भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ली प्रसस्ती !

सम्प्रेषक : खांट्टी कुरा Friday, April 25, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
'ली' भन्नाले यो जिनिस पनि आलु जस्तै जे मा पनि मिसाम्न मिल्ने चिज हो ! आलु भन्ने तिहुनलाइ गुन्द्रुक देखि मासुमा मिसाम्न मिल्छ अर्थात जे मा पनि जसरि पनि ट्याक्क मिल्ने क्या !
उहिले एसिया बन्नु भन्दा पैला दुइ थान राज्य भन्दानी ठुलो साम्राज्यरे ! एउटो गोरा हिम जस्ता मंगोलरे आर्को चैँ हाँडीजस्तो गोरा साउथ इन्डेनरे भन्थे ! पछी बिज्ञान जन्मेसी अनेक थरिको नाम जुराम्दै गाका भन्छन ! होला पनि नहोला पनि तर मंगोल भन्या मुन्छीहरु मंगोलियन भन्ने देस देखि चैना हुँदै नेपालको आधा सम्म छ !
गोराले लुट्या महासागरको टुप्पाभा देस हंगकंग भन्ने ठाउँमा एउटा केटो जन्म्यो ! बाउ पनि ली भर छोरो पनि लि तर नाम चैँ बुरुस लि ! यता दक्खिन तिर छोरछोरी जन्मेसी बाउको नाम नाम पनि झुण्ड्याएर लेख्ने चलन छ त्यै भर जात लेख्दैनन ! जस्तै मेरो बाको नाम नारान अनि मेरो नाम जनक ! म नि यता जन्म्याभे मेरो नाम जनक नारायण हुन्थ्योक्या ! हाम्रा अर्ध बिहारी गाइने उदितदाइले राख्या छननि ! बाठाछन ति बुढा ! आफ्नु नामलाइ  जोइ देखि भुरा सम्मलाइ ट्याग गरेका छन ! नपत्याय लु हेर्नुस उदितनारायण ति बुढाको नाम, जोइको नाउ दिपानारायणरे अणी भुराकोचैं आदित्य नारायण ! यी भए मुन्छिको नाम !
म भुराट युवा हुने बेला अर्थात नेपालको ३६ साल तिर एक ताका 'कराते' खेल भन्ने खेलले संसारै तहल्का मच्चाथ्यो ! कराते भनेको जपानी भाखारे ! जपानीमा करातेको अर्थ हुन्च्च करा भन्या खालि हात अणी ते भन्याचैँ खेल्ने अर्थात खालि हात खेल्ने भर कराते भन्यारे ! हो त्यहि कराते भन्ने जिनिस खेलेर बुरुसलि भन्ने मंगोलेले संसार थर्रर हल्लाकोथ्यो ! तिनको जुल्फी कट पनि उल्काकोथ्यो ! हाम्रो हेटूडा त्यो बेला मात्रै हैन अहिले पनि जुल्फी काट्ने पारिका एकरुप्पे साठी पैसै भैयाहरु छन ! बजारा भुँईमा बसेर जुल्फी ठुन्क्याउने आदेस हुन्थ्यो बाको ! सैलुना जाने हुत्ति भे पो, जे गर्छ पैसो भन्ने जिनिसले अर्च्च ! बाले आसा चुरुस सल्काउने मौका पारेर खुसुक्क भैयालाइ भन्थे 'मेरो जुल्फी बंगालीकट हैन बुरुस्ली कट बनाइ देउ है' ! भैया खुस हुन्थ्यो किनभने बंगाली काट्दा धेरै मुठ्याम्नु पर्ने तर बुरुस्ली कट चैँ येस्सो कैची घुमाइदे मात्र पुग्ने ! बाले आसा चुरुस नभ्यौन्दै मेरो बुरुस्ली कट तयार हुन्थ्यो ! बा रिसाएर जात्रा तर भुराको अगाडी कुन माइकालालको जोड चल्छ ! फिलिम पनि प्राय तिनै बुरुस्लीको हेरिन्थ्यो ! भाषा संग के मतलब भो ! हाम्लाई चाहिएको दाउ र पेच न हो ! अणी त स्कुला झगडा भो भने बुरुस्ली कट देखांइथ्यो ! यो भो ब्रूसलीको प्रसस्ती !
ली ता नेपाला नि थुप्रो छ ! मुन्छी देखि भूगोलको नाम सम्म लि छ ! नपत्याए लु हेर्नुस ! नेपाल सुरु हुने पुर्वाट हो अर्थात झापाट ! त्याहाँको मुन्छीलाइ झापा हैन झापा+लि =झापाली भन्छन ! झापालीको बयान गर्न लाखथान जिब्रा भकाले नि सक्दैनन भने मैले के सकुला ! तै पनि देख्या र सुन्या कुरा भन्छु !
उहिले नेपाला पन्चेत हुँदा मुन्छी गिड्ने अभ्याण झापाट सुरु भाका जसलाई अहिले नेपाले लालेहरले 'झापा आन्दोलन' भन्छन ! त्यो आन्दोलना भाग लिने मुन्छी कत्तिलाई त्यो बेलाको घामले भस्म पनि नपारेको काहा हो र ! त्यै घाम अहिले प्युर गणतन्त्रबादी नेतारे ! सुन्दानी हास्न मुन लाग्च्च ! ति घामले फेला पर्या जतिलाई तुर्लुन्गा तुर्लुंग पारेकै हुन ! त्यै मध्येका एउटी चेलीले अहिलेको नयाँ सर्खारा मन्त्रि भर ब्याज असुल्दै छिन ! झापाका झापाली मध्येकै सबै भन्दा डेन्जर एकजना वली भन्ने छन ! सन्जोग नि कस्तो 'झापाली वली' !
जसरि भतेर पकाम्ने बेला खुरसानी नभई हुन्न ! किनभने भतेर भनेकै पिरो च्वास्स हुनु पर्छ रे ! त्यस्तै जनताको पार्टी भनेर उहिले झापालीले जन्माको मध्येको एक थान मुन्छी केपी वली छन ! तिनी पनि खुर्सानी जस्तै पिरो छन ! खुर्सानीको विभिन्न जात हुन्छ ! तर उनीमा मौसम जस्तरी फुल्ने कला छ ! जिरे देखि ज्यानमारा डल्ले हुँदै अकबरे सम्मको गुण छ तिनिमा ! उखानको बादसाह हुन तिनी ! तिनी भएन भने तिनका पार्टी रानो हराको मौरी जस्तै हुन्च्चरे !
पुर्व पछी अब पस्सिउंको कुरा गर्दा पस्सिउं दुई थरीले प्रख्यात छ ! गीत गाका छन नि पूर्वेली चेली कुन्तीले 'चोली राम्रो पाल्पाली' भन्ने ! चोली मात्रै हैन नेपालको रास्ट्रीय पोशाकको शिरको बस्त्र ढाका टोपीको नम्बर वान ठाउँ हो पाल्पा र त्याहा बन्या जिनिस भेर पाल्पाली भन्या ! पाल्पाली को संगी जिल्ला छन स्याङ्गजा ! उहिले गोरालाइ संसार जिताई दिनलाइ  लाउरे उत्पादन गर्ने सुपर हिट जिल्ला भनेर भन्छन ! त्याहाका मुन्छी डेन्जर माथिको पनि खत्रा, खोला सित मुद्धा गर्न माहिर छन रे ! अणी सुत्या बेला हाता पन्जा लाम्ण अनिवार्य हुन्च्चरे त्यता ! किण भनेको पन्जा नलार क्यार्नु राति पहाडे कोरा कागजा दाया बायाँ ल्याऊचे धस्किन्छ ! रातिको जमिन्दार ब्यान उठे पछीको हरि कंगाल बनाई दिन खप्पिस छन रे त्याँ का मुन्च्चिहरु ! उखानै कथेका रच्चन "सौ झापाली बराबर एक स्यांग्जाली" अब अनुमान लाम्नुस ! हुन त अहिले सम्म मैले गर्या कुरा चै रे है किनभने संसारै अहिले रे मा चलेको छ क्या !
यस्ता लि भन्ने ठाम नेपाला एक डोका छन ! हुम्ली, जुम्ली, राम्जाली, दार्खाली आदि आदि इत्यादि तर यी सबै ठाम भन्दा पनि नेपाला अत्याधिक बाँदर जन्मिने र जन्माउने लि भन्ने ठाम पनि छ जसलाई 'रोल्पाली' भन्छन ! बाँदरको परिभाषा मलाइ भन्दा पनि मेरा पाठकजी र ज्यु हरलाई थाहा छ ! बाँदर पनि धेरै जातको हुन्छ ! मुखा कालो भाको चुरे तिर पाउने बाँदर देखि राउटेको आहारा लंगुरे बाँदर र अझ त्यो भन्दाकोनि डेन्जर राता बाँदर चैँ रोल्पालीले जन्माका छन !
रोल्पाली बाँदरले गरेको उपद्रो र बिनासको बारेमा बयान गर्ने हो भने ठेली लेखाम्न फेरी कागती गुल्टिंग बाजेको गाम्ले स्व.श्रीकृष्ण आचार्यको नाती आधाकबि स्व. भानुभक्तलाइ काज फिर्ता पठाई देउन जेम्राज भनेर स्वर्गा इमेल पठाम्नु पर्च्च !
हिजाज रोल्पाली बाँदरको पनि अंसबण्डा भ र ३ थान बनेका रच्चन ! क्यासे ड्यासे र झ्यासे भनेर न्वारान अर्देच्चन ! क्यासे चैँ अलकापुरीको राजा भर मेनका जस्तै रेखा थापाको डानस हेर्दै मोज देखि भोज गर्दै बसेका रच्चन ! ड्यासे चैँ बिनासित्तीको निम खोज्दै उपद्रो मात्र गरि बसेका छन ! कहिले भुरा बोक्या गाडी भन्ने जिनिसा प्याटुल हालेर सलाई कोर्छन ! कहिले मुन्छी बोक्या जिनिसा बम पडकाम्चन ! बम पडाक्म्ने त उनीहरुको जन्मजात हक अधिकार हो भन्छन ! त्यसो गर्न पाएन भने हात चिलार उल्का हुन्च्चरे !
सेना पुलिसले गर्ने रिफ्रेसर तालिम जस्तै तिनीहरुले पनि बेला बेला बेमतलबको बन्द हड्ताल गर्छन ! हाम्रो रिफ्रेसर तालिम हो रे अझ भनेर अख्बारा खोक्च्च्न ! आर्को छ झ्यास भन्ने ठ्याक्कै रामायणको पात्र जस्तो ! उखान छ नि काम गर्ने हनुमान जस पाउने ढेडु भन्ने ! त्यहि भर भगवान श्रीरामले रिसाम्नु भ र सराप देको रे अनि देख्नु भाको होला नि चुरे तिरको लंगुर ब्ल्याक एण्ड ह्वाईट क्या थोबडा कालो भाको ! यी चैँ आच्कल काम धन्दा केहि गर्दैनन ! खाली घुर्की लार मात्र बस्छन !
लु हजुर यहि हो 'लि प्रसस्ती' भनेको ! बिस्तारमा लेख्ने हो भने छिमेकीले बनाको सिरियल 'सास बहु' जस्तैरी बाइरोडको बाटो जस्तो लामो हुन्छ ! त्यहि भर छोटो मिठो चिटिक्क लेख्ने प्रयास गरे ! मिठो नमिठो कस्तो भ क्या र ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com