भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

लेख आफै बोलेको छ !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, December 30, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
'पार्लियामेन्ट सदस्यको कार्यालय'
यो डिसेम्बरको महिना मलेसियाको धेरै स्थानमा ठुलो बर्षा भयो । चारैतिर समुन्द्रले घेरिएको देस र बर्ष भरि एकनासको मौषम भएको दक्षिणी चिन समुन्द्रको भूभाग भएर होला याहाँ प्राय बर्षा भई रहन्छ तर बर्षा बढी हुनासाथ बाढीले नराम्रो संग दुख दिने गरेको देखिन्छ ।

पंक्तिकार हाल मलेसियाको जोहोर राज्यको बातुपाहात जिल्लाको सदरमुकाममा कार्यरत छ । पंक्तिकारलाई रोजगार दिने कम्पनीको कम्पनी हेड क्वार्टरमा बसोबासको ब्यबस्था मिलाई देको छ । भुईतलामा कम्पनीको कार्यालय, दोश्रो तलामा कम्पनीको बैठक कोठा र तेश्रो तल्लामा आवास गृह रहेको छ ।

सन २०१४ को पार्लियामेन्ट निर्वाचनमा बिजयी हुने पार्लियामेन्ट सदस्यले मेरै कम्पनि संगै जोडिएको घरमा केहि महिना अगाडी कार्यालय खोलेर आफ्नो निर्वाचन क्षेत्रको काम कार्य सुरु गरेका छन । दैनिक फाट्टफुट्ट आफ्नो निर्वाचन क्षेत्रको मतदाताहरु आएर आफ्नो समस्या राख्ने गरेको देखिन्थ्यो ।
बिगत केहि दिन देखि बातुपाहात ईलाकामा निकै बर्षा भयो र केहि समथर भूभागमा डुबान परेको छ भन्ने जानकारी पाएर होला भुइँतल्लाको मूल ढोकामा 'बाढी पिडितलाई सहयोग गर्न चाहनु हुन्छ भने सुक्खा खानेकुरा लगाएतका सामाग्रीहरु सहयोग गर्नु हुन अनुरोध' भनेर फोटोकपि पेपरमा कम्प्युटर प्रिन्ट गरेर अस्ति २९ तारिखमा टाँसेको देखिएको थियो ।
'बाढीपीडितहरुको लागी संकलित राहत सामाग्री'
'एक थुकी सुकी सय थुकी नदि' भन्ने उखानलाई चरितार्थ पार्दै त्यो सुचना टाँसेको दिन देखि स्वतस्फुर्त रुपमा मतदाताहरुले आफैले खरिद गर्दै विभिन्न सहयोग दिएको देख्दा यो पंक्तिकार अचम्ममा परेको छ र केहि तस्विर खिंचेर यसै आलेखमा प्रस्तुत गरेको छु । जनताबाट निर्वाचित प्रतिनिधिले आफ्नो निर्वाचन ईलाकामा के कसरि खटेर काम गर्दा रैछन त्यो प्रत्यक्ष देख्दा आज मलाई मेरो देसको निर्वाचित प्रतिनिधिको सारै झझल्को आईरहेको छ ।

हाम्रो देसको निर्वाचित प्रतिनिधिहरुले हाल पाईदै आएको तलब भत्ताले राजधानीमा बाच्न गारो भो भनेर गुनासो गरेका खबरहरु पत्र पत्रिकामा समाचार प्रकासित भएको धेरै दिन बितेको छैन । संसद सदस्य हुन या अन्य सदस्य ति जनताको मतले निर्वाचित भएका प्रतिनिधीहरु हुन । जागिर खानको लागि भनेर निर्वाचनमा भाग लिएर निर्वाचित भएर गएका पक्कै पनि हैनन ।

बाढी पैरो देखि अन्य विपत्ति सबै देसहरुमा घटी रहेको हुन्छ भने हाम्रो देस नेपालमा पनि नहुने कुरै भएन । केहि महिना अगाडी देसको विभिन्न भागमा बाढी पहिरो जाँदा हाम्रा माननीय सदस्यहरुले के कस्तो सहयोग गरे ? अहिले जाडो र तुषारोले गरिबको बिल्लीबाठ भै रहेको छ भने त्यस्तो मानबिय उद्धार कार्यमा हाम्रा जनप्रतिनिधिहरु किन खट्दैनन ? सम्बन्धित निर्वाचन क्षेत्रको जनप्रतिनिधिले एक सब्द बोलिदिंदा पिडितको उद्धार हुन्छ भने त्यस्तो महान कार्यमा नलागेर खालि भत्ता पुगेन, बजेट पुगेन भन्दै करोडौ करोड माग गरेर आफु र आफ्ना कार्यकर्ता पोस्ने हाम्रा नेताहरुले जनता र देसको बिकास गर्लान ? गरेको भए पंचायत फ्याँकेर प्रजातन्त्र देखि लोकतन्त्र समेत स्थापना भएको २५ बर्ष नाघ्न लाग्यो बिकास देखिनु पर्ने हैन र ?

अंग्रेजले उखु जस्तै चुसेर खोक्रो बनाएर गएको मलेसिया जुन मलेसियाले यो पंक्तिकार जस्तै बिभिन्न देसका लाखौ लाख श्रमिकहरुलाई रोजगार दिएको छ जम्मा २२ बर्षमा बिकासले सम्पन्न भएर बाहिर देसको नागरिकहरु समेतलाई रोजगार दिन सक्छ भने २५ बर्षमा मेरो देस नेपाल दिन प्रतिदिन किन खोक्रो हुँदै गयो ? यसो हुनुमा गल्ति कमजोरी हामि जनताहरुकै हैन र ? हामीले राजनीतिक पार्टीका नेताहरुको गुलिया र चिप्ला कुराहरुमा नलागेको भए आज हाम्रो देस पनि मलेसिया सिंगापुर पक्कै हुन्थ्यो होला नि हैन र ?

२०१४ डिसेम्बर ३१

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com