भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हिन्दु धर्मको अपमान किन ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, September 16, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

तस्विर साभार : गुगल सर्च

जनक मान डंगोल/janakdangol@gmail.com
स्व.पोस्ट बहादुर बोगटी मेरो जन्मथलो नुवाकोटे बासिन्दा हुन ! धार्मिक मामलामा भन्नु पर्दा यो पंक्तिकार  जनक मान डंगोल नुवाकोटे भैरबी मन्दिरको पुजारी (धामी) को सन्तान हो !
स्व.बोगटीले हिजो कथित जनयुद्धकालमा माओबादीको हेडक्वाटर सम्हालेर बसेका हुन ! उनैको भरमा माओबादीले हिजो देसमा वितण्डा मच्चाएको कुरा कुनै दुईमत छैन किनभने प्रचण्ड, बाबुराम देखि बैद्य सम्मको बास हिजो भारतमा थियो !
माओबादीको कथित जनयुद्धमा हिजो हिन्दु धर्मको कति अपमान भयो त्यसको बयान गरि साध्य छैन ! मन्दिरमा बम बिस्फोटन गर्नु, गाई गोरुको आन्द्रा मन्दिरमा लगेर टाग्नु, देबी देउताको मन्दिरमा पिसाब फेर्नु देखि संस्कृत भाषाको पुस्तकहरु जलाउनु सम्म प्रमुख रुपमा पर्दछ !
कम्युनिस्टहरुले कुनै पनि धर्म मान्दैन ! कुनै पनि धर्म मान्दैन भन्नुकोअर्थ नास्तिक हुन्छ ! १९७७ देखि सन २००० सम्म पश्चिम बङ्गाल, भारतको मुख्य मन्त्रि हुने छिमेकी भारतको कट्टर कम्युनिस्ट नेता ज्योति बसुको मृत्यु पश्चात आफ्नो सरिर चिकित्सा बिज्ञानको लागी काम आउन भनेर चिकित्सा बिज्ञान प्रतिष्ठानलाई दानमा दिए र उनको सरिर आज पनि सुरक्षित छ !
नेपालको सबै कम्युनिस्ट पार्टी नेताहरुको भारतीय कम्युनिस्ट पार्टीको नेताहरु सुमधुर सम्बन्ध छ र उताको सिको पनि गर्छन,
तर,
नेपालको कथित जनयुद्ध पछी शान्ति वार्ताको नाटक रचेर पटक पटक सत्ताको सुख भोग गरि सकेका नेपालको सबै कम्युनिस्ट पार्टीहरुले धर्मको नाउँमा देखाएको यो दोधारे नीति किन ?
मृत्यु पश्चात जातीय र सम्प्रदायको रित अनुसार काज क्रिया गर्नेहरुले हिजो मन्दिरमा बम किन पड्काए ? हिन्दु धर्मको अपमान किन गरे ?
हिन्दु धर्मको अपमान गर्नेहरुले मृत्यु पश्चात पशुपति आर्यघाटमा सरकारी सलामी खाँदै चितामा आगो लगाउनु भनेको त्यो हिन्दु धर्म माथिको भद्दा मजाक हो कि हैन ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com