशीहरु सक्षम र सफल भएका हुन्छन भन्ने कुरा देख्छौ र उनीहरुबाट त्यस्तै कुराहरु सिक्छौ । बिदेशी साथीहरु सहयोगी भावनाका बोकेका हुन्छन् । उनीहरुसँग हाँसखेल,घुमफिर गरिन्छ, सगै बसेर खान खाइन्छ तर खर्च आफ्नो आफ्नो हुन्छ । यदि हामी नेपालमा भएको भए भने आफ्ना साथी आफूले चिनेजानेका सम्मको पैसा आफैले तिर्छौ । विदेशले मान्छे कसरी बाच्नु पर्छ ? जिन्दगी आफ्नो लागि जिउनु पर्छ भन्ने सिकाउँछ । काम सानो ठूलो जस्तो होस् त्यसको सम्मान गर्नु पर्छ । आफूले गर्न लागेको जुनसुकै काम होस् त्यसमा होसियारी अपनाएर धेरै ध्यान दिएर काम गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान हुन्छ । कुनै पनि व्यक्तिलाई साइनो सम्बन्ध लगाएर बोलाउनु भन्दा उसको नामली बोलाउदा उसले स्वतन्त्र भएर आफ्नो अस्तित्व रहेछ भन्ने अनुभव गर्छ भन्ने पनि जानियो । विदेशले हामीलाई श्रम गरेर बाँच्नु पर्छ । समयको महत्व बुझेर कसरी काम गर्नुपर्छ भन्ने पनि सिकायो ।
जीवन परिवर्तनको नाम हो अनि परिवर्तन हाम्रो जीवनको सौन्दर्य हो । हामीले समयनुसार परिवर्तनशील भएर अगाडी बढ्नुपर्छ । हामी जहाँ छौ, त्यही रमाउन कोशिश गर्नु पर्ने रहेछ आफ्नो घर परिवार सम्झेर मनभरी जति ठूलो सुनामी चले पनि भूकम्प आए पनि ओठमा हरपल हाँसो देखाएर बाच्नु पर्ने रहेछ ।
कान्तिपुर साप्ताहिक - http://www.ekantipur.com/saptahik/category.php?id=146
ब्लग चौतारी
नेभेसनानका दिदी बहिनीको आत्मियता र नयाँ बर्ष २०७० को स्वागत
ब्लग सम्प्रेषक : भगवती वस्नेत
बिहानको किरणले झ्यालको कापाबाट घाम चिहाइ सकेछ । बाइस तल्लाको आलिसान बंगला सबैभन्दा पहिले घामको किरण त्यही ठोकिए झैँ लाग्छ । इजरायलमा बसे पनि आफ्नै देशको चाडपर्वहरु बिशेष लाग्छ नेपाली हुनुको बिसेषता पनि होला सायद आज बैशाख १ गते हामी हाइफा वरिपरी काम गर्ने दिदीबहिनी मिलेर सानो जमघट राखेका थियौ ।
त्यसैको लागि हतार हतार उठेर मंनिग वाल्क गए । बसन्त ऋतुको आगमनले प्रकृतिनै बैश चढेर लहलह झुलेको छ ।थरिथरिका रङ्गीबिरंगी फूलहरुले मोहनी लगाइरहेका छन् । बाटाका छेउ छेउमा तितरीका नया पात बिहानको चिसो चिसो बतासले हल्लिरहेको छ सडक बीच र बाटावरिपरी फुलेका फूलहरु मौसम नै मनमोहक देखिन्छ । कानमा एयर फोन राखेर गीत सुन्दै एकनशाले आधा घण्टा जति हिडे जताततै कोइराला सेतो, गुलाबी रंगमा ढकमक्क फुलिरहेको थियो । यहाँका मान्छेहरुलाई यो खानु हुन्छ भन्ने थाहा छैन । उनीहरु राम्रो देख्नाको लागि रोप्छन । मलाई कोइरालाको अचार खान मन लागेको थियो फेरि साथीहरुलाईपनि खुवाउन मन लागेर टपटप एक झोला टिपेँ, अनि घर फर्किएँ । १ दिउँसो एक बजे देखि हाम्रो कार्यक्रम थियो । घर आएर त्यसको अचार बनाएँ । निबुवाको अचार पनि बनाए मेरो भागमा अचार बनाउन परेको थियो । मा भान्सामा काम गर्दै थिएँ । साइरन बज्यो ! बूढा बा बसिरहेको शोफाबाट जुरूक्क उठेर २ मिनेट मौन धारण गरे । ९४ वर्षको बूढा तिनै सहिदलाई सम्झिएर आखाभरी आँशु बनाए । साइरन बज्दा सबै मान्छेहरु चाहे सडकमा गाडी गुड़ाई रहदा होस् चाहे अफिसमा काम गरिरहदा होस्, चाहे घरमा,चाहे बजार जहाँ भए पनि आफू भएको ठाउँमै टक्क उभिएर सहिदको सम्झनामा २ मिनेट मौन धारण गर्छन । एक हप्ता देखि इजरायलीहरुले आफ्नो देश ६५ बर्ष पुगेको बार्षिकी मनाइ रहेका छन । यो देशलाई यस स्थितिमा ल्याउन धेरै जिविशहरुले आफ्नो ज्यानको आहुति दिए । तिनै सहिदको सम्झनामा यिनीहरुले बिबिध कार्यक्रम सहित आफ्नो घरमा,आफूले चलाउने कारमा बशमा हरेक ठाउमा आफ्नो देशको झन्डा टाँगेका हुन्छन । यिनीहरुको देशभक्ति अवारनीय छ । Israeli 65 Independence Day everywhere मनाई रहेका छन् । प्रत्येक नागरिक १८ बर्ष पुगेपछि २ बर्ष (बचेवा) देशको लागि समर्पित भइ देशको सेवा गर्छन २ बर्ष आर्मीमा जान्छन् । कतिले हाँसी हाँसी आफ्नो जीवन बलिदान पनि गरेका हुन्छन । हाम्रो देशमा २०७० बिक्रमसम्बत हुँदा यिनीहरु स्वतन्त्र भएको ६५ बर्ष पुगेको छ तर यहाँको बिकाशलाइ हेरेर हाम्रो देशसँग तुलना गर्ने हो भने आकाश र जमिनको फरक भेटिन्छ । यिनीहरुको दुखद माहोलमा हामीले खुसियाली मनाउन पनि अप्ठ्यारो लागेर एकछिन टोलाए उसले मलाई हेरेर तिमी निराश भएको यो त हामी इजरायलीको गौरबको कुरा हो । हामीले आफ्नो मेहनत र लगनले जिविश राज्य बनाउन सफल भयौ । यसो भानिरहदां ऊ गर्वले फुलेर प्रशन्न देखिन्थियो उसलाई प्रशन्न मुद्रामा देखे पछि..
..म फेरी उही उत्साहको साथ आफ्नो काममा लागे । सबैले आफ आफ्नो घरबाट खान बनाएर ल्याउने योजना आनुसार । यहाँका दिदी बहिनीको आत्मियता देखेर मन प्रफुल्ल हुन्छ ।एक अर्काको कुरा सबैले मान्ने, एकअर्काको सुख दुखमा साथ दिने एकार्कामा सद्भाव मायाले हामी आफ्नो परिवार बिर्साउन थोरै भएपनि घरको याद कम गर्न सहयोग गरेको छ । अर्चना दिले फोन गरेर कति बेला आउछौ महारानी भन्नु हुन्छ, फोन राख्न पाएको छैन , गीता दिदी तिमी कता हो छिट्टै आऊ भन्दै उफ्रिनु हुन्छ मलाई नदेख्दा उनीहरु छट्पटाउछ्न् । अब निस्किएँ भन्दै फोन राखे यतिकैमा निर्मला सीसले फोन गर्नु भयो । हाइफा नजिकै भए आउनुस् ल ! भनेको थिए । इजरायलमा भेट हुन पनि संयोग नै जुर्नु पर्छ । म आउछु भनेर फोन गरेको भन्नु भयो अझ खुशी भए । प्रवाशको बसाई एकैछिन मनको उकुसमुकुस मेटाउन साथीभाइको भेटले नै धेरै सहयोग गर्ने रहेछ । हतार हतार गरेर घरको सबै काम सिध्याएँ । आज नेपालबाट आएका कलाकारहरु पनि हाइफा घुम्न आउदा हाम्रो कायक्रममा पनि आउने कुरा थियो त्यसैले गर्दा हामी अझै उत्साहित थिएँ । निर्मला सीस पनि आइपुग्नु भयो दुबैजना कायक्रम स्थलतिर निस्कियौ । लिफ्टबाट ओर्लिने बित्तिकै सधै भन्दा भिन्न पोशाकमा देखेर छिमेकीहरु कामा याफा भन्दै हेरेको हेर्यै गर्न लागे । मलाई फेरि कसैले हेरे भने लाजले भुतुक्कै हुन्छु ! कामा याफा आत अयोम (कति राम्री आज तिमी) भनेर मेरा सधै हेरिरहने देखिरहने मान्छे आज अर्कै पोशाकमा देख्दा अचम्म मान्नु स्वाभाविकै पनि हो।
यस लानु सना खादासा अयोम (आज नेपाली नया बर्ष हो ) त्यसैको लागि आज हामीले सानो कार्यक्रम आयोजना गरेकोले त्यसमा सहभागी हुन जान लागेको भन्दै अगाडी बढ्यौ ! बाटोमा भेटिएका जति सबैले एक टक्कले हेरिरहन्छन ! निर्मला सीस झन् लौ त्यो केटाले हजुरलाई पाइला सारेपिच्छे हेर्दैछ भन्दै अझ जिस्क्याउनु हुन्छ !करिव १५ मिनेट हिडे पछि समुन्द्र छेउको पार्कमा पुग्यौ । साथीहरु नेपाली पोशाकमा सजिएका कोहि राता,कोहि निला,कोहि हरिया,कोहि पहेला कुर्ता सुरुवालमा सजिएका थिए । एक से एक साथीहरुलाइ देखेर एकछिन उनीहरुलाई हेरिरहे । एक एक गर्दै अँगालो मारेर शुभकामना साट्दै हास्यौ रमायौ । सबै जना फोटा खिचाउनमा व्यस्त देखिन्थे !
कलाकारलाइ बस्नको लागि अमृता सकी नसकी घरबाट कुर्शी ल्याउदै थिइन् यिनले आफ्ना साथीभाई अनि मान्यजनप्रति गर्ने ब्यबहारले म प्रभुल्ल हुन्छु ! माथिल्लो पट्टि पोष्ट अफिस पार्क वरिपरी तितरी र नरिवलका बोटहरु लहरै उभिएका थिए बिचमा चौर अनि त्यसमा पलाएको हरियो दुबो अनि त्यहाँबाट देखिने समुन्द्रको दृश्यले मोहनी नै लगाउथ्यो ! अर्चना, इन्दिरा ,गीता कोपिला दिदीहरु लगायतका साथीहरु आगलामा खाना बोकेर उभिइ रहनु भएको थियो ! अर्चना दिदी त यस कार्यक्रमको लागि धेरै खट्नु भएको छ ! कसले के खाना बनाउने ,कसरी खानेकुरा बनाउने उहाँको निर्देशनमा नै भएको थियो ! सधै यो पटक सधै भन्दा साथीहरुको बाक्लो उपस्थिति थियो ! कति साथीहरु नयाँ हुनुहुन्थियो ! सबैसँग नयाँबर्षको शुभकामना साटयौ ! सबै प्रसन्न र खुशी मुद्रामा देखिन्थे ! १२ तारिकमा तेलअभिवमा नेपाली नयाँ बर्ष धमाका नेपालका प्रशिद्द तथा लोकप्रीय कलाकार शिव परियार ,हेमन्त शर्मा र इन्दिरा जोशीक साथमा भब्य रुपमा सम्पन् भएको थियो तर व्यस्तताले त्यस कार्यक्रममा सहभागी जनाउन नपाउदा दुखि पनि थिए ! नेपाली कलाकार राष्ट्रका गहना हुन् आफू इजरायलमा हुदा उहाँहरुसंग भेट्न पाए हुन्थ्यो भन्ने चाह हुने रहेछ ! अनि सुवाष भाईले हिजो नै कलाकारहरुलाई हाइफा घुम्न आउदै हुनुहुन्छ ! त्यही मौकामा म तपाइँहरुको कार्यक्रममा लिएर आउछु भन्नु भएको थियो ! १ बजे देखि जम्मा भएका हामी एकार्कामा धेरै रमायौ, बिबिध कुराकानी गर्यौ सबैजना ३,४ घण्टाको छुट्टीमा आएका थियौ काममा फर्कनु पर्ने हतार उत्तिकै थियो ! यसपाली टाढा टाढाबाट मेरो बहिनीहरु आएका कृष्णा कार्मेलबाट तारा किरात खाइमबाट त्यही ठाउँमा हामी चार बर्ष सम्म काम गरेका थियौ ! केहि बर्ष देखि मेरो काम हाइफामा सरेकोले हाम्रो भेट पातलिएको छ। कुनै कार्यकम बाहेक खासै भेटघाट हुदैन । धेरै समयपछि भेटमा उनीहरुलाई देखेर म अत्यन्तै आल्हादित भएको थिए ।
कलाकारहरु आउने तर कामबाट सिधैँ कार्यक्रम स्थलमा आउने भएकोले कुनै गिफ्ट किन्ने समय जुरेको थिएन । त्यसैले कलाकार आउनुपूर्व सबै दिदीबहिनीले माया सद्भावले हाम्रा कलाकारको लागि केहि रकम उठायौ । सबैले श्रद्दाले आफूले सकेको रकम उठाउदा पनि झन्डै १६ सय सेकेल उठेछ । कलाकारको गीत सुन्न उनीहरुसँगतस्विर खिच्न लालायित दिदीबहिनीहरु कलाकारको पर्खाइमा आखा बिछ्याउन थाले । उनीहरु ३.३० मा मात्र आइपुगेकोले कत्ति दिदीबहिनीहरु निराश हुदै फर्किसकेका थिए । इजरायलको नियम कडा छ दिएको समय भन्दा १ मिनेट ढिला भयो कि त कम्प्लिन गरिहाल्छन् । काम छ र न हामी यहाँ छौ कामको सम्मान पनि गर्ने पर्यो । कलाकार आउनासाथ दिदीबहिनीहरुले घेरा हालेर फोटो खिचाउन तँछाड मछाड गर्न लागे ।
निक्कैबेरको फोटोसप पछि खान खायौ । हामी झन्डै ५० जना दिदीबहिनीहरु जम्मा भएको थियौ । संयोगले निरन,लीला र राजन भाइ पनि आइपुग्नु भएको थियो । खानेकुरा पनि धेरै भएको थियो । सेलरोटी, पुलाउ,हलुवा पुरी, राजमा, आलुदम, काउली,सिमी,बोडीको तरकारी गोलभेडाको अचार, कोइरालाको अचार, आलु केराउ,काक्रोको अचार कुखुराको मासु,खसीको मासु, सलाद हेर्दै खाउ खाउ लाग्ने परिकारहरु हरियो चौरमा कपडा बिछ्याएर सजाएको थियो ।
काममा जना हतार हुनेले खाना खाएर गैसकेका थिए । जाडो सकिएर गर्मि शुरु हुन लागेको समय मन्द मन्द सूर्यको किरण सिरसिर बतास समुन्द्रमा परबाट आइरहेका पानीजहाज अनि नेपालबाट सुरिलो स्वरका धनि गायक शिव परियार र हेमन्त शर्माका गीतहरु एकैछिन अर्कै सबै बिर्सिएर अर्कै दुनियाँमा हराए झैँ लाग्यो । शिव परियार भाइले नेपालबाट उमेश सुब्बा जीको सुमधुर सम्झना दिनु भयो । उहाँले इजरायलमा दिप्स र भगवतीलाई जसरीपनि भेटेर आउनु भन्नु भएको छ, भन्नु हुँदा एक सर्जकले अर्को सर्जकप्रतिको सद्भावले मन रमायो । उमेशजीको बसाई जर्मनी भए पनि एल्बमको तयारीको लागि नेपालमा हुनुहुन्छ । उहाँ मेरो मन पर्ने संगीतकार हुनुहुन्छ ! मेरो गज़ल मन पराएर संगीत भर्नु भएको छ, हाम्रो अक्षरकै नाता हो । जुन अत्यन्तै सुमधुर छ ! सधैँ रहिरहने छ । शिव परियारिले फेसबुक गर्नु गरायो । र हेमन्त प्रदेशीको माया त यस्तो होस्, क्या दामी भो सुन्दै एकछिन रमायौ ! समयले डाँडो काटिसकेको थियो ! रमाउन मन हुँदा हुदै सबैको तन त्यहि भए पनि मन काममा पुगिसकेको थियो । हतार हतार शिवभाइलाई आफ्नो अनुभव सुनाइ मागे । उहाँले नयाँ बर्षको शुभकामना सहित सबै दिदीबहिनीलाई भेट्न पाएर खुशी लाग्यो भन्नु भयो साथै इजरायलमा कार्यकम कस्तो भयो भनेर सोध्द मा स्टेजमा उभिदा जुन देशमा जादा पनि केटा मान्छे नै बढी दर्शकको रुपमा पाउँथे तर यहाँ प्रफमेन्श दिन स्टेजमा उभिदा यसो हेर्छु सबै महिला दिदीबहिनी मात्र एकछिन त झस्किएँ पनि भन्नुभयो । पुरुष साथीहरु थोरै मात्रामा त्यही पनि उहाँहरु पुरै झुल्नु भएको भन्नु भयो कम्ता हाँसो लागेन । "जे होस् दिदी कार्यकम सार्है रमाइलो भयो भन्नु भयो । उहाँहरु खुशी देखेर म पनि खुशी भएँ । हेमन्त जीले पनि इजरायलको बारेमा जे कुरा सुनिन्थ्यो त्यो भन्दा धेरै फरक पाएँ । अझ हाइफा सहर त अत्यन्तै सुन्दर अहिले तपाईहरुले कार्यकम गरेको स्थान त ठ्याक्कै पोखराको लेक साइट जस्तो लाग्यो भन्नु भयो । उहाँको भनाइले रमाइलो ठाँउमा रहेछु भन्ने लाग्यो ।
समयले नेटो काटिसकेको थियो । अस्ताउदो सूर्यको किरण क्षितिजमा पुगिसकेकोले आकाश पहेँलो पछ्यौरी ओडेर मुस्कुराई रहेको थियो । आकाश सिन्दुरे रंगमा दुलहीझै भएर लोभ्याई रहेको थियो । इजरायलीहरु हाम्रो पोशाकमा आखा गाढेर हेर्दै थिए ! घर फर्कदै गर्दा हेमन्त शर्मा जीले यहाँ कसरी काम गरिन्छ व्हिल चियर चलाउन नजान्नेले काम गर्न सकिदैन भन्दै खुब चाख लिएर कमको बारेमा सोध्नु भयो ! कोपिला खरेल र गीता गुरुङ सीसहरुले कामको बारेमा बताउनु भयो । यसरी दिनभरी रमाइलो मनभरि बोकेर मनभरि साथीहरूलाई आँखाभरी हेरेर फेरी अर्को कार्यक्रम मा भेट्ने बाचा सहित कलाकारसंग बिदा भएर आ-आफ्नो कामतिर फर्कियौ ! यस पालिको नयाँ बर्ष २०७० नेपाली कलाकारसँग सामुहिक भेटघाट गरी स्थानीय दिदीबहिनीको आत्मियता,सद्भाव साटेर अत्यन्तै रमाइलोसँग बितायौ ।
भगवति बस्नेत
.





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
