एक रात उदाउनेछ
by Rabindra Paudel
अनि एक रात उदाउनेछ
एक दिन
जब बैसका जवान ज्वाला
तिम्रा
अस्ताउनेछन
अध्यारिँदो पस्चिमी पहाडतल
जब
मुहारका चाउरी --
ती सडक अनी गल्लीहरु, कुला अनी कुलेसाहरु --
समयले तिम्रो अनुहार फेरि सिर्जनेछ
र
द्रुत पसिना गेडी
पट्यारका
अशंख्य पाग्रा लहर झै
आवजसुन्य मोटर पङ्ति झै
भुँइ छुँदा
तिमी एकोहोरो
हेरिरहेनेछौ
आकाशको कालो उधिग्नता
धमिला
जहाँ एक हजार ताराहरु बिलैना गर्दैहुनेछन
त्यो पलायबान तिम्रो बैँशका खाँतिर
र रातको चन्द्र
त्यो कहाँ उदाउने छ र?
कतै
तिम्रो चहर्याउदो मन!
अनि
थकित खाटको काँतर चुइँचुइँसगै
बितेको खल्लो आधा सताब्दी
इर्श्यालु
एक पुरुषको पट्यरिलो वाक्य
उकुसमुकुश्
अनि दोहोरिदो थकान
तिमिलाई थिच्न रमाउने
त्यो मुढो पुरुष
लाछी तिघ्राहरु
त्यो नीर्जिब ढुङ्गो पुरुष।
बिर्स, मलाई बिर्स तिमी!
त्यो "कोहि" जो तारिफ गर्थ्यो
तिम्रो मुस्कानको।
बिर्स!
ती सितल पिपल हाँङाहरु
बिर्स!
कालो ठाँटी
कौवा टार
ती घिउकमिला
मसीना, चिल्ला
ती फिर्फिरे केराका पातहरु
टलक्क
पानी तलैया
बहने निली हाम्री मादी
बिर्स!
बिर्स, त्यो "कोहि" लाई
जस्को संसार निन्यौरो बल्थ्यो
तिमी नमुस्कुराएको सरद
अनी
जस्को संसार ज्योतिमा बोल्थ्यो
तिमी मुस्कुराएको हिँउद
हो,
समिकरण यस्तै थियो
गणितभित्र सुत्र जस्तो।
तर यो साँचो हो
की
एक रात उदाउनेछ
जब तिमीलाई मेरो याद आउनेछ
किनकी
मेरी लालिगुराँस!
थाहा छैन तिमिलाई
प्रेमको साँचो ज्वाला बिरलै निभ्ने गर्छ।
रबिन्द्र गोभिन