भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

के हो ब्यबस्था भनेको ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, May 6, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(लेखक:दिवाकर मैनाली)
हामी नेपाली हरुले नबुझेको कुरो के छ भने , पटक पटक पत्र पत्रीका देखी समाजीक सञ्जाल सम्म किन ब्यबस्था को पटक पटक बहस गरिन्छ ? आखिर के हो त ब्यबस्था र कुन ब्यबस्था ले के फाइदा भयो जनता लाई र कुन ब्यबस्थाले नेपाल र नेपाली लाइ कति सम्म घाटा नाफा भयो भन्ने सम्बन्धमा एकिन थाहा नहुन सक्छ  र सर्बसाधारण ले यसको बारेमा त्यति सारो चासो पनि लिदैनन किनकि दिनभरि आ आफ्नै काम धन्दा र ब्यबहारले बाँधीएका हुन्छन ।
आँखिर के हो त यो ब्यवस्था र यो किन पटक पटक फरक फरक नामले चिनियो , यो नै आजको प्रमुख बहसको बिषय बनिरहेको छ । २०४६  साल देखि आज सम्म कसै न कसैको नेतृत्वमा पटक पटक ब्यबस्था परिवर्तन भइरहेको छ । ब्यबस्था को नाम धेरै पटक परिवर्तन गरियो । तर ब्यबस्था जति नै पटक परिवर्तन गरे पनि जति नै पटक परिमार्जन गरे पनि नेतृत्व भने परिवर्तन हुन सकेन । ब्यबस्था भनेको कुनै पनि सँघ संस्था वा ब्यापार ब्यबसाय होस या मुलुक लाइ सँञ्चालन गर्नको लागी यो सिमित ब्यक्ती हरुको समुह भनेर चिनिन्छ ।
ब्यबस्थित तरिकाले दैनिक कार्य संचालन गर्ने कामलाइ ब्यबस्थापन भनिन्छ । यो ब्यबस्थापन बिना कुनैपनि सँघ संस्था वा मुलुक सम्म पनि चलाउन सकिन्न । ब्यबस्थापन दरिलो र दक्ष हुन जरुरी छ । बिना दक्ष कुनै पनि ब्यबस्थापन सफल हुन सक्दैन र अन्तत त्यो ब्यबस्थापन ले चलाएको कुनै पनि सँघ संस्था होस या ब्यापार ब्यबासय अनि मुलुक पनि पुरै बिचलीत हने छ ।
नेपाल जस्तो गरिब तर प्रकृतिको धनि देशको लागी पनि दिनदिनै पटक पटक परिवर्तन गर्दै कायम गरिएको ब्यबस्थानै अभिसाप बन्दै गइरहेको छ । जनतालाइ बली दिएर पटक पटक गरेको ब्यबस्था परिवर्तन ले हामि करिब करिब बाईसे चौबिसे राज्य तिरको बेला जस्तो स्थितिमा पुगिसकेका छौँ । आज हामि त्यहीताकाको जस्तै आफ्नो सिमित राज्य र धर्म अनि  जात को लागी लडिरहेका छौँ । साथि साथि अनि भाइ मा दुश्मनी मोलिरहेका छौँ । तिभि यो जात म यो जात , तिम्रो यो राज्य र मेरो त्यो राज्य भनेर आफ्नो मातृभुमिलाइ रणमैदान बनाइरहेका छौँ ।
आँखीर हामि के को लागि लडिरहेका छौँ ? यो हामिले गम्भिर भयर बुझ्नु अतिनै जरुरी भैसकेको छ । पानि धमिल्याएर बाहिरि देश ले सुनको माछा मार्ने काम गरिरहेका छन् । यो हामिले बुझ्न सकिरहेका छैनौ । कति पय ले बुझे पनि बुझ पचाएर ब्यक्तिगत स्वार्थमा चासो दिएका छन । हामिले बाहिरी शक्तिलाई फाइदा लुट्ने बाटो खुलाईरहेका छौँ । पटक पटक जनताको बलिदान द्वारा भयको परिवर्तनमा ब्यबस्थापन परिवर्तन हुन नसक्दा हामिले आजको यो दिन भोग्न बाध्य भएका हौँ ।
हीजो पनि यिनै ले देश चलाएका हुन र आज पनि यिनैले चलाउदै छन कुनैपनि परिवर्तन भयको छैन । झनै जनताको बलीदानले यीनिहरुलाई झोलि भर्न सजिलो भयको छ आज । हिजो राजा माहाराजा हरुले खबरदारी गर्थे , अँकुश पनि लाउथेँ । राजा छ भनेर डराऊथे तर आज राजब्यबस्था नै नरहे पछी के को डर झन खुल्म खुल्ला लुटिरहेका छन । तँ छाड र म छाड गरेर आफ्नो धोक्रो बलियो बनाउदै छन । छाडा तन्त्र भयको छ आज देशमा । बन्दुक को भरमा , शक्तिको भरमा जस्ले जे गरे पनि आबाज उठाउन र खबरदारी गर्न भने कसैले सकेको छैन । हिजो खबरदारीको मुख्य भुमिका खेलिरहेको पत्रकारहरु पनि पार्टिकै जुठोपिठोमा लठ्ठीएका छन । सम्पुर्ण न्याय पालिका नै राजनैतिक दलको शिकार भयका छन । तसर्थ ब्यबस्था परिवर्तन हुनु भन्दा पहिला ब्यबस्थापन परिवर्तन हुन जरुरी छ । जबसम्म ब्यबस्थापन परिवर्तन हुदैन तबसम्म मुलुकले निकाश पाउदैन ।
ब्यबस्था परिवर्तन को नाम दिएर एकसे एक राजनितीक,  सँघ संस्था खोलि जनता ठग्ने काम भइरहेको छ । हामिले सोचेका थियौँ ब्यबस्था परिवर्तन भय पछि हामि जनताको आर्थिक उन्नति हुनुको साथै शिक्षा, रोजगारको अवसर मिल्ने छ तर यो सत प्रतिसत गलत साबित भयो । न  जनताले उन्नत शिक्षा पाए न रोजगार नै । भयको सरकारी स्कुलमा पनि राजनितीक थलो बन्यो र कलकारखानाहरु दिन दिनै बन्द हुदै गयो ।
कलकारखाना बन्द हुनुमा पनि राजनैतिक युनियन को प्रमुख कारण हो । देश को ब्यबस्थापन राम्रो र दक्ष नहुनाले प्रशासन, न्यायालय , न्यायपालीका , कुटनैतिक सम्बन्ध को तहस नहस भयो । जब यि निकाय देशमा रहदैन, रहेर पनि स्वतन्त्र पुर्वक काम गर्न पाँउदैनन भने देश भडखालोमा जाने निष्चीत छ । हीजो को पुरानो ब्यबस्था वा पञ्चायती ब्यबस्था को कुरा गर्ने हो भने कम्तिमा सर्वसाधारणले आफ्नो गरि भनि खान त पाएका थिय ।
ब्यबस्था ले सर्वसाधारण जनतालाइ के नै गरेको थियो र ? के बिगारेको थियो र ? के मा प्रतिबन्ध र बन्देज लगाइएको थियो र ? एक पटक जनता ले आँखा खोल्ने दिन आएको छ । हो कति पय कुरा र काममा अशहज भने पक्कै पनि थियो तर त्यो जनता को लागि हैन यिनै नेताको लागि असहज भाको रहेछ । घुष तन्त्र , गुण्डा तन्त्र र गुट बन्दिमा अँकुश लागाइएको थियो यसै कारण नेता हरु खुम्चिन बाध्य भयका रहेछन् । अहिले छाडा भय अनि मनलाग्दी गर्दै छन् ।
एउटा पुलिस गाँउमा आउदा चार गाउ हल्लीन्थ्यो । कसैले कसैलाइ हेप चेप र गाली गलौज सम्म गर्दा मात्र पनि उसले कानुन बमोजीम सजाएँ पाँउथ्यो । तर आज खै त ? न पुलीस प्रशासन , नियम कानुन को पालना छ न न्यायालयको कदर छ । कदर त जस्को हातमा शक्ति छ उसैको मात्र छ । अनि के फाइदा भयो त जनता ले रगतको खोलो बगाएर ब्यबस्था परिवर्तन गरिदिएर । नेता धनि देश गरिब भयन त ? यहि हो हामि जनता को आँखामा छारो हालेर ब्यबस्था परिवर्तन गरेको परिणाम ।
मियो बिनाको दाँइ काम हुन्न भनेर नेपाली उखान त्यसै बनेको हैन रैछ । रानि बिना को माहुरी झैँ भयका छौँ आज हामी न घरको न घाटको । बोकाहरुले  दाँइ गर्न सक्ने भय सायद यो धर्तिमा गोरु नै पैदा हुने थिएन । जसले व्यबस्थापन चलाउन सकेको थियो उसैलाइ चलाउन दिइराखेको भय सायद आज नेता बदनाम  र जनता कंगाल पक्कै पनि हुने थिएनन् । बिश्वको जुन सुकै कुनामा गएपनि छाति खुलाएर गर्बका साथ भन्न पाँउने थियौ म नेपाली मेरो देश नेपाल ।
..


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com