भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दुख: पाइयो मंगले आफ्नै ढंगले !

सम्प्रेषक : खांट्टी कुरा Thursday, May 29, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


निजामती कर्मचारी र पुलिसले जनतालाई दुख दियो, घुस खायो, तस्कर सीत मिलेर राजस्व घाटा गर्यो आदि आदि इत्यादि ! दैनिक जसो जनताको मुखबाट निस्किने उद्गार हो यो भने यस्तै आसयको समाचारले सबै खाले पत्रपत्रिकाहरु दिनहुँ रंगिएको हुन्छ !
नेताहरुको कठालोमा समातेर यो प्रश्न सोध्ने हिम्मत गरुन पैला ! रास्ट्र सेवक निजामती देखि प्रहरी कर्मचारीहरुले घुस किन खायो ? यदि खाएको हो भने तिनीहरु माथी किन कारबाही गरिएन ?
तर नेताहरुले जवाफ दिन सक्दैनन किनभने २०४६ साल पछी अधिंकास हिजो पार्टीका झोला बोक्ने झोले देखि तिनका आसेपासे र आफ्ना मतदाताहरुलाइ निजामती देखि प्रहरी सम्ममा भर्ना गर्न भ्याएका छन !
नेपालीले निमकको सोझो गर्छन ! कहिले पनि निमक हराम गर्दैनन ! यो बंशाणूगत हो र यसैको फाइदा लिएर गोरा बिस्व बिजेता भयो ! बिदेसमा काम र दाम देकाछन ! अहिले पनि बिदेसा नेपाली भनेसी काम दिन्छन ! यहि फाइदा कांग्रेस देखि कम्युनिस्ट सम्मले पनि मज्जैले उठाएका छन !
२०४६ साल भन्दा अगाडी सम्म सुकेनासले भेट्या त्यो ज्यानहरु आज बम पाउरोटी जस्तो चिल्ला र पुक्क भाका छन ! हेटौडामा बनेको हात्ती छाप चप्पल लाउने त्यो ज्यानले आज बिदेसी महंगा जुत्तामा पाउ कस्ट गर्छन ! करोड भन्दा घटीको महलमा बस्दैनन !
करोडको महलमा बस्न र सोहि अनुसारको लवाइ ख्वाई गर्नलाइ देस र जनता लुट्न पर्छ र त्यो काममा तिनका हनुमानहरुले मज्जैले साथ दिएको छन ! आफ्ना मणिप्लान्टको जरा उखेलेर फाल्न के तिनीहरुलाई बहुला कुकुरले टोकेका छन ?
जनताहरु बिरोध गर्दै गर्छन ! बिरोध गर्ने जनताको नैसर्गिक अधिकार हो ! बिरोध गर्न, बोल्न, ताल परेको खण्डमा आगजनी देखि तोडफोड गर्न दिन्छ्म भनेर कबुलेका छन ! सरकारी सम्पति नासिउन या भासिउन तिनका पुर्ख्यौली बिर्ता हैन क्यार ! तिनलाई के को टाउको दुखाइ !
लेखाइ एकदम निम जस्तै कडा छ ! यस्तो हुनुमा म नेता र तिनका हनुमानहरुलाई पटक्कै दोष दिन्न ! दुध खुवाएर पालेको साँप भन्ने जान्दाजाँदै पनि पटक पटक जिताएर त्यो ठाउँमा पुर्याउने जनता दोषी कि राज्य खोक्रो पार्ने पार्टीका नेताहरु दोषी ?
बोल्न पाएनौ भनेका हैनौ ? बोल्न दिएका छननि मज्जाले तर बोलेर मात्र पेट भर्छ ?  छात्तिमा हात राखेर भनम त के दियो २०४६ साले प्रजातन्त्र देखि ६३ साले गणतन्त्रले देस र जनताहरु लाई ?
हिन्दिमा एउटा उखान छ 'आ बैल मुझे मार' भन्ने अर्थात 'आइज साँढे मलाइ हान' ! जानाजानी 'साँढे' जन्माएर, पालेर,  हुर्काएर बढाएसी आज आएर 'साँढे' ले हानेर रगतपच्छे बनायो भनेर 'गोही' रोदन गर्ने कि राज्य र जनताको रगतले मोटाएर उन्मत्त भाको ति साँढेहरु लाइ समातेर कान्जीहाउसमा लगेर थुन्ने ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com