भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

फर्केर हेर्दा संजनाको जीवन ...(कथा)

सम्प्रेषक : Unknown Monday, December 23, 2013
Unknown
----
बिषयक्रम :
सिमा श्रेष्ठ, 
अस्किलोन इजरायल

             संजना आज पुरा १९ पुगेर २० मा लागिन । चन्चले अनि लजालु र गम्भीर स्वभाब कि ,उनलाई रिस कम आउथ्यो । अलि इखालु स्वभावकी भने थियिन । उनको हिडाई बोलाइ र जिउड़ालले वोरिपरी सबै युबक युवतीहरु चियाई रहन्थे ..कोहि कोहि त जल्थेपनि । बाटुलो अनुहार , धपक्क बल्दो रुपले होला , उनका आफना परिवारकै आफन्ती पर्ने दिदि बहिनिहरु पनि जल्ने गर्थे । राम्री हुनु यसमा उनको के दोष ? । उनि प्राय घरबाट बाहिरै नानिक्लिने ग...र्थिन । घरमै बस्ने सिलाइ बुनाइ गर्ने टिभी हेर्ने ,हल्का फुल्का काम गर्ने सफा गर्ने पेंटिंग गर्ने गरेर दिन बिताउथिन । उनि कहिलेकाही सुर्य अस्ताएपछि साझपख घुम्न मन पराउथिन । कोहि साथी भएमात्रै हो बाहिर निस्कने अन्यथा उनको आफन्ती दिदि बहिनिले उनलाई संगै लिएर घुम्न मन नगरे जस्तो गर्ने गर्थे ।

कारण उही हो जल्नु । तर संजनालाइ थाहा थिएन के कारणले उनलाई संगै लान नखोज्ने भनेर । यस्तो गर्दागर्दै दिनहरु बित्छन । उनि SLC. पास गरेर फ्री भएर बसेकी थिइन् ,अचानक उनलाइ एउटा फोन आउछ । उनको मेडिकलमा नाम निक्ल्यो रे भनेर एक्कासी एस्तो सुन्दा उनि खुसि पनि हुन्छिन ,अनि नर्भस पनि । किनकि उनि आमालाई छोडेर अहिलेसम्म बाहिर कतै गएर बसेकी थीइनन , सिवाय आफ्नो मामा माइजुकोमा । उनि अलि छिटो आतिने गर्थिन ...उनको स्वभाब नै तेस्तो सानो कुरा होस् या ठुलो आत्तिने उनको बानी थियो । उनको अर्को चाखलाग्दो स्वभाब कसैको मुखमा राम्रोसंग नहेरी कुरागर्ने गर्थिन ,अचम्म लाग्दो । तेस्को केहि समयपछि काठमान्डूमा पढ्न जाने निश्चित भयो । त्यहा उनको आफ्नै नातेदारहरु बस्ने गर्थे । जब उनको हिड्ने बेला भयो आखाभरि आसु टिलपिल गर्न थाल्यो अनि रुन थालिन । अल्मलिन थाले उनका खुट्टाहरु , काम्न थाले ओठहरु । तर उनको आमाबुवा देवीदेवताको अबतारनै हुनुहुन्थियो । संजनाको बुवा भने बाहिर हुनुहुन्थियो तरपनि बुबाको आखाको तारा थीइन उनि । हिड्ने बेलामा उनको आमाले राम्रोसंग सम्झाइ बुझाई भबिस्य राम्रो हुन्छ ,जिन्दगीमा केहि गर्नुपर्छ भनि सम्झाउनाले उनि राजी हुन्छिन र उनको अलि आत्मबल बढेको जस्तो हुन्छ । एउटा दृढ आत्म्बिस्वासका साथ् आसु पुछ्दै बिदाभै छुट्टीन्छिंन ।



अब सुरु भयो संजनाको जिबनको दोश्रो यात्रा । उनि बसमा चडिन आसु बन्द भयो ..उनि बाहिरको उज्यालो अनि हरियो डाडाकाडा हेर्दै मन भित्रभित्र भबिस्यको मिठो सपना देख्न थलिन । तर यता जब छोरिको बिदाई भयो आमाको सहस्र आसुधारा थामिएन । जतागयो छोरि बाहिर छोरी भित्र छोरीको अनुहार सम्जिदै रुन थालिन । दिन् ढल्क्यो उनको वोरिपरीका छर छिमेकी आएर सम्झाए पछि चित्त बुझाई मन बाधी भान्सा भित्र लाग्नु भयो । तेसको भोलि पल्ट छोरीले फोन गरिन । छोरी भन्छिन- 'आमा' अनि आमा भन्छिन -'छोरी मेरो छोरी सन्चै छौ ...?' अरु बाक्य फुटेन , फेरी रुन सुरु ।.अनि संजनाले आफ्नो वृतान्त सबै सुनाइन ।

उनि आफ्नो बुवाको आमा (हजुरमुमा )को मा बस्थिन ..केहि सदस्यहरु पनि थिए । संजनाको मनमा एककिसिम रमाइलो पनि लागेको थियो र केहि नरमाइलो पनि । घर सम्झिने गर्थिन ...उनि कम बोल्ने देखेको काम गर्ने नत्र चुप्प बस्ने स्वभावले सबैको प्यारी बन्न पुगेकी थिन । उनी झुट र असत्य कुराको बिरोध भने नडराई गर्ने गर्थिन । एबम रितले दिनहरु बित्दै गयो । उनि फर्म भर्न हस्पिटल जान्छिन , नया नया साथीहरु संग परिचय हुन्छ । सर मेडमहरु संग भेटघाट गरि नया अनुभबका साथै घर फर्किन्छिन त्यो दिन पनि तेत्तिकै हुन्छ । यसको केहि लामो अन्तरालमा बसमा हिड्दा हिड्दै एकजना युवक संग भेट हुन्छ । .ति युबकको संजनाको डेरा भन्दा १० घर टाढा घर रहेछ । दिल श्रेष्ठ उनको नाम ।मुवा र बुवा लगाएत ७ जना दिदि बहिनिहरु रहेछन । कुनै प्रोजेक्टमा काम गर्दो रहेछ । दिनहरु बित्त्दै जाँदा बसमा उही युबकसंग तारन्तार भेट हुन थाल्छ । दुवैको एकै समय हुनाले चिनाजानी बढ्दै जाँदा दुवै एउतै सिटमा बसेर गफगर्दै यात्रा गर्न सुरु भयो । संजना धेरै नबोल्ने सोधेको उत्तर दिने गर्थिन । एकपटक संजनको धरि टिकटको पैसा तिरिदियो । संजनालाई अलि कस्तो कस्तो लाग्यो । ...तेस्पछि दिल कुरा गर्दागर्दै प्रेम प्रस्ताब राख्न पुग्छ ।.संजनालाइ अचम्म लाग्छ र केहि नराम्रो पनि लाग्छ । एक्कासी कति छिटो कुरा गरेको होला भन्दै मन मनमा भुतभुताउछिन अनि जवाफ दिन्छिन -'मेरो इन्गेज भैसक्यो ' । यो सुनेर दिलको अनुहार अमिलो रातो हुन्छ । तेसपछीका दिन हरुमा दिलले संजनालाइ देखेपनि नदेख्याझैँ गर्न थाल्यो , बोलचालै हुन छोड्यो । लोग्ने मान्छे कति स्वार्थी हुन्छन हँ ? अचम्म लाग्यो उनलाई । समय बित्त्दै गयो र १३ महिनाको अन्तरालमा मेडिकलका साथीहरु संग पिकनिक जाने कुरा भयो । दक्षिणकालिका मन्दिर भन्ने ठाउमा ४२ जना लगभग साथीहरु सहित भोलिको पिकनिक टुर जान निकै हर्षित र हतास गरेकी थिइन संजना । उनले राम्रो ड्रेस छनौट गर्न थालिन । जाने खुसीले गर्दा होला राम्रोसंग सुत्न पनि सकिनन् । बिहान ६ बज्यो उनि उठिन पुतलिसड़कमा सबैजना जम्मा भएर दक्षिण कालिका मन्दिर तिर लागिन ।

निकै रमाइलो र खुसीले सबैको अनुहार चंम्की रहेको थियो , रंगीचंगी कपडामा ठाटीएको थियो हाम्रो समुह । त्यहाँ पुगे पश्चात सबैजना आफ्नो आफ्नो काममा मस्त हुन थाले र खाना पकाउनको लागि कुक पनि लगिएको थियो तेसैले खासै धेरै काम नभएपनि सबैजनामिलि कुकलाइ सहायता गर्यौं । ..पानि सिमसिम पर्दै थियो , हरियो चौर रमणीय र हराभरा देखिएको थियो । पानि परेकोले कोहि रुखको फेदमुनि कोहि पाल भित्र गरि बसेका थियौं तर कुक बिचारा हल्का पानीले भिजिराखेको थियो । तेतिबेलै सरले भन्नु भयो- 'सबैजनाले उसलाई पालैपालो छाता ओडाउने ' । अनि सबैजनाले साथ दिएपछि ..अब आउने पालो संजनाको थियो ..मिउजिक बजेको थियो कोहि नाच्दै थिए कोहि गाउदै थिए । कोहि कोक गिलासमा खनाउदै थिए ..त्यो देखेर संजनालाई कोक खाउ खाउ भयो येत्तिकैमा सबैजनालाई कोक बाडिदै आयो अनि संजनाले पनि लिइन । नजिकै 2,४ जना अलि उछ्रिन्खल टाईप्का केटाहरु पनि देखिन्थे । संजना लागि गिजाउने गर्थे ..कोक पिएर संजना कुकलाई छाता ओढाउन जन्छिंन । .गएर छाता मात्र के उचालेकी थिइन उनको हातखुट्टा काम्न थाल्छ ।

थचक्क भुइमा बासिन फेरी उठ्न खोज्छिन सक्दिनन , उनि धन्धनाइ रहेकी थिइन् । पछि गएर छाता पनि समाउने स्थितिमै पुगिनन अनि यसो पछाडी आखा तानेर हेरिन सबै हासेको देखिन ....कुरो चाही के रहेछ भने संजनाको कोकमा बियेर मिसाएको रहेछ । पछाडी देखिन 2,४ जना केटाहरु खुब हास्दै उनलाई गिजाउदै मजा लीदै मुस्काउदै गरेको देखिन । त्यो थाहा पाएपछि संजना झनक्क रिसाइन अनि चुप्प बसिन् । सर मेडमले कागतीपानि दिएपछि उनि अलि ठिक हुन्छिन । हामी धेरै जना केटिहरुलाई झुक्याएर खुवाएको रहेछन । त्यो दिन तेसरी नै रमाइलो गरेर बित्यो । ..तेसपछी उनको त्यो सोझो अनि सुन्दरता देखेर सबै मोहित भै धेरैले उनलाई प्रेम प्रस्ताब राख्छन तर उनले कसैको प्रस्ताब लाइ स्वीकार गर्दिनन । हासो रमाइलोमै घर फर्किन्छन सबैजना । त्यो दिनको ठिक १५ दिन पश्चात एउटा साँचो र सत्य घटना घट्यो । . साथी लक्ष्मी क्लासमा उपश्थिति भैनन ..,,,संजनाको मनमा खिन्नता भयो मिल्ने साथी संगै बस्ने साथी नआउदा ।

अर्कोदिन एक्कासी पुलिस आउछ पुछताछ्को लागि .। संजनालाई पनि सोधिन्छ लक्ष्मीको बारेमा , यस्तो कुराले संजना निकै आतिन्छिंन जबकी संजना यो कुराबाट अन्जान थीइन कि लक्ष्मीको मिर्त्यु भैसकेको छ ।लक्ष्मीलाई उनकै श्रीमानले दुधमा बिष खुलाई मारेको भनेर पोस्ट मार्टम रिपोर्टबाट खुलेछ । उनको मुखमा टुक्राटुक्रा रुमाल कोचिएको अवस्थामा भेटियो रे भन्ने सुन्नमा आयो । यो कुराले संजनालाई निकै आघात पुग्छ ..धेरै दिन सम्म संजना दुखि हुन्छिन रुन्छिन पनि ...केहि समयपछि परिक्षा आउछ । परिक्षा दिएको २ महिना पछि रिजल्ट पनि आउछ । उनि फस्ट डिभिजनमा पास हुन्छिन । यो खबेर सुनेर उनि बेस्सरी खुसि हुन्छिन र आमा बुवालाई पनि खबर सुनाउछिन । खुसीले सबैको सिमा नै रहन्न अनि लगत्तै उनले काम सुरु गर्छिन । तर यता घरमा संजनालाइ माग्ने केटाको घुइचो हुन्छ तर संजनाको मन बिहा नगर्ने हुन्छ । उनि अलि बढी पढ्न काम गर्न चाहन्छिन ....तेही समयमा उनले आफ्नो बुवालाई धेरै फोटोहरु पठाएकि हुन्छिन त्यो फोटो मध्ये एक फोटो सुगा कलरको कुर्था लगाएको हातमा टोकेको स्याउको फोटो उनको बुवा संगै कामगर्ने साथीले खुब मन पराउछ । त्यो कुरा बुवालाई थाहा हुदैन .... एकदिन अचानक काम गर्दागर्दै फोन आउछ । फोन रहेछ उनको बुवाको अनि खुसि हुदै बोल्छिन बुवाको सारै पुलपुले छोरी प्यारी छोरि कुरा गर्दागर्दै बुवाको अवाज फरक हुन्छ बुवाको स्व बाट अर्को स्वरमा अचम्म मान्दै हेलो हेलो भन्दै कुरा गर्छिन । गर्दागर्दै बुवाको साथी पो हुनुहुदो रहेछ । बुवाको साथीको नाताले उनले सत्कारले मामा नमस्कार भन्छिन उताबाट -'भाग्यमानी हुनु ,नानि मलाई सुकुटी खानु मनछ पठाई दिन्छौ ' भनेर सोध्यो । यो सुनेर संजनाले हस भैहाल्छ नि भन्दै फोन राख्छिन । एक्कासी केहि समयपछि बुवाको साथी नेपाल घुम्न आउदैछन भन्ने थाहा हुन्छ ..

.साथीले संजनाको बुवासंग म नेपाल जादै छु छोरीलाई केहि पठाउनु छ भने भन्नु म लागि दिन्छु भनेर भनेका रहेछन । तर संजनाको बुवाले अस्ति भर्खरै पठाई सके भन्दा पनि उनले छोरीको लागि कुर्था बोकी नेपाल आउछन । संजनाको आज पुरा ३ वर्ष पुग्छ घरबाट छुटेको ...मनमा रटना लिदै काम गर्दै तेतिनै बेला फोनको घन्टी बज्छ । संजनाले हेलो भन्छिन , बुवाको साथीले कुर्था लिएर आएको छु कहाँ भेट्छौ भनि सोधे । कहाँ हुनुहुन्छ भनेर सोध्धा उसले म न्युरोड पिपल बोटमा छु भने । संजनाले भनिन - म काम सकेर आउछु । उनलाई एक्लै जान अलि अफ्ठेरो लाग्छ अनि एकजना संगै कामगर्ने दिदिलाइ लग्छिन । तर त्यो दिन कारण बस मामा आउन सक्नु हुन्न । अर्को दिन फोन आउछ मेरो व्यस्तताले गर्दा आउन सकिन सरी ..भने पछि भोलि पल्ट फेरी जान्छिंन दिदीलाई लिएर ।...उनि जानु भन्दा पहिला नै मामा उहा पुगी सकेको हुनुहुँदो रहेछ । बुबासंग काम गर्ने साथी भन्या भएर बुढोमान्छे होला भनेर मामा साइनो लगाएको त भर्खरको २८ बर्षको युबक देखर अचम्ममा परिन ।

( बाँकी कथा अर्को अंशमा )....

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com