भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

नेभेसनानका दिदी बहिनीको आत्मियता र नयाँ बर्ष २०७० को स्वागत

सम्प्रेषक : भगवती वस्नेत Saturday, April 20, 2013
भगवती वस्नेत
----

बिहानको किरणले झ्यालको कापाबाट घाम चिहाइ सकेछ । बाइस  तल्लाको आलिसान बंगला सबैभन्दा पहिले घामको किरण त्यही ठोकिए झैँ लाग्छ । इजरायलमा बसे पनि आफ्नै देशको चाडपर्वहरु बिशेष लाग्छ नेपाली हुनुको बिसेषता पनि होला सायद आज बैशाख १ गते हामी हाइफा वरिपरी काम गर्ने दिदीबहिनी मिलेर सानो जमघट राखेका थियौ ।

त्यसैको लागि हतार हतार उठेर मंनिग वाल्क गए । बसन्त ऋतुको आगमनले प्रकृतिनै  बैश चढेर लहलह झुलेको छ ।थरिथरिका रङ्गीबिरंगी फूलहरुले मोहनी लगाइरहेका छन् ।  बाटाका छेउ छेउमा तितरीका नया पात बिहानको चिसो चिसो बतासले हल्लिरहेको छ सडक बीच र बाटावरिपरी फुलेका फूलहरु  मौसम नै मनमोहक देखिन्छ । कानमा एयर फोन राखेर  गीत सुन्दै एकनशाले आधा घण्टा जति हिडे जताततै  कोइराला  सेतो, गुलाबी रंगमा ढकमक्क फुलिरहेको थियो । यहाँका मान्छेहरुलाई यो  खानु हुन्छ भन्ने थाहा छैन । उनीहरु राम्रो देख्नाको लागि रोप्छन । मलाई कोइरालाको अचार खान मन लागेको थियो फेरि साथीहरुलाईपनि खुवाउन मन लागेर टपटप एक झोला टिपेँ, अनि घर फर्किएँ । १ दिउँसो एक बजे देखि हाम्रो कार्यक्रम थियो । घर आएर त्यसको अचार बनाएँ । निबुवाको अचार पनि बनाए मेरो भागमा अचार बनाउन परेको थियो । मा भान्सामा काम गर्दै थिएँ । साइरन बज्यो ! बूढा बा बसिरहेको शोफाबाट जुरूक्क उठेर २ मिनेट मौन धारण गरे । ९४ वर्षको बूढा तिनै सहिदलाई सम्झिएर आखाभरी आँशु बनाए । साइरन बज्दा सबै मान्छेहरु चाहे सडकमा गाडी गुड़ाई रहदा होस् चाहे अफिसमा काम गरिरहदा होस्, चाहे घरमा,चाहे बजार जहाँ भए पनि आफू भएको ठाउँमै टक्क  उभिएर सहिदको सम्झनामा २ मिनेट  मौन धारण गर्छन । एक हप्ता देखि इजरायलीहरुले आफ्नो देश ६५ बर्ष पुगेको बार्षिकी मनाइ रहेका छन । यो देशलाई यस स्थितिमा ल्याउन धेरै जिविशहरुले आफ्नो ज्यानको आहुति दिए । तिनै सहिदको सम्झनामा यिनीहरुले बिबिध कार्यक्रम सहित आफ्नो घरमा,आफूले चलाउने कारमा बशमा हरेक ठाउमा आफ्नो  देशको झन्डा टाँगेका हुन्छन । यिनीहरुको देशभक्ति अवारनीय छ ।  Israeli 65 Independence Day everywhere मनाई रहेका छन् । प्रत्येक नागरिक १८ बर्ष पुगेपछि २ बर्ष (बचेवा) देशको लागि समर्पित भइ देशको सेवा गर्छन २ बर्ष आर्मीमा जान्छन् । कतिले हाँसी हाँसी आफ्नो जीवन बलिदान पनि गरेका हुन्छन ।  हाम्रो देशमा २०७० बिक्रमसम्बत हुँदा यिनीहरु स्वतन्त्र भएको ६५ बर्ष पुगेको छ तर यहाँको बिकाशलाइ हेरेर  हाम्रो देशसँग तुलना गर्ने हो भने आकाश र जमिनको फरक भेटिन्छ । यिनीहरुको दुखद माहोलमा हामीले खुसियाली मनाउन पनि अप्ठ्यारो लागेर एकछिन टोलाए उसले मलाई हेरेर तिमी निराश भएको यो त हामी इजरायलीको गौरबको कुरा हो । हामीले आफ्नो मेहनत र  लगनले जिविश राज्य बनाउन सफल भयौ । यसो भानिरहदां ऊ गर्वले  फुलेर प्रशन्न देखिन्थियो उसलाई प्रशन्न मुद्रामा देखे पछि..



  ..म फेरी उही उत्साहको साथ आफ्नो काममा लागे ।   सबैले आफ आफ्नो घरबाट खान बनाएर ल्याउने योजना आनुसार । यहाँका दिदी बहिनीको आत्मियता देखेर मन प्रफुल्ल हुन्छ ।एक अर्काको कुरा सबैले मान्ने, एकअर्काको सुख दुखमा साथ दिने एकार्कामा सद्भाव मायाले हामी आफ्नो परिवार बिर्साउन थोरै भएपनि घरको याद कम गर्न सहयोग गरेको छ ।  अर्चना दिले फोन गरेर कति बेला आउछौ महारानी भन्नु हुन्छ, फोन राख्न पाएको छैन , गीता दिदी तिमी कता हो छिट्टै आऊ भन्दै उफ्रिनु हुन्छ मलाई नदेख्दा उनीहरु छट्पटाउछ्न् ।  अब निस्किएँ भन्दै फोन राखे यतिकैमा निर्मला सीसले फोन गर्नु भयो । हाइफा नजिकै भए आउनुस् ल ! भनेको थिए । इजरायलमा भेट हुन पनि संयोग नै जुर्नु पर्छ । म आउछु भनेर फोन गरेको भन्नु भयो अझ खुशी भए । प्रवाशको बसाई एकैछिन मनको उकुसमुकुस मेटाउन साथीभाइको भेटले नै धेरै सहयोग गर्ने रहेछ । हतार हतार गरेर घरको सबै काम सिध्याएँ । आज नेपालबाट आएका कलाकारहरु पनि हाइफा घुम्न आउदा हाम्रो कायक्रममा पनि आउने कुरा थियो त्यसैले गर्दा हामी  अझै उत्साहित थिएँ ।  निर्मला सीस पनि आइपुग्नु भयो दुबैजना कायक्रम स्थलतिर निस्कियौ । लिफ्टबाट ओर्लिने बित्तिकै सधै भन्दा भिन्न पोशाकमा देखेर छिमेकीहरु कामा याफा भन्दै हेरेको हेर्यै गर्न लागे । मलाई फेरि कसैले हेरे भने लाजले भुतुक्कै हुन्छु ! कामा याफा आत अयोम  (कति राम्री आज तिमी) भनेर मेरा सधै हेरिरहने देखिरहने मान्छे आज अर्कै पोशाकमा देख्दा अचम्म मान्नु स्वाभाविकै पनि हो।

 यस  लानु सना खादासा अयोम (आज नेपाली नया बर्ष हो ) त्यसैको लागि आज हामीले सानो कार्यक्रम आयोजना गरेकोले त्यसमा सहभागी हुन जान लागेको भन्दै अगाडी बढ्यौ ! बाटोमा भेटिएका जति सबैले एक टक्कले हेरिरहन्छन ! निर्मला सीस झन् लौ त्यो केटाले हजुरलाई पाइला सारेपिच्छे हेर्दैछ भन्दै अझ जिस्क्याउनु हुन्छ !करिव १५ मिनेट हिडे पछि समुन्द्र छेउको पार्कमा पुग्यौ । साथीहरु नेपाली पोशाकमा सजिएका कोहि राता,कोहि निला,कोहि हरिया,कोहि पहेला कुर्ता सुरुवालमा सजिएका थिए । एक से एक साथीहरुलाइ देखेर एकछिन उनीहरुलाई हेरिरहे । एक एक गर्दै अँगालो मारेर शुभकामना साट्दै हास्यौ रमायौ । सबै जना  फोटा खिचाउनमा व्यस्त देखिन्थे !


कलाकारलाइ बस्नको लागि अमृता सकी नसकी घरबाट कुर्शी ल्याउदै थिइन् यिनले आफ्ना साथीभाई अनि मान्यजनप्रति गर्ने ब्यबहारले म प्रभुल्ल हुन्छु ! माथिल्लो पट्टि पोष्ट अफिस पार्क वरिपरी तितरी र नरिवलका बोटहरु लहरै उभिएका थिए बिचमा चौर अनि त्यसमा पलाएको हरियो दुबो अनि त्यहाँबाट देखिने समुन्द्रको दृश्यले  मोहनी नै लगाउथ्यो ! अर्चना, इन्दिरा ,गीता कोपिला दिदीहरु लगायतका साथीहरु  आगलामा खाना बोकेर उभिइ रहनु भएको थियो ! अर्चना दिदी त यस कार्यक्रमको लागि  धेरै खट्नु भएको छ ! कसले के खाना बनाउने ,कसरी खानेकुरा बनाउने उहाँको निर्देशनमा नै भएको थियो ! सधै यो पटक सधै भन्दा  साथीहरुको बाक्लो  उपस्थिति थियो ! कति साथीहरु नयाँ हुनुहुन्थियो ! सबैसँग नयाँबर्षको शुभकामना साटयौ ! सबै प्रसन्न र खुशी मुद्रामा देखिन्थे ! १२ तारिकमा तेलअभिवमा नेपाली नयाँ बर्ष धमाका नेपालका प्रशिद्द तथा लोकप्रीय कलाकार शिव परियार ,हेमन्त शर्मा र इन्दिरा जोशीक साथमा भब्य रुपमा सम्पन् भएको थियो तर व्यस्तताले त्यस कार्यक्रममा सहभागी जनाउन नपाउदा दुखि पनि थिए ! नेपाली कलाकार राष्ट्रका गहना हुन् आफू इजरायलमा हुदा उहाँहरुसंग भेट्न पाए हुन्थ्यो भन्ने चाह हुने रहेछ ! अनि सुवाष भाईले हिजो नै कलाकारहरुलाई हाइफा घुम्न आउदै हुनुहुन्छ ! त्यही मौकामा म तपाइँहरुको  कार्यक्रममा लिएर आउछु  भन्नु भएको थियो ! १ बजे देखि जम्मा भएका हामी एकार्कामा धेरै रमायौ, बिबिध कुराकानी गर्यौ सबैजना ३,४ घण्टाको छुट्टीमा आएका थियौ काममा फर्कनु पर्ने हतार उत्तिकै थियो ! यसपाली टाढा टाढाबाट मेरो बहिनीहरु आएका कृष्णा कार्मेलबाट तारा किरात खाइमबाट त्यही ठाउँमा हामी चार बर्ष सम्म काम गरेका थियौ ! केहि बर्ष देखि मेरो काम हाइफामा सरेकोले हाम्रो भेट पातलिएको छ। कुनै कार्यकम बाहेक खासै भेटघाट हुदैन । धेरै समयपछि भेटमा उनीहरुलाई देखेर म अत्यन्तै आल्हादित भएको थिए ।


 कलाकारहरु आउने तर कामबाट सिधैँ कार्यक्रम स्थलमा आउने भएकोले कुनै गिफ्ट किन्ने समय जुरेको थिएन ।   त्यसैले कलाकार आउनुपूर्व सबै दिदीबहिनीले माया सद्भावले हाम्रा कलाकारको लागि केहि रकम उठायौ । सबैले श्रद्दाले आफूले सकेको रकम उठाउदा पनि झन्डै  १६ सय सेकेल उठेछ ।  कलाकारको गीत सुन्न उनीहरुसँगतस्विर खिच्न लालायित दिदीबहिनीहरु कलाकारको पर्खाइमा आखा बिछ्याउन थाले । उनीहरु ३.३० मा मात्र आइपुगेकोले कत्ति दिदीबहिनीहरु निराश हुदै फर्किसकेका थिए । इजरायलको नियम कडा छ दिएको समय भन्दा १ मिनेट ढिला भयो कि त कम्प्लिन गरिहाल्छन् ।  काम छ र न हामी यहाँ छौ कामको सम्मान पनि गर्ने पर्यो । कलाकार आउनासाथ दिदीबहिनीहरुले घेरा हालेर फोटो खिचाउन तँछाड मछाड गर्न लागे ।



  निक्कैबेरको फोटोसप पछि खान खायौ । हामी झन्डै ५० जना दिदीबहिनीहरु जम्मा भएको थियौ । संयोगले निरन,लीला र राजन भाइ पनि आइपुग्नु भएको थियो । खानेकुरा पनि धेरै भएको थियो ।  सेलरोटी, पुलाउ,हलुवा पुरी,  राजमा, आलुदम, काउली,सिमी,बोडीको तरकारी गोलभेडाको अचार, कोइरालाको अचार, आलु केराउ,काक्रोको अचार  कुखुराको मासु,खसीको मासु, सलाद हेर्दै खाउ खाउ लाग्ने परिकारहरु हरियो चौरमा कपडा बिछ्याएर  सजाएको थियो ।


काममा जना हतार हुनेले खाना खाएर गैसकेका थिए । जाडो सकिएर गर्मि शुरु हुन लागेको समय मन्द मन्द सूर्यको किरण सिरसिर बतास समुन्द्रमा परबाट आइरहेका पानीजहाज अनि नेपालबाट सुरिलो स्वरका धनि गायक शिव परियार र हेमन्त शर्माका गीतहरु एकैछिन अर्कै सबै बिर्सिएर अर्कै दुनियाँमा हराए झैँ लाग्यो । शिव परियार भाइले नेपालबाट उमेश सुब्बा जीको सुमधुर सम्झना दिनु भयो । उहाँले इजरायलमा दिप्स र भगवतीलाई जसरीपनि भेटेर आउनु भन्नु भएको छ, भन्नु हुँदा एक सर्जकले अर्को सर्जकप्रतिको सद्भावले मन रमायो । उमेशजीको बसाई जर्मनी भए पनि एल्बमको तयारीको लागि नेपालमा हुनुहुन्छ । उहाँ मेरो मन पर्ने संगीतकार हुनुहुन्छ ! मेरो गज़ल मन पराएर संगीत भर्नु भएको छ, हाम्रो अक्षरकै नाता हो । जुन अत्यन्तै सुमधुर छ ! सधैँ रहिरहने छ । शिव परियारिले फेसबुक गर्नु गरायो । र हेमन्त प्रदेशीको माया त यस्तो होस्, क्या दामी भो सुन्दै एकछिन रमायौ ! समयले डाँडो काटिसकेको थियो ! रमाउन मन हुँदा हुदै सबैको तन त्यहि भए पनि मन काममा पुगिसकेको थियो ।  हतार हतार शिवभाइलाई आफ्नो अनुभव सुनाइ मागे । उहाँले नयाँ बर्षको शुभकामना सहित सबै दिदीबहिनीलाई भेट्न पाएर खुशी लाग्यो भन्नु भयो साथै इजरायलमा कार्यकम कस्तो भयो भनेर सोध्द मा स्टेजमा उभिदा जुन  देशमा जादा पनि केटा मान्छे नै बढी दर्शकको रुपमा पाउँथे तर यहाँ प्रफमेन्श दिन स्टेजमा उभिदा यसो हेर्छु सबै महिला दिदीबहिनी मात्र एकछिन त झस्किएँ पनि भन्नुभयो । पुरुष साथीहरु थोरै मात्रामा त्यही पनि उहाँहरु पुरै झुल्नु भएको भन्नु भयो कम्ता हाँसो लागेन  ।  "जे होस् दिदी कार्यकम सार्है रमाइलो भयो भन्नु भयो । उहाँहरु खुशी देखेर म पनि खुशी भएँ । हेमन्त जीले पनि इजरायलको बारेमा जे कुरा सुनिन्थ्यो त्यो भन्दा धेरै फरक पाएँ । अझ हाइफा सहर त अत्यन्तै सुन्दर अहिले तपाईहरुले कार्यकम गरेको स्थान त ठ्याक्कै पोखराको लेक साइट जस्तो लाग्यो भन्नु भयो । उहाँको भनाइले रमाइलो ठाँउमा रहेछु भन्ने लाग्यो ।



समयले नेटो काटिसकेको थियो । अस्ताउदो सूर्यको किरण क्षितिजमा पुगिसकेकोले आकाश पहेँलो पछ्यौरी ओडेर मुस्कुराई रहेको थियो । आकाश सिन्दुरे रंगमा दुलहीझै भएर लोभ्याई रहेको थियो । इजरायलीहरु हाम्रो पोशाकमा आखा गाढेर हेर्दै थिए ! घर फर्कदै गर्दा हेमन्त शर्मा जीले यहाँ कसरी काम गरिन्छ व्हिल चियर चलाउन नजान्नेले काम गर्न सकिदैन भन्दै खुब चाख लिएर कमको बारेमा सोध्नु भयो ! कोपिला खरेल र गीता गुरुङ सीसहरुले कामको बारेमा बताउनु भयो । यसरी दिनभरी रमाइलो मनभरि बोकेर मनभरि साथीहरूलाई आँखाभरी हेरेर फेरी अर्को कार्यक्रम मा भेट्ने बाचा सहित कलाकारसंग बिदा भएर आ-आफ्नो कामतिर फर्कियौ ! यस पालिको नयाँ बर्ष २०७० नेपाली कलाकारसँग सामुहिक भेटघाट गरी स्थानीय दिदीबहिनीको आत्मियता,सद्भाव साटेर अत्यन्तै रमाइलोसँग बितायौ ।

भगवति बस्नेत
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com