भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ताक परे तिवारी नत्र गोतामे !

सम्प्रेषक : खांट्टी कुरा Monday, September 1, 2014
खांट्टी कुरा
----
बिगत केही दिन अगाडि जनमुक्ति पार्टीका माननीय संसद सदस्य शिब लाल थापाले संविधान सभाको बैठकमा "राष्ट्रिय जनावर गाईलाई नै किन बनाउने" बरु कुकुर बनाए हुन्छ भन्ने बहसको सिलसिलामा अर्घाखांची जिल्लातिर घर भएर हाल खाडीमा रोजगारी गर्ने शिब गौतम नाम गरेको मित्रको सामाजिक संजाल फेसबुकको भित्तामा "हिजो आज गाईको मासु खान थालिसके", समय अनुसार परिमार्जन गर्दै लैजानु पर्छ त्यसकारण गाई लाइनै राष्ट्रिय जनावर बनाउनु पर्छ भन्ने जरुरि छैन भनेर आफ्नो धारणा सामाजिक संजाल फेसबुकमा राखेका रैछन !

राष्ट्रिय झण्डा तिनकुने भित्र चन्द्र सूर्य नै किन राख्नु पर्यो त्यो पनि समय अनुसार परिमार्जित गर्दै लैजानु पर्छ र चन्द्र सूर्यको ठाउँमा बुद्ध र अन्य कुनै चिन्ह राख्दा उपयुक्त हुन्छ भनेर दोश्रो पटक शिब गौतमले स्टाटस पोस्ट गर्ना साथ मैले तपाई हिन्दू ब्राम्हणको छोरा भएर बिखन्डनकारी नेता आंगकाजि शेर्पाको भाषा बोल्नु सुहाउछ भनेर मैले तिनको वालमा लेख्नुको साथै निजले पोस्ट गरेको स्टाटसमा पुन: सोही वाक्य लेखेर सेयर गर्ना साथ धेरैले ती शिब गौतमलाई गाली गरेको देखियो !
तपाई जनजाती भए जे जस्तो बोल्दा पनि हुन्छ तर मैले बोल्दा चैँ आपत्ति हुने भनेर जवाफ फर्काको केही समयपश्चात शिब गौतमले उक्त स्टाटस आफ्नो पोस्टबाट हटाएछन !

ब्राम्हणको छोरा भएर हिन्दू धर्मको रक्षाको लागि आवाज बुलन्द गर्नु गर्नेमा ब्राम्हणकै छोराले नै यस्तो घटिया गतिबिधि गरेको सहन नसकेर मैले तिनलाई मेरो वालमा निषेध के गरेको थिए निजले आर्को नामबाट खोलेको आई डीबाट मेरो च्याट बक्स्मा आएर "मैलेनै बढार्न खोजेको हु तलाई तर आफैले मलाई ब्लक गरिस" भन्ने जवाफ लेख्दा समेत मैले सिस्ट र नरम भाषा प्रयोग गर्दै जवाफ दिदै थीय पछि तथानाम भन्दै पुन: त्यो आई डीबाट पनि मलाई ब्लक गरेछन !

यही विषयलाई उठाउदै मैले फेसबुकमा 'तिवारी र गोतामे' चरित्र को प्रसंग उठाउदै स्टाटस लेखना साथ आर्का श्रीराम गौतम मित्रलाई असह्य भएछ ! जात दुख्दो रैछ भन्ने प्रमाण हो यो ! शिब गौतमले झण्डाको प्रसंगमा लेखेको स्टाटसमा राष्ट्रिय झण्डा सहित यो तिनकुने झन्डामा के खराबी छ र यो झण्डा नै उत्तम छ भनेर पोस्ट गर्ने ती मित्र श्रीराम गौतमले शिब गौतमलाई यस्तो भाषा लेखेर पोस्ट गर्नु हुन्न भनेर सम्झाउनु पर्ने वा राष्ट्रियताको सवालमा चाहिँदो नचाहिँदो जे पायो त्यही लेख्ने हो भनेर हप्काउनु पर्ने हो कि हैन ?

तर मित्र श्रीराम गौतमले उल्टो मलाई नै राजावादी जस्ता आरोप लाउदै मेरो वालमा आएर जातलाई छोएर किन लेखेको अब सबै माफी माग्नु पर्छ भनेर जवाफ समेत लेखिएको देखियो !

राष्ट्रिय जनावर गाई देखि राष्ट्रिय झण्डाको अपमान गर्दा कथित जनजातीको सुचिमा राखिएको म नेवार हिन्दूको छोराको रगत उम्लिन सक्छ भन्ने यी तागाधारी हिन्दू धर्मको पालनहार ६ डोरे जनै लाउने ब्राम्हणक सन्तान हौ बाहुनहरूको रगत किन सर्पको झैँ चिसो भो ? तिनले गरेको राष्ट्रघाती लेखाई चैँ 'बिचार' हुँदो रैछ भने तिन्कै पिता पुर्खाले आविस्कार गरेको उखान 'ताक परे तिवारी नत्र गोतामे' भन्ने चरित्र आज आएर सत्य भयो कि भएन ?

मैले बिरोधमा लेख्ना साथ मेरो लेखाई अस्लिल कसरी भयो ? राष्ट्रघाती कुरा गर्नेको बिरोध गर्ना साथ ती राजावादी हुन्छन भने म राजावादी नै सही किनभने यस्ता राष्ट्रघाती क्रियाकलापको समर्थन जनाउनुभन्दा राष्ट्रहितको समर्थनमा लेख्दा बरु मलाई पन्चे, मण्डले देखि राजावादीकै बिल्ला भिराउछन भने पनि म त्यो बिल्ला हासी हासी भिर्न तयार छु र यिनले भन्ने र दिने गरेको उपाधिले सुसोभित राजावादीहरूनै राष्ट्रवादी र देश भक्त रैछन भने मैले यस्ता तिवारी र गोतामे चरित्रको बिरोध गर्न किन नपाउने ?

देश आजको स्थितिमा आई पुर्याउनमा यी तिवारी र गोतामे चरित्रहरू सतप्रतिसत दोषी छन ! वाक पटुतामा माहिर यिनीहरू सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो बनाउन माहिर छन भन्ने कुरा २५ वर्षमा नेपाली जनताहरू देख्दै र भोग्दै आएका छौ र अँझै कति देख्नु पर्ने हो त्यो समयले नै देखाउला !

जनकमान डङ्गोल
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com