२०७१ माघ १ गते बिहिबार क्राईम चेक साप्ताहिकमा प्रकाशित |
मदेस गोर्खालीको हैन
जबर्जस्ति पाहाड़े राजाहरुले लुटेर लिएको हो भनेर पस्चिमा दलाल सी.के राउत देखि आफुलाई
बिद्द्वान लेखक देखि राजनीतिक बिश्लेषक भन्न रुचाउने युरोपियन युनियनका भरिया सी.के
लाल सम्मले कुतर्क दिंदै हिडेका छन भने 'एक मदेस, एक प्रदेस' भनेर नाराको साथ तराई
बाट पाहाड़ेहरु खेद्ने अभियानको नाईके भारतीय बिस्तारबादीको हल्कारा उपेन्द्र यादबको
चुरीफुरीको त झन् के बयान गर्नु । त्यस्तै दोश्रो पटकको संबिधान सभाको निर्वाचनमा
मदेसका जनताले औकात देखाई दिए पछी यो हार हाम्रो लागी भन्दा पनि भारतको लागी
चिन्ताको बिषय हो भन्ने भारतका ढोके सद्भावना पार्टीका नेता राजेन्द्र महतो देखि
सरिता गिरि यी सबै भारतको ईसारामा चल्ने रिमोटक पुत्ला हुन ।
नेपालको सिमाना हिजो
काहाँ सम्म थियो र आज काहाँ सम्म छ भन्ने कुरा यी सबै मदेसी नेताहरुलाई राम्रै संग
थाहा नभएको पनि पक्कै हैन भने यिनीहरुले उचालेको नारा र बितण्डा केवल आफ्ना
दक्षिणी मालिकको आदेस र निर्देसनमा मात्र हो भन्ने कुरा पनि राम्रै छ थाहा छ ।
हाम्रा नेपालीहरु 'निमकको सोझो' गर्न संसारमा अब्बल छन । निमकको सोझो नगरेको भे
हिजो अंग्रेजले संसारभर साम्राज्यबाद कायम गर्न देखि लिएर अहिले नेपालको केहि
गद्धार मदेसी नेताहरुले एक मदेस एक प्रदेशको राग अलाप्न पक्कै पनि सक्दैन थियो ।
एक मदेस एक प्रदेसको माग अहिले एक्कासी उठेको हैन र यो उहिलेकै योजना अनुसारको
एउटा भाग मात्र हो ।
नेपालको नाम चलेको
नाटक निर्माण देखि त्यस्ता नाटकहरुमा अभिय गर्ने कलाकारहरु को हो भनेर प्रश्न
गर्ने हो भने सबैले एकसुरमा 'मह' जोडीको नाम लिन्छन । जवाफ सहि पनि हो किनभने 'मह'
जोडी जत्तिको सफल कलाकार नेपालमा अरु कोहि हुन सक्दैन । तिनै मह जोडीले एकताका
'बिज्ञापन' नामको नाटक देखाए । 'बिज्ञापन' नाटक देसको कुना कन्दरा देखि संसारभर का
नेपालीहरुले हेर्ने मौका पाएको थियो भने नेपालको ईतिहासमा सबै भन्दा बढी प्रदर्शन
भएको नाटक पनि 'बिज्ञापन' नै हुनु पर्दछ ।
कुनै नाटक लामो समय
सम्म देखाईदा त्यसमा अभिनय गर्ने पात्रहरु समय समयमा फेरिंदै जान्छन । 'बिज्ञापन'
नाटकमा पनि केहि पात्रहरु फेरिंदै गएको थियो । जसरि 'बिज्ञापन' नाटकमा पात्रहरु
फेरिंदै गयो ठ्याक्कै त्यहि तरिकाले मदेसको राग अलाप्नेहरु पनि फेरिंदै गएको छ ।
नेपालमा दोश्रो पटक
प्रजातन्त्र २०४६ सालमा स्थापना भएको हो जुन कुरा सबै नेपालीहरुलाई कण्ठ भै सकेको
छ भने दोश्रो पटकको प्रजातन्त्र स्थापना भए पस्चात प्रजातन्त्र स्थापनाको प्रथम आम
निर्वाचन २०४८ सालमा हुँदै थियो । आम निर्वाचनमा प्रचार प्रसारको लागी नेपालमा
पहिलो पटक खोलिएको क्षेत्रिय पार्टी 'नेपाल सद्भावना पार्टी' ले आफ्नो
पार्टीको चुनाव प्रचार प्रसारमा आफ्ना नेता तथा कार्यकर्ताहरु खटाएको थियो । सोहि
अनुसार सर्लाही जिल्लाको केसरगंज गा.बि.स मा पर्ने बयलबास बजारमा सद्भावना
पार्टीले राखेको आमसभामा उक्त पार्टीको महिला नेता 'अमृता अग्रहरी' ले हिन्दीमा
भाषण गर्दै नेपाली टोपी लाउने पाहाड़ेहरुलाई महेन्द्र राजमार्गको उत्तरतर्फ खेद्नु
पर्छ भनेर भाषण गर्ना साथ भिड उत्तेजित भएर पार्टीको कार्यक्रम बिथोलिनुको साथै
अमृता देबी अग्रहरीले ज्यान जोगाएर भाग्नु परेको घटना सर्लाहीबासीले पक्कै पनि
बिर्सेका छैनन होला ।
सद्भावना पार्टी
सप्तरी जिल्लामा घर हुने स्व.गजेन्द्र नारायण शिंह भन्ने ब्यक्तिले स्थापना गरेका
हुन भने हिजो पंचायतीकालमा निजको आधा बसोबास भारतको बिहार राज्यको पटनामा हुन्थ्यो
र सुन्नमा आए अनुसार पटनामा पनि निजको आफ्नै निजि घर जग्गा छ भन्ने भनाई थियो र
नहोला पनि भन्न सकिन्न ।
तराई भने पनि मदेस
भने पनि नेपालको दक्षिणी भूभागमा पर्ने सुदुर पुर्बको झापा देखि सुदुर पश्चिमको
महाकाली सम्मको सबै जिल्लाहरुमा बसोबास गर्ने हाम्रा नेपालीहरुको रोटि देखि बेटी
सम्मको नाता साईनो छिमेकी भारतको बासिन्दा संग छ भने रहन सहन, भेषभुषा देखि खानपान
सम्म एकै प्रकारको छ भने चाडपर्व संस्कृति समेत उस्तै छन । नाता गोता कुटुम्ब
जोड्दा सकभर आफ्नोमा जोड्ने चलन भएर होला देसको भूगोल अलग भएता पनि हाम्रो मदेसका
नेपालीहरुको बिहाबारी साईनो पुर्ब, दक्षिण देखि पश्चिम भारतका नागरिकहरु संग छ ।
यस्तो साईनो अहिले भर्खर मात्र नभएर परापुर्बकाल देखिनै चल्दै आएको हो जसको
प्रत्यक्ष प्रमाण हो जनकपुर मिथिला राजाको पुत्री जानकी (सिता) को बिवाह भारत
अयोध्या निवासी राजा दसरथ पुत्र श्रीराम संग हुनु ।
छिमेकी भारतलाई सयौ
बर्ष साम्राज्यबादी अंग्रेजले आफ्नो पन्जामा राखेर सासन गर्दा समेत नेपाललाई
अंग्रेजले आफ्नो नियन्त्रणमा राख्न नसकेको ईतिहास पनि छिमेकी भारतीयहरुले पक्कै
पनि बिर्सेका छैनन होला । तिनै अंग्रजलाई देसबाट धपाउन गरिएको स्वतन्त्रता
आन्दोलनमा नेपालको युवाहरुले पनि ज्यु ज्यान दिएर सहयोग गरेको घटना पनि भारतीय
राजनेताहरुले भुलेका छैनन । स्व. बि.पी कोईराला देखि वर्तमान नेपालको प्रधान
मन्त्रि सुसिल कोइराला तिनै पात्र हैन भनेर भारतीय नेताहरुले भन्न कदापि सक्दैनन
भने गुनको बदला बैगुनले तिर्ने छिमेकीको नियत जायज नाजायज के बयान गराई भो ।
अंग्रेजहरु हिजो सियो
बनेर पस्थे र फाली बनेर निस्किन्थे । आर्काको देसमा पसेर तिनै देसका नागरिकहरुलाई
जुधाएर आफ्नो स्वार्थ सिद्ध गर्नमा माहिर थिए । अंग्रेज फर्केर गए तर तिनको कपटी
विधा आज भातीयहरुले सिकेका छन । छिमेकी भनेको मर्दाको मलामी र ज्यूँदोको जन्ती हो
भन्छन तर यी कस्ता छिमेकी हुन जो सदियौंदेखिको रोटि देखि बेटी संग साईनो भएको
छिमेकीको घरमा आगो सल्काएर आनन्द मानेर हेर्दै बसेका छन । छिमेकी भारत नेपाललाई
आफ्नो बडा भाई भनेर भन्छन । गल्ति गरेका छन भने त्यस्तो गल्ति गर्नेलाई हप्की
दप्की गर्ने काम बडा भाईको हो कि हैन ? तर बडा भाई भन्ने तर छोटाभाईको देसमा कलह
मच्चाउने यो कस्तो नीति हो ?
युक्रेन भन्ने देसमा
पनि हाम्रा मदेसी नेताहरु जस्तै गद्धार रुसी समर्थक नेताहरु बस्थे र तिनै
गद्धारहरुले बितेको बर्षमा आफ्नो मालिक रुसका सेना बोलाएर क्रिमिया भन्ने प्रदेसमा
हिंसात्मक गतिबिधी गरेर अन्त्यमा उक्त क्रिमियालाई रुसमा बिलय गराए । यी भारतका
दलाल केहि थान मदेसी नेताहरु पनि नेपाललाई 'एक मदेस एक प्रदेस' को नारामा अल्झाएर
नेपालको तराई मदेसको भूभागलाई भारतमा बिलय गराउन चाहन्छन । मदेसी नेताहरुको सक्कली
ईरादा नै त्यहि हो । हाम्रा उत्तरी छिमेकी चिन हुन या दक्षिणी छिमेकी भारत ति
देसहरुमा रास्ट्रघाती काम गर्ने व्यक्तिलाई सिधै मृत्युदण्ड दिने चलन छ भने हाम्रो
देस नेपालमा पनि यस्ता रास्ट्रघाती दलाल नेताहरु थुप्रै छन । कोहि मदेस्बादी
नेताको भेषमा छन भने कोहि लेखक तथा राजनीतिक विश्लेषकहरुको भेषमा, कोहि पत्रकार
तथा साहित्यकारको भेषमा छन भने कोहि नागरिक समाजका अगुवा देखि मानवअधिकरबादीको
भेषमा भने यस्ता देस द्रोहीहरु लाई पनि छिमेकमा दिए जस्तै संजाय दिनु पर्ने हैन र
? होस गर रास्ट्रघातीहरु मदेस हुन या पहाड वा हिमाल ति भूभागहरु तिम्रा आमाले न
पेवामा ल्याएको हुन न तिम्रा बाबुको बिर्ता । त्यसैले देस टुक्र्याउने सपना
नदेख्दानै राम्रो ।