जनक मान डङ्गोल janakdangol@gmail.com
हिजो सरकारी नोकरीमा जागिर खाँदा सानै पोस्टमा भए पनि सहि तर मेरो सबै
सित मित्रता थियो र अहिले पनि छ ! यो पार्टी उ पार्टी भन्ने कुरा हुन्न र
त्यस्तामा म बिस्वास पनि गर्दिन ! म नेपाली हुँ र म नेपाली भए पछी सबै
नेपालीहरु सित मैले मित्रवत ब्यबहार गर्नु पर्छ मैले देखे, जाने र भोगेको
कुरा यहि नै हो !
पुर्व सेना प्रमुख रुकमाङ्गद कटवालज्यु को आत्मकथा प्रकाशित हुनु भन्दा केहि दिन पहिला देखिनै नेपालको छापा देखि अनलाईन पत्रिकाहरुमा सम्म ब्यापक चर्चा परिचर्चा भयो तर मेरो लागी त्यो पुस्तक पढ्न पाउनु भनेको एक किसिमको सपना सरह थियो तर काठमाण्डौमा स्थाही ठेगाना भएका मित्र श्री प्रकास महर्जनज्युले मलाई माया गरेर आफ्नै लगानीमा पुस्तक पठाई दिनु भो ! उहाँको ऋणी भाको छु म र यसै सानो लेख मार्फत पु:न उहाँलाई हार्दिक धन्यवाद दिन चहान्छु !
पुस्तक पढी भ्याए ! समय निकालेर पढ्दा ६ दिन लाग्यो ! टिकाटिप्पणी देखि सहमति, असहमतिको कुरा ब्लगमा उल्लेख गर्दै जानेछु !
सारा संसारभरी चर्चा हुन पुगेको ‘रुकमाङ्गद कटवालको आत्मकथा’ मा लोकको चासो देखि चर्चा हुनु स्वाभिबिकै हो ! यसै क्रममा एक जना पुराना राजभक्त उच्च पदस्थका महानुभावज्यु संग ‘रुकमाङ्गद कटवालको आत्मकथा’ को बारेमा चर्चा भो ! चर्चा हुँदा उहाँको मुखारबिन्दु बाट प्रकट भएको वाक्यांस तल लिपिबद्ध गरेको छु !
राजा ज्ञानेन्द्र बाट सासन सत्ता हातमा लिई सके पछीको कुरा हो ! राज दरबारमा कुनै एक कार्यक्रम हुँदै रहेछ ! दर्बारबाट मेरो घरको नम्बरमा कल आयो ‘महाराजधिराज बाट भोलि कार्यक्रममा उपस्थित हुन आउनु भन्ने हुकुम भाको छ’ !
म जिल्ल परे त्यो बेला म कुनै सरकारी पद देखि मन्त्रि सम्म नभएर एक साधारण नागरिक भएको व्यक्तिलाइ राजाबाट असिम निगाह बक्स भै बोलाउनु मेरो निम्ति अहोभाग्य थियो ! तोकिएको मिति र समयमा कार्यक्रममा उपस्थिति हुन म मेरी धर्मपत्नी सहित दर्बार पुगे ! समारोहस्थलमा पुर्ब सेनापति रुकमाङ्गद कटवाल पनि हुनु हुँदो रहेछ त्यति बेला उहाँ आर्मीको चिफ हुनु भाको थिएन ! मलाई देख्नासाथ एक्कासी मेचबाट जुरुक्क उठेर हस्यांग फस्यांग गर्दै म भाको ठाउँमा आउनु भो र खुट्टा जोडेर मलाई सलाम ठोक्नु भो ! आर्मी चिफको सक्तिसाली जर्नेलको यस्तो चाला देखेर म र मेरी धर्मपत्नी छक्क पर्यौ !
हरेक कुराको सुचना लिन दिन देखि राख्न समेत पोख्त हुनुहुँदो रहेछ पुर्व सेनापति कटवालज्यु ! म मन्त्रि हुँदैछु भन्ने कुरा मैले सपनामा पनि सोचेको थिईन तर उहाँले कसरि पुर्ब जानकारी पाउनु भयो म आफै ताज्जुब परेको छु ! हरेक तह र तप्कामा उहाँको पहुँच रैछ भन्ने कुराको दह्रो प्रमाण थियो त्यो !
उहाँले पुस्तकमा आफ्नो मनको बह त राम्रै संग पोख्नु भएको रहेछ तर राजतन्त्र कसरि हट्यो, किन हट्यो र के कारणले हट्यो त्यो मलाई भन्दा पनि कटवाल जर्सापलाई राम्रो सित थाहा छ ! उहाँको पहुँच देसी बिदेसी सबै शक्तिहरु सित उच्च रहेछ भनेर उहाँ स्वयंमले पुस्तकको धेरै ठाउँमा उल्लेख गर्नु भयको रहेछ भने अन्य थाहा हुने देखि राजतन्त्र उखेलेर फ्याक्नेहरुमा विभिन्न पार्टीका नेताहरु देखि अन्य व्यक्तिहरु समेत तपसिलमा पर्छन !
आफुले लेखेको आफ्नो जीवनीमा आफुले आफैलाई ‘खलनायक’ हैन ‘नायक’कै रुपमा प्रस्तुत गर्ने गर्छन ! त्यो कुनै नयाँ र नौलो भएन मैले बुझेको चैँ यहिनै हो तर कटवालज्यु देखि जीहरुले प्रक्रिया नपुर्याई बिदेसिको ईसारामा रातारात ‘राजतन्त्र’ हटाउने जुन काम गर्नु भो त्यो देस र जनताको लागी अत्यन्त घातक भयो ! एक सच्चा बीर नेपालीले गर्ने काम र कदम यस्तो हुन सक्दैन ! यो देस र जनताको लागी दुर्भाग्य हो !
(तस्विर साभार: गुगल सर्च) |