~~ गजल~~
प्रवासमा रुनु कति यो मन मैले दुखाएर
तप्प तप्प आँखाबाट अश्रुधारा चुहाएर
कोपिलामै छोडेकीथेँ आज हुर्के छोराछोरी
माया-ममता सजाकीछु छातीभरि लुकाएर
भोक तिर्खा लाग्दा बरै सम्झे होलान आमा कति
फोटो हेर्दै सम्झी बस्छु मनलाई दह्रो बनाएर
समस्याका भेलहरू घट्नु भन्दा उर्लिरन्छन्
नदीसरि वेदनाका छालहरू बगाएर
रक्षा गर भगवती देवी माता भन्दै मैले
पूजा गर्छु हरपल आफ्नै मनलाई जलाएर ।।
प्रवासमा रुनु कति यो मन मैले दुखाएर
तप्प तप्प आँखाबाट अश्रुधारा चुहाएर
कोपिलामै छोडेकीथेँ आज हुर्के छोराछोरी
माया-ममता सजाकीछु छातीभरि लुकाएर
भोक तिर्खा लाग्दा बरै सम्झे होलान आमा कति
फोटो हेर्दै सम्झी बस्छु मनलाई दह्रो बनाएर
समस्याका भेलहरू घट्नु भन्दा उर्लिरन्छन्
नदीसरि वेदनाका छालहरू बगाएर
रक्षा गर भगवती देवी माता भन्दै मैले
पूजा गर्छु हरपल आफ्नै मनलाई जलाएर ।।





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
