एउटा नीति कथा:
एउटा छट्टु स्याल जहिले नि गाममा आएर ‘चिल आयो चिल आयो’ भनेर हल्ला गर्दो रैछ ! सोझा गाउँले आकासतिर हेरेको मौका पारेर खोरको कुखुरो टिपेर चम्पत कस्दो रैछ । तर, जति पल्ट फटाहा बोले पनि गाउलेहरूले ‘चिल आयो’भन्दा अँझै पनि आकास हेर्न छोडेका चैँ छैनन् रे !
स्वदेश देखि बिदेश समेतमा दिल सोभा आमैको बारेमा फैलेको हल्लाले जब उग्र रुप लियो त्यही मौका पारेर हाम्रा गरिप प्रधानमन्त्रीले ‘टनकपुर नेपालको हैन त्यो त भारतको हो’ भनेर फुक्दिये ! अब यसलाई ‘नैलामा दैला’ भन्नेकी ‘मौकामा चौका’ हान्या भन्ने ? हचुवाको तालमा देशको प्रधान मन्त्री जस्ताले त्यस्सै बोले होलान् त ? बोल्ने भए तिनका सान्दाज्यू स्व.गिर्जा प्रसाद कोइराला २०४६ साल पछि पटक-पटक प्रधान मन्त्री हुँदा यो कुरा किन बोलेनन ? मासाको दालाँ कालो चैँ पक्कै छ है ! अम्रिका बेलायेतीको कुरा छोडौं, यही वाक्य हाम्रा गणतन्त्रे नेताहरूको गुरुवाको देश्काले फुक्या मात्र भए, कि तिनी माथि जान्थे कि तल ! सस्तोसम्मको सजायमा कालो-मोसोको साथ गधा चढाएर देश चैं पक्का घुमाउँथ्यो !
नेपालको युवाहरूले मिहेनती रावण देशका गुरुबाको साथ् पाएर तर्तर पसिना बगाएर वर्ल्ड कप भन्ने बिदेशी खेल किर्कीट भन्ने खेले ! खेलाँ कि जित हुन्छ कि हार ! ३ थान खेलाँ २ थान खेल्या ! त्यो फाइनल भन्ने चरणको मुख नदेख्दै मुग्लानाट मुलुकाँ फर्क्या मात्र थे, सिन्दुरे जात्राको साथ देशै खादामय भो ! सप्पैले क्याबात भन्दै ह्याप्पी ह्याप्पी ‘थ्यान्कु’ भने ! सुत्केरीको नाउ गरी टाउको मैले खायाँ स्टैलाँ त्यो दिन धेरैले टिन बिर्के देखि खोया बिर्केसम्मको बोतल फुटाए !
हाम्रो देशाँ यो चौबिस वर्षां अजब-गजबको परानी देख्न पाइन्च्च ! त्यस्तै मध्येमा पूर्व हकर भन्ने रिखी धमलानि पर्दछन् ! आइरन गेटानि नपुग्या मुन्च्छी हुन तर अहिले देशकै सुपर हिट पत्रकार भाका’छन ! तिनैले किर्किट जित्वा खेलाडीको नाइके बस्या हुटेला गर इन्टरभ्यु भन्ने बात मारेका रैछन् ! मैले अगिनै लेखिसके धमलाले आइरन गेट देख्या छैनन्, त्यो भन्या एसएलसी नि नपढ़या ! धेरै पढ्नेको ठुलो बुद्दी हुन्च्च रे अनि धेरै पढ्नेलाई सय खत पनि माफीच्च’रे ! बरा धमलाले बात मार्या कुरा सप्पैले रिखी धमलाको खोइरो खन्न थाले ! त्यसरी खन्नेमा पिएचडी देखि म जस्तै सालेप रैछन् ! सालेप भन्या बुझ्नुहुन्छ ? साधारण लेखपढ क्या ! १० किलाससम्म पढेका मुन्छी ! हिजाज नेपालाँ ‘सालेप’ भन्छन ! उहिलेको पन्चेत हो र १० किलास पढ्या भनेर नाक फुलाउनु ? तर रिखी धमलाको जत्ति गिदी हामीसित भै दिएको भए देश आज कौरेसी स्व.पानबाज्याको सिंगापुर बन्थ्यो हौ, कोर्काली देखि गोर्खालीहरू !
याँ देशको मया कसलाई छ ? सप्लाई चैएको माल हो ! पैसोको लागि हिजाज मुन्छिले जे पनि गर्छ ! सरकारी कुर्चीमा बसेर देशको सुचना बेच्न हुन्छ, प्यार देखि डिभी लेर गोरा र कुइरेको देशाँ बसेर तर मार्न पाइन्छ ! फ्याक्से देखि इमेले सम्ममा ज्यान अम्रिका युरोपाँ बसेर अध्ययन गर्दैछ ! बिदा स्वीकृति होस् भने मात्र पुग्ने ! भनेकै मान्ने पर्यो नि देशा डेमोक्रेसी देखि रिपब्लिकसम्म ल्याम्नलाई कम्ता दुख गरेका थिएनन् बराहरूले ! फेरि यो प्यार देखि डीभी लेर उता बसेनन् भने हाम्रा नेताहरूलाई उता खादा कल्ले ओढाई दिन्छ ? सपिंग भन्ने जिनिस कल्ले किन्दिन्च्च ? अहिले आएर घामका मुन्त्रिले भस्म पार्दिन्छु भनेका रैछन् ! प्यार, डीभी भस्म हुने हो कि आफै भस्म हुने हो त्यो बाद्मे देखा जाएगा भने रिखी धमलाले बिदेशीको इसारामा खोलेको सम्चार कल्बबाट बिदेशीलाई सुचना प्रदान गरेर ज्यान पाल्न किन नहुने ? हुत्ति छ र देशको मया लाग्च्च भने नजानु नि धमला प्रा.लि.को रिपोटर नाउँको सुचना क्ल्पमा ! जय नेपाल हजुर, लाल सलाम काम्रेट, नमस्कार हजुर, जय मदेश, माइबाप मेरो क्ल्प्मा आएर बोल्दिनु पर्यो हजुर भनेर रिखी धमला बिन्ती बिसाम्न गाका’छन र ? ‘रिपोटर्स क्लब’ भन्ना साथ आफै नाका चक्का फिट गरेर जान्छन्, आन्द्रा भुँडी खोतल्छ्न्, ज्वारी खेल्छन् अनि सामाजिक संजालको भित्ता देखि खबर कागजाँ समेत धमलाको खोइरो खन्नेहरू नेपालको एक नम्बरको बेकुप हुन् भन्ने हाम्लाई लाइराच्च !
बोल्न पाएनौ रे, लेख्न पाएनौ रे, यत्ति दुइथान पाएनौ रे भनेर २०२८ साल देखि जेहाद छेडेकाहरले १८ वर्ष लाएर पन्चेत फाले ! हुति र पावर हुनेले बोल्न र लेख्न पाका’छन् तर गरिप भनेका गरिप नै हुन्छन् ! राणाको पालामा बोल्न त परै जावस अन्वाराँ हेर्नसम्म पाइन्न’थ्यो ! पन्चेत्को पालानी त्यस्तैथ्यो !
अहिलेनि कुरो बीसको उन्नाइस छैन ! पार्टीमा लागेर नि बोल्न पाइने हैन क्यार ! बोल्यो भने ब्ल्यु, रेड, एल्लो, ग्रीन आदि रंगका गद्धारको तक्मा-पुरस्कार भिंडाएर चपरी मुनिको बास पार्दिन्छन् तर बोल्न जान्ने चैँ संधै अल्कापुरिको राज गर्दै बसेका छन् । किनभने अहिले हाक्काहाकी भन्छन् -’हाम्ले टाउकाँ बाँध्या कफन, कि अलकापुरीको राज कि चपरी मुनिको बास’ को लागि हो रे ! चपरी मुनिको बासचैँ तिनै सोझा र सिधा गाम्लेका सन्तानरु परे तर अलकापुरीको राजचैँ छट्टु स्यालहरूको भाको छ !