भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

खै काहां छ हामी नेपालीहरुको ईज्जेत ?

सम्प्रेषक : खांट्टी कुरा Monday, May 5, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
खाडीमा गधा जोत्नेदेखी लिएर भेडा जोत्ने, साबेल, गैंती चलाम्ने देखि लिएर अरबीको लुगा धुने ! भाले हुन या पोथी सबै बिदेस पस्ने लर्को छुटेको छैन ! ठ्याक्कै दक्षिण पुर्बी एसियाको फिलिपिन्स, इन्डोनेसिया देखि क्याम्बोडिया अनि भियतनामी देखि बर्मेली जस्तै !
दक्षिण पुर्बी एसियाको फिलिपिन्स र इन्डोनेसियालाइ प्रकृति र भ्रस्टाचार, बर्मेलीलाइ सैनिक सासन, कम्बोडियालाइ खमेररुज भन्ने कट्टर लाल कम्युनिस्ट अनि भियतनामीलाइ साम्राज्यबादी अमेरिकाले दुख दिएर त्यो देसका जनताले बिदेसमा रोजगार गर्नु जानु लाइ बाध्य हुनु पर्यो !
२०४६ साल पछी ठ्याक्कै यही पारा नेपालमा भित्रियो जसको कारणले गर्दा म जस्तै चालीसौ लाख नेपालीहरु आज बिदेसमा श्रम गर्न बाध्य छौ !
किन ?
२०४६ साले प्रजातन्त्र देखि २०६३ साले लोकतन्त्र के येसैको लागि ल्याएको हो ? देसमा रोजगार दिन नसक्ने र आफ्नै जनतालाई बिदेस खेदेर त्यहि जनताको रेमिटान्समा रमाउने हो भने यस्ता गरिबमारा जनतामारा लोकतन्त्रको के काम ?
बिदेसमा रोजगार गर्नेहरुको पिडा थाहा छ ? रोज्गार दिने मालिक देखि तिनका आसेपासेले दिएको त्यो तुच्छ बचन देखि यातना पनि हामीले हांसी हांसी पचाउन सिकी सकेका छम ! हाम्री चेलीहरु ति मालिकको बासनाको सिकार भएर बिना बाउको बच्चा बोकेर नेपाल फर्किदा पनि अब हाम्लाई लाज लाग्न छोडीसक्यो !
हाम्रा अबोध चेलीहरु निर्धक्कसाथ भारत देखि तेश्रो मुलुकमा बेचिन्छन अब त्यो पनि नौलो लाग्न छोडी सक्यो भने हामि नेपालीहरुको इज्जेत छ ? खै काहा छ इज्जेत ? के हो इज्जेत र आबरु भनेको ? जब इज्जेत र आबरु नै बन्धकी राख्दै लाज पचाएर गाँस, बास,कपास र ओख्तिमुलो अनि बाल बच्चाको उन्नत भविष्यको लागी हामीले विभिन्न देसको बिदेसीको पैसामा आफुले आफैलाई साटी सके पछी अब पनि हामीले इज्जेत र आमाद खोज्नु भनेको भुसको थुप्रोमा सुइ खोज्नु जस्तै हो कि हैन ?
जुन देसको प्रधानमन्त्रीले टनकपुरको भारतको हो भनेर सिधै भन्छ ! देसमा बिदेसी फौज भित्र्याउन निमंत्रणा दिन्छ र जुन देसको नेता देखि सरकारी नोकरशाह बिदेसिको पैसामा बिक्छन र तिनका इज्जेत को समेत कुनै मुल्य छैन भने हामि निम्न स्तरको मजदुरले इज्जेत छ भनेर नाक फुलाउनुको के अर्थ ? त्यसैले अब चैँ निर्धक्क भन्छु म लोकतन्त्र मुर्दाबाद भनेर !
लेखाइ निम जस्तै तितो छ मेरो ! सत्य कुरा निम जस्तै तितो हुन्छ तर पचाउन अलि गारो हुन्छ !
लेखाइमा असहमत हुनेहरुको लागी 'भुल्चुक लिने दिने' तर सत्य कुरा पचाउन अलि गारै हुन्छ !

©जनक मान डंगोल janakdangol@gmail.com 
पेज मन पर्छ भने www.facebook.com/khattiuro लाइ LIKE गर्नुहोस ! 



.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com