भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कठै हामी नेपालीहरुको फुटेको कर्म !

सम्प्रेषक : खांट्टी कुरा Wednesday, April 23, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

नयाँ वर्ष २०७१ साल शुभारम्भ भए पछि नेपाली राजनिटिक आकासमा नया दृश्य देख्न पाइएको छ ! नेपाली आहान गाँड कोराकोर तरिकाबाट एकले आर्कोलाई हिलो छ्याप्ने खेल मज्जैले देख्न पाइएको छ (राजनीतिक पार्टीका नेता+नागरिक समाजको अगुवा) !


धेरैलाई थाहा होला/नहोला ! तीसौ वर्ष श्रीलंकामा हत्या र हिंसाको खेल मच्चाएको पृथकतावादी तमिल इलम भन्ने लिट्टे माथि जब राजापाक्षे सरकारी हावी हुँदै जान थाल्यो तब पश्चिमा इसाई मसिनरिहरूको सातोपुत्लो उडान थालेको थियो ! नर्बे भन्ने देश यस्तो कार्यमा अग्र पंक्तिमा थियो !

पश्चिमाहरू कुनै पनि देशलाई सुख र सान्तिले बसी खान दिदैनन ! सियो बनेर पस्छन र फाली बनेर निस्किन्छन ! गरिब राष्ट्रहरूमा बिदेशी सहायताको नाउँमा गाउँ गाउँ टोल टोलमा युद्ध स्तरमा धर्म परिवर्तन गराएर त्यो देशलाई अन्तिममा गृह्युद्दमा झोस्नूनै यिनीहरूको मुख्य उद्धेश्य हो र श्रीलंकामा गराइएको पनि त्यही थियो तर श्रीलंकामा महिन्दा राजापाक्षेले निर्वाचन जितेर राष्ट्रपति बने र त्यस पछि सेनाको मद्धतले जब कडाइका साथ मुकाबिला गरेर आतंकवादीको सफाया गरी दिए त्यस पछि नर्बे जस्ता पश्चिमा धर्म परिवर्तनकारी देशहरू नेपालमा पूर्ण रुपमा पसेका हुन !
नेपालको कथित जनयुद्ध पनि त्यसैको कडी हो ! जनयुद्द भनेको केटाकेटीको खेल त पक्कै पनि हैन ! कथित जन युद्द लडने त्यत्रो धन दौलत देखि अत्याधुनिक हातहतियार कहाबाट के कसरी आयो र बिना कारण १२ वर्ष नपुग्दै त्यो कथित जनयुद्धलाई शान्तिको नाउँमा के कसरी बिसर्जन गरियो आजसम्म कसैले पनि न जान्न चहान्छन न खोज्न चाहन्छन ! किनभने नेपालमा बस्ने अधिकांस नेपालीहरूलाई यी राजनीतिक पार्टीका नेता देखि कार्यकर्ताहरूले अचम्मको जादु मोहनी लगाई दिएको छन ! पार्टीको लागि आफ्नै घर तहस नहस बनाउन सक्छन आफ्नै दाज्यू भाइ तथा साथी संगीको ज्यान लिन सक्छन तर पार्टीलाई आंच आउन दिदैनन वाह पार्टी प्रेम भनेको त यस्तो पो हुनु पर्दछ !
पार्टी के कसरी चलेको छ र पार्टीको नेताहरूको जीवन चर्या के कसरी चलेको छ कोही कसैले खोजीनीति गरेका छन ? स्थापनाकालदेखिनै मूलमन्त्र 'शोषक र सामन्तीको सफाया' र 'धनी गरिब सबै बराबरी' यत्ति दुई मुलमन्त्र लिएर अगाडि बढेका हो कि हैन नेपालको सबै राजनीतिक पार्टीहरू ?

२०२८ साल देखि असली संघर्ष सुरु गरेका हुन नेपालको राजनीतिक पार्टीहरूले तर सफलता हात पारेको २०४६ सालमा आएर हो ! त्यो बिचको दौरानमा एक छाक पेटभरी खान नपाउने ती नेता नामको जीव आज आएर अरबपति देखि तिनका सामान्य कार्यकर्ता घटीमा पनि करोडपति भाका छन तर के कसरी त्यस्तो चमत्कार भयो त ? देउता धर्म नमान्नेहरूलाई भगवान्ले पक्कै पनि झोली त भरि देको छैन होला !

नेपालको सयमा ९९ प्रतिसत राजनीतिक पार्टीका ठुला नेताहरू बिदेशिहरूका दलाल हुन ! यी दलालहरू कोही ठुला नेता देखि कार्यकर्ता, लेखक देखि पत्रकार, समाजसेवी देखि बुद्धिजीवी जसलाई नागरिक समाजका अगुवा पनि भन्छन देखि सरकारी हण्डी खाने नोकरशाही सम्मका भेषमा छन !

देशलाई मुख्य चाहिने भनेकै यही तप्का हो जब यही मुख्य तप्कानै बिदेशीको एजेन्ट बनेर देशमा अराजक गतिबिधि गर्छन भने त्यो देशको न भलो हुन्छ न उन्नति हुन्छ ! जब देशको उन्नति र भलो नै हुँदैन भने जनताले कसरी सुख प्राप्त गर्न सक्छन ?
श्रीलंकाको राष्ट्रपति महिन्दा राजापाक्षे जस्तो हुत्ति भाको नेता यो २४ वर्षको दौरानमा नेपाल आमाले जन्माउन सकेन ! नेपाल आमाले सन्तान जन्माउन त गतिलानै जन्माएको होलान तर सन्तान नै बिदेशीको दास बनेर नेपाल आमाकै छात्तिमा परेड खेल्न थाल्छ भने कसको के लाग्दो रैछ र ! कठै हामी नेपालीहरूको फुटेको कर्म भनेर भन्नुभन्दा अरु केही बिकल्प रहेन !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com