भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

प्रजातन्त्र र लोकतन्त्रले रास्ट्रसेवक र जनतालाई के दियो ?

सम्प्रेषक : खांट्टी कुरा Monday, May 26, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(तश्विर:फेसबुक बाट साभार)
स्वाभिमानी रास्ट्र सेवक सबै तहका कर्मचारीहरुको लागी २०४८ साल पछीको सबै सर्खार मुखा हालेको तातो पिडालु जस्तै न निल्नु न ओकल्नु  भाको छ ! जागिर छोडु संगठनको लागि दिन र रात नभनी पसिना बगाइएको छ, नछोडु भ्रस्ट र नैतिकता बिहिनहरुलाइ सलाम ठोक्न र तिनका आदेस मान्न स्वाभिमानी मनले मान्दैन !
जो आफ्नो नैतिकतामा उच्च छ शिर निहुर्याउन जान्दैन त्यस्ता रास्ट्रसेवकको लागी हुने अन्तिम निर्णय भनेको नै पलायन हुनु हो तर कसले बुझ्छ यस्ता कुराहरु ! सजिलै संग भन्छन सामना गर्न नसकेर पिठ देखाएर हिड्ने लाछी र नामर्द भनेर !
अब एकै बिकल्प छ SSP रमेस खरेलज्यु माथि ! कि आत्मस्वाभिमानलाई तिलान्जली दिंदै नैतिकता बिहिन बनेर भ्रस्टहरुको चाकडी बजाउने कि बिभाग र आफ्ना सहकर्मीलाइ हेरेर तुरुक्क दुइ थोपा आँसु चुहाएर पलायन हुने ! यो भन्दा अरु बिकल्प के नै छ र ?
२०१२ सालमा जन्माइएको प्रहरी ऐन देखि २०३३ सालमा लागु भएको प्रहरी नियमावलीले प्रहरी संगठनको कर्मचारीहरुलाई बधुवा मजदुर जस्तो बनाइ दिएको छ ! जसले पढेको छ, बुझेको छ र देखि भोगेको छ त्यसलाई मात्र थाहा हुन्छ नेपाल प्रहरीको ऐन र नियमावलीको बारेमा ! अरु निजामति कर्मचारीहरुले जस्तरी नेपाल प्रहरीले न बोल्न पाउछन न अन्य गतिबिधि गर्न किनभने छिमेकी भारतमा जस्तरी नेपालमा प्रहरी संगठनका सदस्यले युनियन खोल्न पाउदैन ! नेपाल प्रहरीमा पनि आज युनियन खोल्ने सुबिधा भै दिएको भए ऐन देखि नियमावलीलाइ संसोधन गर्थे होलान !
पुलिसको जागिर भनेको 'चौबिसै घण्टा घांटी माथी झुन्ड्याई देको तरवार' जस्तै हो ! भर्ना भएको दिन देखि अवकास भएर नहिडदाको क्षेण सम्म त्रासै त्रासमा बिताउनु पर्ने कुरा सर्बसाधारण देखी पार्टीका नेता तथा तिनका आसेपासेलाई के थाहा ? सबैले सोचेका छन पुलिसको जागिर भनेको सर्बसाधारणलाइ तर्साउने, धम्क्याउने र कमाउने पैसाको बोटहो भनेर !
चाडबाड सपना हुन्छ पुलिसको लागी ! प्राण फुस्किन लागेको आफन्तको अनुहार धरी हेर्न नपाएर झरी, बर्षा, भोक प्यास नभनेर खटेको कसैले देख्दैनन ! आरोप लाउन एकदम सजिलो छ ! बन्द हड्ताल आन्दोलनमा डिउटीमा बसेको प्रहरीलाइ जिस्क्याएर ढुंगा हान्नु जति मजा छ त्यो डिउटीमा बसेको प्रहरी कसरि खटेर बसेको छ भन्ने कुरा हाम्रा राजनैतिक पार्टीका नेता र तिनका आसेपासेलाइ के थाहा हुन्छ ?
स्वाभिमान बेच्न नचाहने धेरै खरेलहरु जस्ताले २०४८ साल पछी जागिर तिलान्जली दिएर हिडे ! हिजो तालिममा सिकेको र सपथ लिएको कुरालाई जसले अक्षरस पालना गर्न खोज्छ त्यो रास्ट्र सेवक धेरै दिन टिक्न सक्दैन संगठनमा !
हत्यारा, चोर, फटाहा, भ्रस्टाचारी, देसद्रोही भनेर थाहा हुँदाहुँदै पनि त्यस्तालाई पक्रेर निमकको सोझो गर्न पाइदैन भने जनताको नुन खाएर लिसोझैँ टास्सियेर बस्नुको कुनै तुक छैन किनभने गरिब नेपालीको पसिना सित्तैमा खाँदा त्यसले एक न एक दिन अबस्य पनि पोल्छ ! मर्ने बेलामा सजिलो संग सास जादैन भनेर हाम्रो धर्मले भन्छ !
२०४६ सालको प्रजातन्त्र र ६३ साले लोकतन्त्रले देस, जनता र स्वाभिमानी रास्ट्र सेवकहरु लाइ के दियो ? पार्टी, नेता र तिनका आसेपासेको लागी मात्र भनेर जनताले रगत बगाएर पटक पटक परिवर्तन गराई दिएको हो भने यस्ता ब्यबस्थालाइ आत्मसात गर्नुको कुनै तुक छैन ! यहि हो प्रजातन्त्र ? यहि हो लोकतन्त्र ? बोल्न र नेतालाई सरापेर मात्रै लोकतन्त्रको अनुभूति गर्ने हो भने यस्ता लोकतन्त्रको के काम ?


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com